Tag: नेकपा एमाले

  • ओलीसँग जेल जीवन बिताएका नरेश खरेलले छाडे एमाले

    ओलीसँग जेल जीवन बिताएका नरेश खरेलले छाडे एमाले

    काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् ।

    खरेल एमाले अध्यक्ष केपी ओलीसँग जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता हुन् ।

    सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका नेताहरुले एकै पटक एमाले छाडेको घोषणा गरेका हुन् ।

    पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै ती नेता तथा कार्यकर्ताले एमाले छाडेको जनाएका छन् ।

    घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गरेपछि खरेल उनीसँगको संवादमा थिए ।

  • एमालेभित्र कुनै गुटबन्दी र प्रतिपक्ष छैन : अध्यक्ष ओली

    एमालेभित्र कुनै गुटबन्दी र प्रतिपक्ष छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन् ।

    पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।

    एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई स्वार्थका लागि विवाद नगर्न पनि भनेका छन् ।

    ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि, स्वार्थका लागि यसो ग्रुप बनाएझैं, खेल्न खोजे झैं, त्यस्तो खालको नगर्नुहोला ।’ उनले भने ।

    ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढि बलियो, व्यापक र अग्लो रहेको पनि बताए । पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको उनको भनाइ थियो ।

    अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताए ।

    उनले पार्टीको उद्देश्य प्राप्त हुने गरी महिला संगठन चलायमान हुनुपर्ने पनि बताए ।

  • बालेन साहकाे अभिव्यक्तिप्रति एमाले महासचिव पाेखरेलकाे आपत्ति

    बालेन साहकाे अभिव्यक्तिप्रति एमाले महासचिव पाेखरेलकाे आपत्ति

    काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको बताएका हुन् ।

    बिहान मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

    ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले लेखेका थिए ।

    त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका हुन्।

    ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन् ।

  • मधेस प्रदेश सरकारबाट बाहिरियाे एमाले

    मधेस प्रदेश सरकारबाट बाहिरियाे एमाले

    काठमाडाैं । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ ।

    एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् ।

    संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो ।

    संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ ।

  • गाेकुल बास्काेटाकाे टिप्पणी : चितवनमा भदौरे बाढीले ल्याएको लेदो नारायणीले बगाइसक्याे

    गाेकुल बास्काेटाकाे टिप्पणी : चितवनमा भदौरे बाढीले ल्याएको लेदो नारायणीले बगाइसक्याे

    चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् ।

    सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए ।

    ‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणी सङ्लिदै आएको छचितवनमा नयाँ पालुवा पलाएको छ’, उनले भने ।

    उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनको जनताको हातमा रहेको पनि बताए ।

  • भीम रावलसँग वार्ता गर्न विष्णु पौडेल नेतृत्वको वार्ता समिति गठन

    भीम रावलसँग वार्ता गर्न विष्णु पौडेल नेतृत्वको वार्ता समिति गठन

    काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

    शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    गुरुङले भने, ‘पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले उहाँसँग संवाद गर्न समिति बनाइएको हो ।’

  • तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार बनाउने एमालेको निर्णय

    तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।

    आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् ।

    खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

    चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

    न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।

  • रक्सी खाएर हिँड्ने मानिस एमालेकाे कार्यकर्ता हुन सक्दैन : केपी ओली

    रक्सी खाएर हिँड्ने मानिस एमालेकाे कार्यकर्ता हुन सक्दैन : केपी ओली

    अर्घाखाँची । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् ।

    नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भने, “बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।”

    समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए ।

    एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मिसन ग्रासरुटमार्फत् एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’

    अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिए । एमालेजस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उनको भनाइ थियो ।

    व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । रासस

  • राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दापनि साँठगाँठमा चलेकाे छ : ओली (भिडिओ)

    राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दापनि साँठगाँठमा चलेकाे छ : ओली (भिडिओ)

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् ।

    शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भए पनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन् ।

    उनले कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकीर गरे । आफ्नो कांग्रेससँग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केही नेताहरु त्रसित भएको उनले बताए ।

    एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले कांग्रेसभित्रै ठूलो गडबडी रहेको हुनसक्ने उनकाे भनाइ छ ।

    त्यस्तै, उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगाएत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरे ।

    ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए ।

  • हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा (भिडिओसहित)

    हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा (भिडिओसहित)

    काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले आफूहरुले सत्ताकाे लागि ढाेक्सा नथाप्ने बताएका छन् ।

    शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद भवन पुगेका बास्काेटाले सत्ताका लागि कांग्रेसले थापेजस्ताे ढाेक्सा आफूहरुले नथाप्ने र जनताकाे बीचमा गएर ढ्वाङ थाप्ने बताए ।

    ”ढाेक्सा’ भनेकाे षड्यन्त्र हाे, जाली काम हाे’ उनले भने । बास्काेटाले सरकारले रासायनिक मलकाे भाउ बढाएकाेमा टिप्पणी पनि गरे ।

    उनले अबकाे राजनीति कुन दिशामा जान्छ, भन्ने प्रश्नमा आफू ज्याेतिष नभएकाे र यसबारे देउवालाई प्रश्न गर्न पनि भने ।

    हेर्नुहाेस् भिडिओ :