Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित

    प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित

    काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो ।

    नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जाने भएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेशका पूर्वनिर्धारित बैठकका तालिका हेरफेर गरेको हो ।

    बैठकको निर्णयअनुसार प्रदेश १ कोे २६ गते बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।

    लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउनमा बस्ने र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार विशेष प्रदेशको ४ भदौ, प्रवासको ६ भदौ र सम्पर्क मञ्चको ८ भदौमा बैठक बस्नेछ ।

    प्रवक्ता महराले १५ साउन अपरान्ह ३ बजे बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।

  • पार्टी बैठकमा प्रचण्डले भने- एमालेसँग गठबन्धन हुँदैन

    पार्टी बैठकमा प्रचण्डले भने- एमालेसँग गठबन्धन हुँदैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् ।

    कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।

    एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए । कांग्रेससँग सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डले आग्रह गरे ।

  • प्रचण्ड र वामदेवबीच भेट, के भयो कुराकानी ?

    प्रचण्ड र वामदेवबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

    भेटमा समाजवादी केन्द्र बनाउनेबारे दुई नेताबीच छलफल भएको जनाइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् ।

  • पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न : प्रचण्ड

    पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन् ।

    नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै प्रचण्डले पुर्नविचार गर्नुपर्ने तर्क गरेका हुन् ।

    ‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाका अध्यक्ष १० करोड खर्च गरेको सुनिएको छ ।

    गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५० औं करोड खर्च गर्नुपर्ने भयो । यस्ताे निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भडँखालोमा लैजान्छ ।’

    प्रत्यक्ष निर्वाचित र समानुपाति निर्वाचित गरी हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बितिक्कै असुलीमा लाग्ने’ भएकाले भ्रष्टचार न्यूनिकरण हुन नसक्ने बताए । उनले वर्तमान निर्वाचन प्रणालीमा पुर्नविचार गर्नुपर्नेसमेत धारणा राखेका छन् ।

  • बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड

    बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड

    जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन् ।

    सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिँडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका हुन् ।

    ‘‘पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरुसँग कुराकानी भइरहेको छ, त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी पनि मिसिनुभएको छ, गठबन्धन भित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनिरहेको छ, प्रचण्डले जनकपुर बिमानस्थलमा भने, ‘ सकियो भने चुनावका लागि विशेष मोर्चा निमार्ण पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समितिको नामवाट मोर्चाबन्दी पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं ।’

    गठबन्धन भित्र र बाहिरका बामपन्थी दलहरु बिचमा छलफल चलिरहे पनि अहिले नै निष्कर्षमा नपुगेको प्रचण्डको भनाइ छ ।

  • बाबुराम भट्टराई र प्रचण्डबीच भेटवार्ता, के भयाे कुराकानी ?

    बाबुराम भट्टराई र प्रचण्डबीच भेटवार्ता, के भयाे कुराकानी ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्तराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् ।

    आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

    जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा. भट्टराईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो ।

    ‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं, भोलीपर्सीसम्म एउटा टुङ्गोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’

    नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

    ‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उदेश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।

  • माेदीसँगकाे वार्ता रद्द भयाे, तर मलाई टेन्सन छैन : प्रचण्ड

    माेदीसँगकाे वार्ता रद्द भयाे, तर मलाई टेन्सन छैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा अन्तिम समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट रद्द भएको बताएका छन् ।

    त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले मोदीसँग भेट नभए पनि आफू तनावमा नरहेको स्पष्ट पारे ।

    उनले भने ‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो ।’

    किन सम्भव नभएको भन्ने आफूलाई थाहा नभएको प्रचण्डले बताए । उनले थपे, ‘तर मलाई टेन्सन छैन । विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ?’

  • भारतकाे स्वागत प्रधानमन्त्री भएर जाँदाकाे भन्दा कम थिएन : प्रचण्ड

    भारतकाे स्वागत प्रधानमन्त्री भएर जाँदाकाे भन्दा कम थिएन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागत भव्य रुपमा गरेकाे बताएका छन् ।

    आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।’

    उनले आफ्नाे तीनदिने भ्रमण अपेक्षअनुसार नै भएको उनले बताए ।

  • ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी : सचिवालय

    ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी : सचिवालय

    काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिवसमेत प्रचण्ड पुत्री गंगा दाहालले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ । भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ भने भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ ।’

    त्यस्तै, उनले भ्रमण सफलताको लागि भाजपा नेतृत्व, भारत सरकारका अधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु, भारतस्थित नेपाली राजदूत र दूतावास कर्मचारीहरु, सञ्चारकर्मी साथीहरू र हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ता कमरेड तथा सम्पुर्ण शुभेच्छुक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गरेकी छन् ।

    प्रचण्ड आइतबार साँझ काठमाडौ फर्कने कार्यतालिका रहेको छ ।

  • भाजपा मुख्यालयमा प्रचण्ड, अध्यक्ष जेपी नड्डासँग भेट

    भाजपा मुख्यालयमा प्रचण्ड, अध्यक्ष जेपी नड्डासँग भेट

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी ‍(भाजपा) को मुख्यालय पुगेका छन् ।

    गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

    सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा गएका हुन् ।

    प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए ।

    प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच सम्भवतः आज भेटवार्ता हुने बताइए पनि भेट्ने नभेट्ने निश्चित छैन । प्रचण्ड आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।