पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन् ।

नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै प्रचण्डले पुर्नविचार गर्नुपर्ने तर्क गरेका हुन् ।

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाका अध्यक्ष १० करोड खर्च गरेको सुनिएको छ ।

गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५० औं करोड खर्च गर्नुपर्ने भयो । यस्ताे निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भडँखालोमा लैजान्छ ।’

प्रत्यक्ष निर्वाचित र समानुपाति निर्वाचित गरी हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बितिक्कै असुलीमा लाग्ने’ भएकाले भ्रष्टचार न्यूनिकरण हुन नसक्ने बताए । उनले वर्तमान निर्वाचन प्रणालीमा पुर्नविचार गर्नुपर्नेसमेत धारणा राखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७