Tag: प्रतिनिधिसभा निर्वाचन

  • राष्ट्रपति निर्वाचनकाे तयारी पूरा, भाेलि साँझ नै मत परिणाम आउने

    राष्ट्रपति निर्वाचनकाे तयारी पूरा, भाेलि साँझ नै मत परिणाम आउने

    काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

    राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

    साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी भइरहेकाे निर्वाचन अधिकृत महेश शर्माले जनाएका छन् । ४ बजेबाट मत गणना सुरु हुने उनले बताए ।

    बानेश्वरस्थित संसद भवन परिसरमा दुईवटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

    शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ ।

  • पुस २५ मा प्रतिनिधिसभाको अधिवेशन

    पुस २५ मा प्रतिनिधिसभाको अधिवेशन

    काठमाडाैं । प्रतिनिधिसभाको अधिवेशन पुस २५ गतेदेखि शुरु हुने भएको छ ।

    सरकारले संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद्ले यही पुस २५ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गरेको हो ।

    सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको छ ।

    प्रधानमन्त्रीसहित ८ जनाले सोमवार नै मन्त्री पदको शपथ लिएका थिए । सरकारको सिफारिसमा संसद्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिनिधिसभाको अधिवेशन शुरु भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।

  • नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

    नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

    काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

    शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।

    शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रि«यसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

  • यी हुन् समानुपातिकतर्फ प्रतिनिधिसभा सांसद (सूचीसहित)

    यी हुन् समानुपातिकतर्फ प्रतिनिधिसभा सांसद (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ ।

    आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

    समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा (माओवादी केन्द्र)ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

    हेर्नुहाेस् सूची :

  • समानुपातिकतर्फ पनि सकियाे मतगणना, कुन दलले पाउने भए कति सिट ?

    समानुपातिकतर्फ पनि सकियाे मतगणना, कुन दलले पाउने भए कति सिट ?

    काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए ।

    आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड ५ लाख ६० हजार ८२ मत गनिएको हो ।

    नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ ।

    नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ ।

    समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ । एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन् ।

    नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टी बनेनन् ।

    प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, जसपा ७, राप्रपा ७, लोसपा ४, स्वतन्त्र ५, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् ।

  • समानुपातिकतर्फ हालसम्म कसले कति पाए मत ?

    समानुपातिकतर्फ हालसम्म कसले कति पाए मत ?

    काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ ।

    नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार पाँच सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार २३,६९, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय ६१, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९६ हजार पाँच सय ७१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ९६ र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार तीन सय १५ मत प्राप्त गरेका छन् ।

    प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले छ लाख ६५ हजार चार सय ६०, कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार पाँच सय ११,माओवादी केन्द्रले एक लाख ८१ हजार दुई सय ४५ र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार सात सय २३ मत प्राप्त गरेका छन् ।

    मधेस प्रदेशमा कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनता समाजवादी पार्टी नेपालले दुई लाख ९८ हजार सात सय ७४, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७ र माओवादी केन्द्रले एक लाख ८० हजार आठ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेका छन् ।

    बाग्मती प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७२ हजार ८९, माओवादी केन्द्रले दुई लाख ७० हजार तीन सय ७२ र नेपाल मजदूर किसान पार्टीले ६८ हजार छ सय ५४ मत प्राप्त गरेका छन् ।

    गण्डकी प्रदेशमा एमालेले तीन लाख ६७ हजार नौ सय ८९, कांग्रेसले तीन लाख ४९ हजार छ सय २८, माओवादी केन्द्रले एक लाख १६ हजार नौ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार चार सय ८३ र नेकपा (एकीकृत समाजवादी) १५ हजार ७६ मत प्राप्त गरेका छन् ।

    लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेका छन् ।

    कर्णाली प्रदेशमा एमालले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माआवादीेले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले १५ हजार आठ सय ६८, राप्रपाले सात हजार नौसय ५१, नेकपा (एकीकृत समाजवादी) ३५ हजार, आठ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी २५ हजार एक सय ८६ र नेपाल मजदूर किसान पार्टी आठ हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ६३ हजार १७, कांग्रेसले दुई लाख ५८ हजार आठ सय २७, माओवादी केन्द्रले एक लाख २० हजार एक सय ५९, राप्रपाले ४३ हजार एक ४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् ।

  • यी हुन् प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ सांसद, कसको कति मत ? (सूचीसहित)

    यी हुन् प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ सांसद, कसको कति मत ? (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रकै मतपरिणम आइसकेको छ । उक्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ ५७ सिट जितेको छ ।

    नेकपा (एमाले)ले ४४, नेकपा ( माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा) ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजुदुर किसान पार्टी १, जनमत पार्टीले १ सिटमा जित निकालेको छ। देशभर प्रत्यक्ष तर्फ ५ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन्।

    प्रतिनिधिसभामा कांग्रेसका ५७ सांसद

    १. झापा १- विश्वप्रकाश शर्मा ३९,६२४

    २. संखुवासभा १- दिपक खड्का ३२,१६१

    ३. तेह्रथुम १- सिता गुरुङ १९,७०७

    ४. मोरङ १- डिग बहादुर लिम्वु २७,२९७

    ५. मोरङ ३- शुनिल कुमार शर्मा ४८,६३१

    ६. मोरङ ६- डा शेखर कोइराला ३५,२२४

    ७. सुनसरी ४- ज्ञानेन्द्र बहादुर कार्की ३०,४८३

    ८. ओखलढुंगा १- राम हरि खतिवडा ३३,५५६

    ९. उदयपुर १- डा. नारायण खड्का ३१,२७०

    १० सप्तरी ३- दिनेश कुमार यादव २६,१६६

    ११. सप्तरी ४- तेजु लाल चौधरी २३,४९१

    १२. धनुषा २- राम कृष्ण यादव २०,११२

    १३. महोत्तरी ४- महेन्‍द्र कुमार राय २५,४४८

    १४. रौतहट ४- देव प्रसाद तिमलसेना ३४,१६१

    १५. पर्सा २- अजय कुमार चौरसिया २८,४५१

    १६. पर्सा ४- रमेश रिजाल ३१,२२४

    १७ रामेछाप १- पुर्ण बहादुर तमाङ ४७,०९९

    १८. सिन्धुली १- श्याम कुमार घिमिरे ३०,३९१

    १९. रसुवा १- मोहन आचार्य १८,२३५

    २०. धादिङ २- रामनाथ अधिकारी ३४,७३६

    २१. नुवाकोट २- अर्जुन नरसिंह के.सी. २८,१०७

    २२. काठमाडौं १- प्रकाशमान सिंह ७,१४३

    २३. काठमाडौं ३- सन्तोष चालिसे १५,१५८

    २४. काठमाडौं ४- गगन कुमार थापा २१,३०२

    २५. काठमाडौं ५- प्रदीप पौडेल १५,२६९

    २६. काठमाडौं १०- राजेन्द्र कुमार के.सी. १४,४६३

    २७. भक्तपुर २- दुर्लभ थापा क्षेत्री २४,२३९

    २८. ललितपुर १- उदय शम्शेर ज.ब.राणा २३,८९२

    २९. सिन्धुपाल्चोक २- मोहन बहादुर बस्नेत ३९,३८१

    ३०. गोरखा १- राजेन्द्र बजगाई ३३,४२८

    ३१. मनाङ १- टेक बहादुर गुरुङ २,५७५

    ३२. तनहुँ १- रामचन्द्र पौडेल २५,३६१

    ३३. तनहुँ २- शंकर भण्डारी ३०,६०४

    ३४. स्याङ्जा १- राजु थापा ३१,९९९

    ३५. स्याङ्जा २- धनराज गुरुङ्ग ३१,४६६

    ३६. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १- शशांक कोइराला २७,०६७

    ३७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २- विष्णु कुमार कार्की ३६,१३२

    ३८. मुस्ताङ १- योगेश गौचन थकाली ३,९९२

    ३९. म्याग्दी १ खम बहादुर गर्बुजा २४,०२१

    ४०. गुल्मी १- चन्द्रकान्त भण्डारी ३३,७४४

    ४१. कपिलवस्तु २- सुरेन्द्र राज आचार्य ३९,०१४

    ४२. दाङ ३- दिपक गिरी ३६,९११

    ४३. बाँके ३- किशोर सिह राठोर २९,०९७

    ४४. बर्दिया १- संजय कुमार गौतम ३०,६११

    ४५. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १- विनोद कुमार चौधरी २९,५१९

    ४६. मुगु १- ऐन बहादुर शाही ठकुरी १४,७०६

    ४७. दैलेख २- दिक्पाल कुमार शाही २०,१८३

    ४८. सुर्खेत १- पूर्ण बहादुर खड्का ४२,६०७

    ४९. सुर्खेत २- हृदयराम थानी ३४,६२५

    ५०. बाजुरा १- बद्री प्रसाद पाण्डे ३१,७८६

    ५१. अछाम २- पुष्प बहादुर शाह २२,९५४

    ५२. कैलाली ४- वीर बहादुर बलायर २६,२७५

    ५३. कैलाली ५- डिल्लीराज पन्त २१,३९२

    ५४. दार्चुला १- दिलेन्द्र प्रसाद बडू २८,५१५

    ५५. डडेलधुरा १- शेरबहादुर देउवा २५,५३४

    ५६. कन्चनपुर २- नारायण प्रकाश साउद २८,१३६

    ५७. कन्चनपुर ३- रमेश लेखक ३०,५७५

    एमालेका प्रतिनिधिसभाका ४४ सांसद

    १. ताप्लेजुङ १- योगेश कुमार भट्टराई २१,९४३

    २. पाँचथर १- वसन्त कुमार नेम्वाङ्ग ३२,१३५

    ३. इलाम १- महेश बस्नेत २५,७५३

    ४. इलाम २- सुवास चन्द्र नेम्वाङ्ग ३०,०२०

    ५. झापा २- देव राज घिमिरे २८,७१६

    ६. झापा ४- लाल प्रसाद साँवा लिम्बू २९,३१५

    ७. झापा ५- के.पी शर्मा ओली ५२,३१९

    ८. धनकुटा १- राजेन्द्र कुमार राई ३०,१०१

    ९. मोरङ २- ऋषिकेश पोखरेल ३३,१४८

    १०. सुनसरी २- भीम प्रसाद आचार्य ३२,०२४

    ११. सुनसरी ३- भगवती चौधरी ४०,७८८

    १२. सोलुखुम्बु १- मानवीर राई १९,३२४

    १३. उदयपुर २- अम्बर बहादुर रायामाझी १५,२५१

    १४. सिराहा १- राम शंकर यादव २९,४६२

    १५. सिराहा ३- लिलानाथ श्रेष्ठ २८,०६४

    १६. धनुषा ३- जुली कुमारी महतो (महासेठ) ३३,३८८

    १७. धनुषा ४- रघुवीर महासेठ ३२,२३६

    १८. महोत्तरी १- लझ्मी महतो काेइरी २३,४०२

    १९. सर्लाही ३- हरि प्रसाद उप्रेती ३२,९३८

    २०. बारा १- अच्युत प्रसाद मैनाली ३९,१९५

    २१. बारा ३- ज्वाला कुमारी साह २०,२५१

    २२. पर्सा ३- राज कुमार गुप्ता २४,३१९

    २३. काठमाडौं ९- कृष्ण गोपाल श्रेष्ठ ११,९५६

    २४. ललितपुर २- प्रेम बहादुर महर्जन १५,०२५

    २५. काभ्रेपलाञ्चोक २- गोकुल प्रसाद वाँस्कोटा ४५,३४५

    २६. मकवानपुर २- महेश कुमार वर्तौला ३४,९५०

    २७. लमजुङ १- पृथ्वी सुब्बा गुरुङ ३४,९८५

    २८. कास्की १- मन बहादुर गुरुङ्ग २५,७०८

    २९. कास्की २- विद्या भटटराई १६,९९८

    ३०. कास्की ३- दामोदर पौडेल वैरागी २२,९८०

    ३१. पर्वत १- पदम गिरी २९,८७२

    ३२. गुल्मी २- गोकर्ण राज विष्‍ट २८,४७६

    ३३. पाल्पा १- नारायण प्रसाद आचार्य ३१,१०३

    ३४. पाल्पा २- ठाकुर प्रसाद गैरे २८,६४५

    ३५. अर्घाखांची १- टोप बहादुर रायमाझी ४२,६७५

    ३६. रुपन्देही १- छविलाल विश्वकर्मा २४,८८२

    ३७. रुपन्देही २- विष्‍णु प्रसाद पौडेल २७,१६५

    ३८. रुपन्देही ५- बासु देव घिमिरे ३६,८२२

    ३९. कपिलवस्तु १- बलराम अधिकारी ३४,६७५

    ४०. कपिलवस्तु ३- मंगल प्रसाद गुप्ता २२,६१९

    ४१. प्यूठान १- सूर्य बहादुर थापा क्षेत्री ४१,११८

    ४२. बाँके १- सुर्य प्रसाद ढकाल २५,०२६

    ४३. बैतडी १- दामोदर भण्डारी ३३,६११

    ४४. कञ्चनपुर- १ तारा लामा तामाङ २४,९४३

    नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभाका १८ सांसद

    १. भोजपुर १- सुदन किराती २८,५९१

    २. मोरङ ४- अमन लाल मोदी ३०,६१२

    ३. खोटाङ १- राम कुमार राई ३१,३५१

    ४. सर्लाही २- महिन्द्र राय यादव २३,५२९

    ५. सिन्धुली २- लेखनाथ दाहाल २७,५१७

    ६. नुवाकोट १- हित बहादुर तामाङ २६,५४८

    ७. काभ्रेपलाञ्चोक १- सुर्य मान तामाङ (दोङ) ३४,५१२

    ८. सिन्धुपाल्चोक १- माधव सापकोटा ३०,४०८

    ९. गोरखा २- पुष्प कमल दाहाल (प्रचण्ड) २६,१०९

    १०. बागलुङ २- देवेन्द्र पौडेल २४,७९४

    ११. रुकुम पूर्व १ पूर्ण बहादुर घर्ति मगर १२,२६२

    १२. रोल्पा १- वर्षमान पुन ४१,७१४

    १३. दाङ २- रेखा शर्मा २६,८८०

    १४. कालिकोट १- महेन्द्र बहादुर शाही २३,७२७

    १५. हुम्ला १- छिरिङ डम्डुल लामा १४,३७१

    १६. जाजरकोट १- शक्ति बहादुर वस्नेत ३४,१५१

    १७. रुकुम पश्चिम १- जनार्दन शर्मा ३९,५४९

    १८. दोलखा १- गंगा कार्की ३६,७९९

    एकीकृत समाजवादीका प्रतिनिधि सभाका १० सांसद

    १. रौतहट १- माधव कुमार नेपाल ३३,५२२

    २. बारा ४- कृष्ण कुमार श्रेष्ठ ३०,३४१

    ३. धादिङ १- राजेन्द्र प्रसाद पाण्डे ३६,०१८

    ४. दाङ १- मेटमणि चौधरी २६,५७६

    ५. सल्यान १- प्रकाश ज्वाला ३५,७०७

    ६. डोल्पा १- धन बहादुर बुढा ११,२९२

    ७. दैलेख १- अम्मर बहादुर थापा १८,२९७

    ८. अछाम १- शेरबहादुर कुँवर १९,५३४

    ९. बझाङ्ग १- भानुभक्त जोशी २८,४१३

    १०. डोटी १- प्रेम बहादुर आले २७,२१०

    प्रतिनिधिसभाका जनता समाजवादी पार्टी, नेपालका ७ सांसद

    १. सुनसरी १- अशोक कुमार राई १७,०५९

    २. सप्तरी १- नवल किसोर साह सुडी २३,६०४

    ३. सिराहा २- राज किशोर यादव २४,१७८

    ४. सिराहा ४- विरेन्द्र प्रसाद महतो २४,१०२

    ५. धनुषा १- दीपक कार्की २७,४३१

    ६. बारा २- रामसहाय प्रसाद यादव १३,८२२

    ७. पर्सा १- प्रदिप यादव २२,५३७

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभाका ७ सांसद

    १. झापा ३- राजेन्द्र प्रसाद लिङ्देन ४०,६६२

    २. मकवानपुर १- दिपक बहादुर सिंह २७,८५१

    ३. चितवन ३- विक्रम पाण्डे ३५,०६०

    ४. रुपन्देही ३- दीपक बोहरा ३६,७१७

    ५. बाँके २- धवलशम्मशेर जबरा २९,५७७

    ६. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २- धुब्र बहादुर प्रधान ३४,७६४

    ७. जुम्ला १- ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) २२,८१९

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका ७ सांसद

    १. काठमाडौं २- सोविता गौतम १५,२३८

    २. काठमाडौं ६- शिशिर खनाल १४,२२१

    ३. काठमाडौं ७- गणेश पराजुली ८,७४३

    ४. काठमाडौं ८- विराजभक्त श्रेष्ठ १०,११२

    ५. ललितपुर ३- तोसीमा कार्की ३१,१३६

    ६. चितवन १- हरि ढकाल ३४,२१८

    ७. चितवन २- रवि लामिछाने ४९,३००

    लोकतान्त्रिक समाजवादी, नेपालका प्रतिनिधि सभाका ४ सांसद

    १. महोत्तरी २- शरत सिंह भण्डारी २५,१९०

    २. महोत्तरी ३- महन्थ ठाकुर १६,३७५

    ३. सर्लाही १- राम प्रकाश चौधरी २४,८३८

    ४. रुपन्देही ४- सर्वेन्द्र नाथ शुक्ला २८,०००

    नागरिक उन्मुक्ती पार्टीका ३ सांसद

    १. कैलाली १- रन्जिता श्रेष्ठ ३०,४०४

    २. कैलाली २- अरुण कुमार चौधरी २१,८७१

    ३. कैलाली ३- गंगा राम चौधरी २३,१२०

    राष्ट्रिय जनमोर्चाका १ सांसद

    १. बागलुङ १- चित्र बहादुर के.सी. २१,४६४

    नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभाका १ सांसद

    १. भक्तपुर १- प्रेम सुवाल ४२,७६१

    जनमत पार्टीको प्रतिनिधिसभाका १ सांसद

    १. सप्तरी २- चन्द्र कान्त राउत ३५,०४२

    प्रतिनिधिसभामा ५ स्वतन्त्र सांसद

    १. मोरङ ५- योगेन्द्र मण्डल २१,८२०

    २. सर्लाही ४- अमरेश कुमार सिंह २०,०१७

    ३. रौतहट २- किरण कुमार साह ३२,८४२

    ४. रौतहट ३- प्रभु साह ३२,४३७

    ५. बर्दिया २- लालबिर चौधरी २६,५२०

  • दाेलखामा माओवादीका कार्कीले घटाए मतान्तर, कसकाे कति ?

    दाेलखामा माओवादीका कार्कीले घटाए मतान्तर, कसकाे कति ?

    काठमाडाैं । प्रतिनिधिसभातर्फ दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले मतान्तर घटाएका छन् ।

    सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कार्कीले नकेपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीसँग मतान्तर केही घटाएका हुन् ।

    पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १९ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १८ हजार ३८५ मत पाएका छन् ।

    मंसिर ४ गते भएको मतदानका क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेका कारण मत गणनामा ढिलाइ भएको हो ।

    मंसिर १५ गते १० वटा बुथमा पुनः मतदान भएपछि मत गणना कार्य सुरु गरिएको थियो ।

     

  • प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जित्याे ५७ सीट

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जित्याे ५७ सीट

    काठमाडाैं । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ । प्रत्यक्षतर्फ कांग्रेसको खाता बन्द भएको छ ।

    गणना गर्न बाँकी रहेको दोलखामा एमाले र माओवादीबीच प्रतिस्पर्धा छ । कांग्रेसका उम्मेदवार छैनन् ।

    नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सीट जितेको छ । २०७४ सालको प्रतिनिधिसभा चुनावमा २३ सीटमा सीमित भएको कांग्रेसले ३४ बढाएर ५७ सीट हात पार्न सफल भएको छ ।

    समानुपातिकमा भने कांग्रेसले एमालेले भन्दा एक सीट कम पाउने सम्भावना छ ।

  • ‘थ्रेसहाेल्ड’ कटाउन संघर्षरत नेकपा एसले अहिलेसम्म कति ल्यायाे मत ?

    ‘थ्रेसहाेल्ड’ कटाउन संघर्षरत नेकपा एसले अहिलेसम्म कति ल्यायाे मत ?

    काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना जारी छ ।

    आइतबार बिहान साढे १० बजेसम्म गणना सकिएको एक करोड ४ लाख २० हजार १२५ मतमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

    २७ लाख ८८ हजार ३५६ मत ल्याएर एमाले पहिलो हुँदा दोस्रो स्थानमा रहेको कांग्रेसको मत २६ लाख ६० हजार २४६ रहेको छ । एमाले-कांग्रेसबीचको मतान्तर एक लाख २८ हजार ११० छ ।

    माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मत पाएर तेस्रो स्थानमा रहँदा, ११ लाख २४ हजार ५४३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ८६ हजार ६३८ मत छ । जनता समाजवादी पार्टीको ४ लाख २० हजार ९४६ मत रहेको छ ।

    सीके राउत नेतृत्वको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत छ ।

    थ्रेस होल्ड कटाउन संघर्षरत् नेकपा एस भने जनमतभन्दा अझै एक लाखभन्दा बढी मतले पछाडि छ । नेकपा एसले २ लाख ९४ हजार ३६२ प्राप्त गरेको छ ।