Tag: प्रतिनिधिसभा निर्वाचन

  • सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

    सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

    सिन्धुपाल्चाेक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन र प्रतिनिधिसभा क्षेत्र नं २ मा तीन गरी छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    प्रदेशसभातर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । प्रदेशसभा–१ (क)मा नौ, प्रदेशसभा–१ (ख) मा छ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये प्रदेशसभा (ख) मा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीले जानकारी दिए । प्रदेशसभा–२ (क) मा नौ र (ख) मा नौ जनाको उम्मेदवारी परेको हो । तीमध्ये (क)मा दुई र (ख) एक गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका उहाँले जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा क्षेत्र नं १ तर्फ

    सरेश नेपाल– नेकपा (एमाले), माधव सापकोटा– नेकपा (माओवादी केन्द्र), दिनेश श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी, दावा लामा– मङ्गोल नेशनल अर्गनाइजेशन, वीरबहादुर तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, रामकुमार जिसी– स्वतन्त्र, सोमनोर्बु शेर्पा– आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मुकुन्द श्रेष्ठ– स्वतन्त्र, डिबीसिंह लामा– जनता समाजवादी पार्टी नेपाल, विष्णुप्रसाद पौडेल– स्वतन्त्र, कृष्णबहादुर ठकुरी– नेपाल कम्युनिष्ट पार्टी (माले), नारायण पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी, हरिलक्ष्मी दनेखू– नेपाल मजदुर किसान पार्टी, ग्याल्जेन शेर्पा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

    प्रदेशसभा–१ (क)तर्फ आशिष लामा (तामाङ)– तामाङसालिङ लोकतान्त्रिक पार्टी, सोमबहादुर लामा– मंगोल नेशनल अर्गनाइजेशन, युद्धविक्रम तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले), राजेश लामा– जनता समाजवादी पार्टी नेपाल, मसिना खड्का– नेपाली कांग्रेस, श्यामलाल शाक्य– नेपाल मजदुर किसान पार्टी, निर्मला श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी, कृष्णबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (माले), टुल्कु लामा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

    प्रदेशसभा (ख)तर्फ गोविन्ददास गुभाजु– मङ्गोल नेशनल अर्गनाइजेशन, होमनारायण श्रेष्ठ– नेपाल कम्युनिष्ट पार्टी (एमाले), भक्तबहादुर भण्डारी– स्वतन्त्र, सरल सहयात्री पौडेल– माओवादी केन्द्र, दीपक थापा– राप्रपा, फुर्पा दोर्जे लामा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

    प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ

    प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ शेरबहादुर तामाङ– एमाले, मोहनबहादुर बस्नेत– नेपाली कांग्रेस, ध्रुवप्रसाद पराजुली, कर्णवीर स्यांबु लामा– मङ्गोल नेशनल अर्गनाइजेशन स्वतन्त्र, माया गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टी, बद्रीप्रसाद चौलागाईँ– स्वतन्त्र, श्यामबहादुर तामाङ– आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मङ्गलसिं तामाङ– जनमत पार्टी, दिलीप विक– राप्रपा नेपाल, नरसिं श्रेष्ठ– राप्रपा, लक्ष्मीप्रसाद कुसी– नेपाल मजदुर किसान पार्टी, दावाछिरिङ शेर्पा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, यस्मिन ढुङ्गाना– स्वतन्त्र, कविराज गिरी– नेकपा (माले)ले उम्मेदवारी दर्ता गरेका छन् ।

    त्यसैगरी प्रदेशसभा–२ (क) तर्फ जिमी लामा– स्वतन्त्र, अर्जुन तामाङ– मङ्गोल नेशनल अर्गनाइजेशन, अमानसिं तामाङ– एमाले, बाबुराम खड्का– राप्रपा, युवराज दुलाल– माओवादी केन्द्र, रत्नकाजी नायभारी– नेमकिपा, फडिन्द्रप्रसाद दाहाल– स्वतन्त्र, छिरिङवाङदी शेर्पा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चेतनाथ गिरी– नेकपा (माले) र प्रदेशसभा–२ (ख)तर्फ सुनजित तामाङ– मङ्गोल नेशनल अर्गनाइजेशन, ललितकुमार तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी, हस्तबहादुर पण्डित (क्षेत्री)– एमाले, कृष्णबहादुर तामाङ– जनता समाजवादी पार्टी, लालबहादुर तामाङ– जनमत पार्टी, गोविन्द गुरुङ– राप्रपा, कृष्णकुमार तामाङ– कांग्रेस, राजमती लवजु– नेमकिपा, योगेन्द्रराज सिग्देल– स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

  • उम्मेदवारका विरोधमा आज सूचना दिन सकिने

    उम्मेदवारका विरोधमा आज सूचना दिन सकिने

    काठमाडाैं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

    आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ।

    निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ।

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ।

  • प्रधानमन्त्री बन्नका लागि उम्मेदवारी दर्ता गरेकाे हुँ : शशांक काेइराला

    प्रधानमन्त्री बन्नका लागि उम्मेदवारी दर्ता गरेकाे हुँ : शशांक काेइराला

    नवलपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् ।

    नवलपुर १ मा चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको बताए ।

    कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए ।

    पार्टीले निर्णय गर्ने विषय भए पनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको उनकाे भनाइ थियाे । कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।

  • काठमाडौं १ मा रवीन्द्र मिश्रकाे उम्मेदवारी दर्ता

    काठमाडौं १ मा रवीन्द्र मिश्रकाे उम्मेदवारी दर्ता

    काठमाडाैं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्।

    आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रमा उम्मेदवार भई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

    यसपालि पनि यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेस नेता सिंह नै उम्मेदवार छन् ।

    उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले योपटक मतदाताले आफूहरूलाई जिताउने विश्वास व्यक्त गरेका थिए ।

  • ईश्वर पाेखरेल र प्रदीप पाैडेलसँग भिड्न रञ्जु दर्शनाले दिइन् उम्मेदवारी

    ईश्वर पाेखरेल र प्रदीप पाैडेलसँग भिड्न रञ्जु दर्शनाले दिइन् उम्मेदवारी

    काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।

    यसपटक भने उनले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसकाे तर्फबाट प्रदीप पाैडेल र नेकपा एमालेबाट ईश्वर पाेखरेल चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

  • गंगा थारुले दिइन् स्वतन्त्रमा उम्मेदवारी

    गंगा थारुले दिइन् स्वतन्त्रमा उम्मेदवारी

    दाङ । नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गाैवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

    उनले आइतबार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

    पार्टीले टिकट नदिएपछि सत्गाैवाले गएकाे शुक्रवार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।

    उनले लेखेकी छन् ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’

  • प्रतिनिधिसभातर्फ कांग्रेसका ८९ उम्मेदवार (यस्ताे छ सूची)

    प्रतिनिधिसभातर्फ कांग्रेसका ८९ उम्मेदवार (यस्ताे छ सूची)

    काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । कांग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८ निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार उठाएकाे छ ।

    यस्तै, गण्डकी प्रदेशका ११, लुम्बिनीका १३, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा ९ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिइएको छ ।​

    प्रदेश १

    १ तेह्रथुम – सीता गुरुङ

    २ पाँचथर – भीष्मराज आङदेम्बे

    ३ धनकुटा – सुनिल थापा

    ४ संखुवासभा – दीपक खड्का

    ५ ओखलढुंगा – रामहरि खतिवडा

    ६ सोलुखुम्बुम – बलबहादुर केसी

    ७ इलाम २ – डम्बर खड्का

    ८ झापा १ – विश्वप्रकाश शर्मा

    ९ झापा ३ – कृष्णप्रसाद सिटौला

    १० झापा ४ – देउकुमार थेबे

    ११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

    १२ मोरङ १ – डिगबहादुर लिम्बु

    १३ मोरङ २ – सुजाता कोइराला

    १४ मोरङ ३ – सुनिल शर्मा

    १५ मोरङ ६ – डा. शेखर कोइराला

    १६ सुनसरी २ – सिताराम मेहता

    १७ सुनसरी ३ – विजयकुमार गच्छदार

    १८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

    १९ उदयपुर–१ डा.नारायण खड्का​

    मधेस प्रदेश

    १ सप्तरी १ – रामदेव साह

    २ सप्तरी ३ – दिनेशकुमार यादव

    ३ सप्तरी ४ – तेजुलाल चौधरी

    ४ ​सिरहा १ – पद्मनाराण चौधरी

    ५ सिरहा २ – चित्रलेखा यादव

    ६ धनुषामा २ – रामकृष्ण यादव

    ७ धनुषा ४ – महेन्द्र यादव

    ८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

    ९ सर्लाही – ४ नागेन्द्र कुमार राय

    १० रौतहट २ – रित्तोद आलम

    ११ रौतहट ४ – देवप्रसाद तिमिलसिना

    १२ बारा १ – उमाकान्त चौधरी

    १३ पर्सा – २ अजयकुमार चौरासिया

    १४ पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

    १५ पर्सा ४ – रमेश रिजाल​

    बागमती प्रदेश

    १ काभ्रे २ – शीवप्रसाद हुमागाईँ

    २ ललितपुर १ – उदयशमशेर राणा

    ३ भक्तपुर २ – दुर्लभ थापा

    ४ काठमाडौं १ – प्रकाशमान सिंह

    ५ काठमाडौं ३ – सन्तोष चालिसे

    ६ काठमाडौं ४ – गगन थापा

    ७ काठमाडौं ५ – प्रदीप पौडेल

    ८ काठमाडौं ६ – भीमसेनदास प्रभान

    ९ काठमाडौं १० – राजेन्द्र कुमार केसी

    १० रसुवा – मोहन आचार्य

    ११ नुवाकोट २ – अरजुननसिंह केसी

    १२ सिन्धुली १ – श्यामकुमार घिमिरे

    १३ ​सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

    १४ धादिङ २ – दिलमान पाख्रीन

    १३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

    १६ चितवन १ – विश्वनाथ पौडेल

    १७ चितवन २ – उमेश श्रेष्ठ

    १८ रामेछाप – कान्छाराम तामाङ

    गण्डकी प्रदेश

    १ तनहुँ १ – रामचन्द्र पौडेल

    २ तनहुँ २ – शंकर भण्डारी३ स्याङ्जा–१ राजु थापा

    ४ स्याङजा २ – धनराज गुरुङ

    ५ नवलपुर १ – शशांक कोइराला

    ६ पर्वत – अर्जुन जोशी

    ७ मनाङ – टेकप्रसाद गुरुङ

    ८ कास्की १ – किशोरदत्त बराल

    ९ गोरखा १ – राजेन्द्र बजगाईँ

    १० म्याग्दी – खमबहादुर गर्जुवा

    ​११ मुस्ताङ – याेगेश गाैचन थकाली

    लुम्बिनी प्रदेश

    १ गुल्मी १ – चन्द्र भण्डारी

    २ नवलपरासी २ – देवेन्द्र कँडेल

    ३ नवलपरासी – १ विनोद चौधरी

    ४ रुपन्देही ३ – बालकृष्ण खाण

    ५ रुपन्देही ४ – प्रमोद यादव

    ६ रुपन्देही ५ – भरतकुमार शाह

    ७ कपिलवस्तु–२ सुरेन्द्र आचार्य

    ८ कपिलवस्तु ३ – अभिषेकप्रताप साह

    ९ अर्घाखाँची – पुष्पा भुसाल

    १० दाङ ३ – दिपक गिरि

    ११ बाँके ३ – किशोरसिंह राठौर

    १२ बर्दिया १ – सञ्जय गौतम

    १३ पाल्पा १ – ज्ञानबहादुर गाहा

    कर्णाली प्रदेश

    १ मुगु – ऐन बहादुर शाही

    २ सुर्खेत १ – पूर्णबहादुर खड्का

    ३ सुर्खेत २ – हृदयराम थानी

    ४ दैलेख २ – दिक्पाल शाही

    सुदूरपश्चिम प्रदेश

    १ डडेल्धुरा – शेरबहादुर देउवा

    २ बाजुरा – बद्री पाण्डे

    ३ दार्चुला – दिलेन्द्र बडू

    ४ अछाम २ – पुष्प शाह

    ५ कञ्चनपुर २– एनपी साउद

    ६ कञ्चनपुर ३ – रमेश लेखक

    ७ कैलाली १ – रामजनम चौधरी

    ८ कैलाली ४ – वीरबहादुर बलायर

    ९ कैलाली ५ – डिल्लीराज पन्त

  • कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने

    कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने

    काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो ।

    उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

    पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।

  • अमेरिका र भारतको स्वार्थ पूरा नभए मंसिर ४ मा चुनाव हुँदैन : किशोरकुमार विश्वास (भिडिओसहित)

    अमेरिका र भारतको स्वार्थ पूरा नभए मंसिर ४ मा चुनाव हुँदैन : किशोरकुमार विश्वास (भिडिओसहित)

    काठमाडाैं । बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वासले मंसिर ४ गतेको चुनाव सर्ने आशंका गरेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै अध्यक्ष विश्वासले सात दलीय सत्ता गठवन्धन अमेरिका र भारतको ईशारामा गठन भएकाले गठवन्धनले बहुमत ल्याउने निश्चित नभए चुनाव नहुने दाबी गरेका हुन् ।

    विश्वासका अनुसार सरकार र सत्ता गठवन्धन भारत र अमेरिकालाई रिझाउन मात्र उद्धत रहेको छ । सरकार र गठवन्धनले भारत र अमेरिकाको स्वार्थमा मात्र काम गरिरहेकाले ती शक्तिले पनि यिनीहरुकै गठजोड चाहेका छन ।

    विश्वास भन्छन्, ‘एमसीसी, एसपीपी तथा नागरिकता विधेयक कस्का एजेण्डा हुन् ? पटक–पटक भारत र अमेरिकाबाट उच्चस्तरीय भ्रमण किन भैरहेका छन् ? चुनावको मुखमा राष्ट्रघाती नागरिकता विधेयक कसको स्वार्थमा ल्याइएको हो ? ’

    अहिलेको सरकार र गठवन्धनले भारतीय संस्थापन पक्ष विजेपी तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुशी बनाउन नै नागरिकता विधेयक ल्याएको विश्वासको दाबी छ । मधेशमा हालसम्म ८० लाख भारतीयलाई नागरिकता बाँडिएको जानकारी दिँदै उनले संसदबाट विधेयक पास भएसँगै तराईमा नागरिकता लिन भारतीयहरुको लाइन लाग्न थालेको बताए ।

    उनका अनुसार देशको कुल जनसंख्याको ५२ प्रतिशत जनसंख्या तराईंमा पुगको छ । ती मध्ये २७ प्रतिशत मात्रै नेपाली रहेको उनको भनाइ छ । अहिले तराईमा पञ्जाबी, बंगाली र मुसलमानको संख्या बढेको छ । कतिपय मुसलमान त चुनावमा जितेर स्थानीय तहको प्रमुखसमेत भैसकेका छन ।

    राष्ट्रपति विद्या भण्डारीले यो विधेयक तत्काल खारेज गर्नुपर्ने विश्वासको सुझाव छ । अन्यथा यही विधेयकका आधारमा मधेस सरकारले कालान्तरमा आफूलाई अलग राष्ट्र घोषणा गर्न सक्ने उनको आशंका छ ।

    विश्वासका अनुसार अहिले नेपालमा अमेरिका र भारतीय इशारामा स्वतन्त्र तिब्बत अभियान चलिरहेको छ । नेपाली अनुहारका नेताहरु यसमा सक्रियतापूर्वक लागेका छन । यो कुरा चीनले बुझेपनि तत्काल आक्रामकरुपमा प्रस्तुत हुन सकेको छैन । यसले अन्ततः मुलुकलाई दुर्भाग्यपूर्ण अवस्थामा लैजाने छ ।

    मुलुकमा हाल अस्तित्वमा रहेका कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत तराई केन्द्रीत दलहरु आउँदो चुनावसँगै शक्तिहीन हुने विश्वासको दाबी छ । विश्वभर परम्परागत दल र नेताहरु कमजोर भैरहेको र नेपालमा पनि स्थानीय तहको निर्वाचनमा त्यो देखिएको उनको भनाइ छ ।

    जनतासमेत सचेत भइसकेकाले आउँदो चुनावबाट देशभरबाट नयाँ अनुहार आउने र तीनिहरुले नै मुलुकको काँचुली फेर्ने उनी बताउँछन् ।

    विस्तृत भिडिओमा :

  • एमाले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर एकल

    एमाले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर एकल

    जनकपुरधाम । नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ ।

    धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्यूरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएको छ ।

    पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए ।

    क्षेत्रहरुमा उनीहरु वाहेक कसैले इच्छा नराख्दा उनीहरुको नाम सिफरिस भएको उनले बताए । पूर्वमन्त्री समेत रहेकी महतो नेता महासेठका धर्मपत्नी हुन् ।

    क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको उनले बताए ।

    पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरुको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उनले बताए ।