Tag: राप्रपा

  • राप्रपाले माग्याे उपप्रधानसहित चार मन्त्रालय, अन्य शर्त यस्ता छन्

    राप्रपाले माग्याे उपप्रधानसहित चार मन्त्रालय, अन्य शर्त यस्ता छन्

    काठमाडाैं । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेकाे छ । कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त पनि राखेको छ ।

    पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन् ।

    तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ ।

    राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलमध्ये राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएका छैनन् ।

    नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट केही मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन पहल गरिरहेका छन् ।

  • राप्रपा बैठकमा बहुसंख्यक नेताकाे धारणा : सरकारमा जानुपर्छ

    राप्रपा बैठकमा बहुसंख्यक नेताकाे धारणा : सरकारमा जानुपर्छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।

    बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए ।

    यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

    बैठकमा सहभागी एक नेताका अनुसार कार्यसम्पादन समितिका ९० प्रतिशत सदस्यले सरकारमा सहभागी हुनुपर्ने राय दिएका छन् । यद्यपि बैठक नसकिएकाले निर्णय भने भएकाे छैन ।

     

  • राप्रपाका पशुपति शम्शेरले लिए राष्ट्रपतिबाट शपथ

    राप्रपाका पशुपति शम्शेरले लिए राष्ट्रपतिबाट शपथ

    काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।

    आज शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले राणालाई सपथ खुवाएकी हुन् ।

    आज आफूले शपथ लिएपछि ज्येष्ठ सदस्य राणाले भोलि प्रतिनिधिसभाका २७५ सांसदलाई सपथ गराउने छन् ।

    निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो ।

    तर, उनले आफ्नो बास्तविक उमेरभन्दा नागरिकताको उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यका रुपमा संसद् सचिवालयमा नाम पठाएको थियो । सोही नाम सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि आज शपथ भएको हो ।

    संसद सचिवालयले भोलि प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ ।

     

  • ‘स्पाइनल इन्जुरी’ भएकी लक्ष्मी घिमिरे बनिन् प्रदेशसभा सांसद

    ‘स्पाइनल इन्जुरी’ भएकी लक्ष्मी घिमिरे बनिन् प्रदेशसभा सांसद

    काठमाडौं । स्पाइनल इन्जुरी भएकी लक्ष्मी घिमिरे प्रदेशसभा सदस्य (सांसद) बनेकी छिन् ।

    स्पाइनल इन्जुरी भएकी घिमिरेलाई राप्रपाले बागमती प्रदेशमा समानुपातिक सांसद बनाएको हो । उनी स्पाइनल इन्जुरी भएकी पहिलो समानुपातिक सांसद हुन् ।

    रामेछापकाे गाेकुलगंगामा जन्मिएकी २८ वर्षीया घिमिरे यसअघि विभिन्न सामाजिक कार्यमा अग्रसर थिइन् ।

    ह्वीलचियर बास्केटबलकाे नेशनल क्यापटेनसमेत रहेकी घिमिरेले काेरियामा युनाटेड नेशनले आयाेजना गरेकाे ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि’मा नेपालकाे प्रतिनिधित्व पनि गरेकी थिइन् ।

    उनी १५ वर्षकी हुँदा भीरबाट लडेर ‘स्पाइनल इन्जुरी’ भएकी थिइन् । उनले नेपालमा अपांगता भएका व्यक्तिहरुकाे अधिकारका लागि लामाे समयदेखि आवाजसमेत उठाउँदै आएकी छन् ।

    उनी राप्रपा प्रवेश गर्नुअघि रविन्द्र मिश्र अध्यक्ष रहेकाे विवेकशील साझा पार्टीकाे केन्द्रीय सदस्य रहेकी थिइन् । अध्यक्ष रविन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएर राप्रपा प्रवेश गर्दा घिमिरे पनि सँगै राप्रपामा प्रवेश गरेकी थिइन् ।

  • राप्रपाले निर्वाचन आयोगमा बुझायो २४ समानुपातिक सांसदको सूची

    राप्रपाले निर्वाचन आयोगमा बुझायो २४ समानुपातिक सांसदको सूची

    काठमाडाैं । राप्रपाले समनुपातिकतर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

    पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् ।

    केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो ।

    सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताए । तर, सूचीमा प्रतिनिधिसभातर्फ पूर्व अध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन ।

     

  • ज्ञानेन्द्रकाे गर्जन : संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउँछु

    ज्ञानेन्द्रकाे गर्जन : संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउँछु

    काठमाडौं । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

    निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

    आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।

  • माेरङ-३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापाले कति पाइन् मत ?

    माेरङ-३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापाले कति पाइन् मत ?

    मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् ।

    एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन् ।

  • जुम्लामा ज्ञानेन्द्र शाहीकाे छलाङ, दाेब्बर मतकाे अग्रता

    जुम्लामा ज्ञानेन्द्र शाहीकाे छलाङ, दाेब्बर मतकाे अग्रता

    जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही फराकिलो मतान्तरले अघि छन् ।

    २३ हजार ८२९ मतगणना गर्दा १२ हजार ५१५ मत प्राप्त गरेका छन् भने माओवादीकी गोमा गौतम कुवँरले ६ हजार ९८ मत पाएकी छन् ।

    एमालेका रतननाथ योगीले २ हजार९६० र नेमकिपाका डिल्ली काफलेले ६७६ मत प्राप्त गरेका छन् ।

  • जुम्लामा ज्ञानेन्द्र शाहीको दोब्बर बढीको अग्रता, कति पाए मत ?

    जुम्लामा ज्ञानेन्द्र शाहीको दोब्बर बढीको अग्रता, कति पाए मत ?

    जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् ।

    कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर)ले १ हजार ४४९ मत पाएकी छन् ।

    यसैगरी, एमालेका रतननाथ योगीले ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् ।

  • जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

    जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

    जुम्ला । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा सदस्यका लागि ७ सय १६ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट माओवादीकी गोमा कुँबरले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।

    एमालेका रतननाथ योगीले ५६ भोट पाएका छन् । भ्रष्टाचार विरोधी अभियान्ताकोरूपमा परिचय बनाएका शाही पछिल्लो समय राप्रपा प्रवेश गरेका थिए ।

    २०७४ सालको चुनावमा जुम्लाबाट माओवादी विजयी भएको थियो ।