Tag: संसद बैठक

  • प्रतिनिधिसभाको बैठक सुरू

    प्रतिनिधिसभाको बैठक सुरू

    काठमाडौं । प्रतिनिधिसभाको ११औँ अधिवेशनको पहिलो बैठक सुरू भएको छ ।

    बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

    यसपछि एमालेको विरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन् । उनले अहिले आफ्नो धारणा राखिरहेका छन् ।

    नवौँ र दशौँ अधिवेशनमा आफूहरूको विरोध रहेको र अहिले विरोधको स्वरुप परिवर्तन गरेको जानकारी दिएका उनले सरकार देश संकटमा पर्दा आफूहरू सचेत प्रतिपक्षीको भूमिका निभाउने बताए ।

  • संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

    संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

    काठमाडौं । सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

    १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

  • मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

    मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

    काठमाडाैं । मंगलबार अपरान्ह बसेकाे मन्त्रिपरिषद् बैठकले संसदकाे चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएकाे निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

    ६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदनमा अवरोध गरिरहेको थियो । भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसीसी जबरजस्ती पास गरिसकेको छ ।

    संसद चल्न नसकेको अवस्थामा सरकारले चालु संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

  • करिब ८ मिनेट बसेर २२ गतेसम्मका लागि स्थगित भयाे प्रतिनिधिसभा बैठक

    करिब ८ मिनेट बसेर २२ गतेसम्मका लागि स्थगित भयाे प्रतिनिधिसभा बैठक

    काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

    बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गर्नुभएको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । करिब ८ मिनेट बैठक सञ्चालन भएकाे थियाे ।

    एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

  • संसद बैठक, यस्ताे छ सम्भावित कार्यसूची

    संसद बैठक, यस्ताे छ सम्भावित कार्यसूची

    काठमाडाैं । एमसीसी अनुमोदन भएपछि बुधबार पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

    गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।

  • साढे ६ बजेका लागि बाेलाइयाे प्रतिनिधिसभाकाे दाेस्राे बैठक

    साढे ६ बजेका लागि बाेलाइयाे प्रतिनिधिसभाकाे दाेस्राे बैठक

    काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक साढे ६ बजेका लागि बाेलाइएकाे छ ।

    एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गरी सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आव्हान गरेका हुन् ।

    अब बस्ने बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

  • एमालेकाे अवराेधकाबीच एमसीसी छलफलका लागि संसदमा पेस

    एमालेकाे अवराेधकाबीच एमसीसी छलफलका लागि संसदमा पेस

    काठमाडौं । आइतबारकाे प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयाेग परियोजना एमसीसी समान्य छलफलका लागि पेस भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् ।

    छलफलका लागि संसदमा पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट समय दिएका छन् ।

    आजकाे बैठकमा पनि एमालेका सांसदले अवराेध पुर्‍याइरहेका छन् । अवराेधकाबीच सभामुख सापकाेटाले बैठक सञ्चालन गरिररहेका छन् ।

  • प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढाइने, यस्ताे छ कार्यसूची

    प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढाइने, यस्ताे छ कार्यसूची

    काठमाडाैं । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ ।

    संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।

    यसैगरी दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

    यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।

    सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ ।

    सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ ।

  • प्रतिनिधि सभाकाे बैठक स्थगित

    प्रतिनिधि सभाकाे बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको हाे । बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमा छलफल हुने कार्यसूची रहेकाे थियाे ।

    एमसीसीकाे विराेधमा नयाँ बानेश्वरमा प्रदर्शन भइरहेकाे छ ।

    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने तयारी गरेको छ ।

  • बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल, कांग्रेसकाे ह्वीप, लाेसपा पनि पक्षमा

    बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल, कांग्रेसकाे ह्वीप, लाेसपा पनि पक्षमा

    काठमाडौं । बिहीबार बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समावेश गरिएकाे छ ।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार भोलि अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्दै प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ ।

    नेपाली कांग्रेसले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ। संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । गत आइतवार संसद् बैठकमा एमसीसी सम्बन्धि प्रस्ताव टेवल भएको थियो । सत्तारुढ दलबिच नै चर्को बहसका बिच प्रस्ताव टेवल भयो भने बाहिर त्यसको विरोधमा चर्को प्रदर्शन भएको थियो ।

    पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसीको विषयलाई लिएर लगातार सबैजसो राजनीतिक दलसँग संवादमा छन् । हिजोमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको लामो छलफल भएको थियो । नेकपा एमाले एमसीसीको पक्ष या विपक्षमा खुलिसकेको छैन तर ओलीले भने बारम्बार एमसीसीको पक्षमा वकालत गर्ने गरेका छन् ।

    यता जनता समाजवादी पार्टी पनि एमसीसीको विषयलाई लिएर विभाजित अवस्थामा छ । उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिए पनि बाबुराम भट्टराई समूह यसको पक्षमा उभिएका छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेकाे छ । पार्टीको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टीमा १३ सांसद छन् ।