Tag: सत्ता गठबन्धन

  • गठबन्धनले साेमबारसम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने

    गठबन्धनले साेमबारसम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने

    काठमाडाैं । सत्ता गठबन्धनले साेमबारसम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने भएको छ । आइतबार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो ।

    बाँकी अन्य प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे पनि सोमबार नै कार्यदल रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

  • देशभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे यस्ताे अपिल

    देशभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे यस्ताे अपिल

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

    ‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    पाँच दलका शीर्ष नेताद्वारा हस्ताक्षरित अपिलमा आपसमा मिलेर निर्वाचन लड्ने संकल्पसमेत गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन् ।

    यस्ताे छ अपिल :

  • सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

    सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

    काठमाडाैं। आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

    साथै बैठकले प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरेको थियो । गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गरिने संयन्त्रका सदस्य सचिव एवं प्रधानमन्त्री शेरबहादुर देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिएका छन् ।

  • बालुवाटार बैठककाे निर्णय : गठबन्धन दलहरूबीच तालमेल, केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण

    बालुवाटार बैठककाे निर्णय : गठबन्धन दलहरूबीच तालमेल, केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण

    काठमाडाैं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण गर्ने भएको छ ।

    बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    उनले भने, ‘गठबन्धनको बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ ।’

    सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आबद्ध छन् । एमसीसी प्रकरणमा गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले पनि प्रदेशमा भने सत्तारुढ गठबन्धनसँग सहकार्य जारी राखेको छ ।

    प्रमुख सत्तारुढ नेपाली कांग्रेसले चुनावी तालमेलको पक्षमा निर्णय गरेपछि त्यसको मोडालिटी तय गर्न गठबन्धनको बैठक बसेको हो ।

    -फाइल तस्बिर ।

  • चुनावी गठबन्धबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा

    चुनावी गठबन्धबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा

    काठमाडाैं । स्थानीय तहमा चुनावी गठबन्धनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षलगायत सहभागी छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देश बाहिर रहेका कारण अन्य नेताहरु सहभागि छन् ।

    कांग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

  • संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने गठबन्धन बैठककाे निर्णय

    संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने गठबन्धन बैठककाे निर्णय

    काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धन आवद्ध चार दलको बैठकले संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकतालगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकोमा नेताहरूलाई धन्यवाद समेत दिनुभएको कार्कीले जानकारी दिए । बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको उनले जानकारी दिए ।

    मुलुकमा राजनीतिक स्थायीत्व दिनका लागि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ । बैठकमा राष्ट्रिय जनमोर्चा बाहेकका सत्तारुढ दलको सहभागिता रहेको थियो ।

  • फुट्याे पाँच दलीय गठबन्धन, राष्ट्रिय जनमाेर्चा अलग

    फुट्याे पाँच दलीय गठबन्धन, राष्ट्रिय जनमाेर्चा अलग

    काठमाडाैं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भएको छ ।

    गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको ठहर गरी राष्ट्रिय जनमाेर्चाले गठबन्धनमा नरहने निर्णय गरेको हो ।

    साेमबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी आफूहरु गठबन्धनमा नरहने निर्णय गरेको जानकारी गराए ।

    यस्तै, जनमोर्चाले व्याख्यात्मक प्रस्तावलाई आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोश मत्थर पार्न गरिएको नौटङ्की मात्र भएकाे भनी टिप्पणी पनि गरेकाे छ ।

    साथै, एमसीसीविरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय पनि जनमोर्चाले गरेको छ ।

  • सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति

    सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

    बालुवाटारमा केहीबेर अघि सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेकाे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेकाे भनि समय मागेका थिए । नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए ।

    नेकपा माओवादी केन्द्र ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तयार भएपछि एमसीसी आइतबार नै पारित गर्ने सहमति जुटेकाे हाे । यद्यपी माओवादीका केही नेताहरु यसकाे विराेधमा छन् ।

  • गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

    गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

    काठमाडाैं । नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको हाे ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ ।

    प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार अवरोध गरिरहेको अवस्थामा महत्वपूर्ण विषयमा समेत छलफल हुन सकेको छैन । यस्तो अवस्थामा एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको अझै पनि फरक मत रहे पनि राष्ट्रिय आवश्यकताले गठबन्धन कायम राख्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।

    माओवादीका तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरु नै एमसिसी सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरु एकमत दखिएका छन् ।

    शुक्रबारको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधिसभामा एमसिसी पारित गर्ने सन्दर्भमा बहिस्कार गरेर वा अन्य कुनै विधिमार्फत पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

    माओवादीका नेता हरिबोल गजुरेलका अनुसार एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि त्यसलाई एउटा निष्कर्षमा पुर्‍याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता देखिएको छ ।

    यस्तै, माओवादीका अर्का नेता शक्ति बस्नेतका अनुसार गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिनेछ । गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरु एक मत देखिएका छन् ।

    धनगढी पुगेका नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ फर्कन फोन गरेका थिए । काठमाडौं फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

    सत्तारुढ गठबन्धनका नेताहरुको अनौपचारिक बैठकले गठबन्धन कायम राख्दै निष्कर्ष निकाल्नुपर्नेमा सहमत भएका छन् । एमसिसी सम्झौता पारित गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ दलबीचमा नै साझा धारणा बन्न नसक्दा विषय सडकमा समेत पुगेको छ । दैनिकजसो प्रदर्शन भइरहेका छन् । संसद्मा प्रतिपक्षले अवरोध जारी राख्ने, सत्तारुढ दलकाबीचमा पनि समान धारणा नबन्दा महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।

    सहमति खोज्ने ध्येयका साथ आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आजको बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । मन्त्री बडूको आग्रहमा नै आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

    एमसिसी सम्झौताका पक्षमा सहमति जुटाउनका लागि बिहीबार प्रमुख राजनीतिक दलहरुका विभिन्न बैठक भए । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो । सो बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलगायतका नेताहरुबीच पनि छलफल भएको थियो । साँझ पुनःप्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन ।

    यो अवस्थामा सत्तारुढ दलहरुबीच नै सहमति कायम गरेर जानुपर्ने विषयमा नै धेरैको जोड देखिएको छ । यसैका लागि पनि आजको संसद् बैठक स्थगित भएको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

  • के भनेका थिए सत्ता गठबन्धन बैठकमा प्रचण्डले ?

    के भनेका थिए सत्ता गठबन्धन बैठकमा प्रचण्डले ?

    काठमाडौं । आइतबार बिहान बसेको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजान आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ ।

    स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन् ‘अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ ।’

    उनले भनेकी छन्,‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएता पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।’

    यसका बाजदुद सदनमा आ-आफ्नो विचार अनुसार छलफल गर्ने सहमति भएको प्रचण्डको सचिवालयको भनाइ छ ।