• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने गठबन्धन बैठककाे निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धन आवद्ध चार दलको बैठकले संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकतालगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकोमा नेताहरूलाई धन्यवाद समेत दिनुभएको कार्कीले जानकारी दिए । बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको उनले जानकारी दिए ।

मुलुकमा राजनीतिक स्थायीत्व दिनका लागि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ । बैठकमा राष्ट्रिय जनमोर्चा बाहेकका सत्तारुढ दलको सहभागिता रहेको थियो ।