Tag: अमेरिका

  • माेदीकाे भ्रमणअघि अमेरिकाकाे प्रतिक्रिया : भारत एक जीवन्त लोकतन्त्र भएको राष्ट्र

    माेदीकाे भ्रमणअघि अमेरिकाकाे प्रतिक्रिया : भारत एक जीवन्त लोकतन्त्र भएको राष्ट्र

    काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिना अमेरिकाको भ्रमण गर्दैछन् । उनको अमेरिका भ्रमणअघि वासिङ्टनले भारत एक जीवन्त लोकतन्त्र भएको राष्ट्र भएको बताएको छ ।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘भारत एक जीवन्त लोकतन्त्र हो । कोही मान्छे दिल्लीको भ्रमण गर्छ भने उसले त्यो आफैँ देख्नेछ ।’

    मोदीले अमेरिकाको भ्रमण गर्ने भएपछि ह्वाइट हाउसमा पत्रकारहरूले किर्बीलाई भारतीय लोकतन्त्र र मोदीको कार्यकालमा भएका अलोकतान्त्रिक कामबारे प्रश्न गरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    उनले उत्तरमा भनेका छन्,‘हामी ती सरोकारका विषयहरूमा आवाज उठाउन पछि हट्दैनौँ, हामी हाम्रा चिन्ताहरू हाम्रा साझेदारसँग राख्न तयार छौँ । प्रजातान्त्रिक संस्थाहरूलाई बलियो बनाउने विषयमा छलफल जारी रहनेछ र प्रधानमन्त्री मोदीको आगामी अमेरिका भ्रमणमा यो विषय छलफलको हिस्सा पनि हो ।’

    त्यसपछि नै उनले भारत एक जीवतन्त्र लोकतन्त्र भएको मुलुक रहेकाे र नपत्याए भारत भ्रमण गर्न सुझाव पनि दिए । आगामी जुन २२ मा मोदी अमेरिका पुग्दा सोही दिन मोदी र अमेरिकी राष्ट्रपति बाइडेनले सँगै रात्रिभोज पनि गर्नेछन् ।

     

  • खतरनाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला

    खतरनाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला

    काठमाडौं । अमेरिकी इतिहासमा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।

    एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले उल्लेख गरेकाे छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन ।

    अमेरिकी जाँच एजेन्सी एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो ।

    ्१२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनले करिब २० वर्षसम्म रुसको लागि जासुसी गरेका थिए । यो अवधिमा रुसले ह्यान्सनको खातामा १४ लाख डलरभन्दा बढी रकम ट्रान्सफर गरिदिएको र हिरा दिएको बीबीसीमा उल्लेख छ ।

    सन् १९९४ मा एफबीआईले जासुस एल्डि्रच हेजेन एम्सलाई पक्राउ गरेपछि ह्यान्सनको पनि संलग्नता खुलेको थियो । यो कुराको पुष्टि भएपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजाय ताेकेकाे थियाे ।

  • फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

    फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

    काठमाडाैं । अमेरिकी प्रविधि व्यवसायी एलन मस्क पुन: विश्वकै धनी व्यक्ति बनेका छन्।

    फ्रान्सका अर्नाल्ट ग्रुपका बर्नाड अर्नाल्टको एभीएमएचको शेयरमा २ दशमलव ६ प्रतिशतले गिरावट आएपछि टेस्ला इन्कका मुख्य कार्यकारी मस्क पहिलो धनी व्यक्तिको सूचीमा उक्लिएका हुन्। यसअघि मस्क विश्वका दोस्रो धनी व्यक्ति थिए।

    सन् २०२१ सेप्टेम्बर २१ मा अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलोपटक विश्वको धनी व्यक्ति बनेका थिए। टेस्ला, स्पेसएक्स र ट्विटरलगायतका सञ्चालक मस्कको उक्त पहिलो धनी व्यक्तिको ताज २०२२ डिसेम्बरमा अर्नाल्टले मस्कलाई उछिनेका थिए।

    तर ५ महिनामै उक्त विरासत मस्कले पुन: फर्काएका हुन्।

    २ महिनामा १ अर्ब ९८ करोड अमेरिकी डलर वृद्धि भई मस्कको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर पुगेको छ।

    अर्नाल्टको सम्पत्ति ५ अर्ब २५ करोड डलर घटेर १ अर्ब ८७ अर्बमा सीमित भएको छ।

    विश्वको धनी व्यक्तिको सूचीमा तेस्रोमा जेफ बेजोस, चौथोमा बिल गेट्स, पाँचौँमा लेरी एलिसन र छैटौँमा स्टेभ बलमेर छन्। यसैगरी सातौँमा वारेन बफेट, आठौँमा लेरी पेज र ९औँ नम्बरमा सर्जे ब्रिन रहेकोमा १०औँ धनी व्यक्ति मार्क जुकरवर्ग बनेका छन्।

  • अमेरिकाकाे टेक्सासमा गाेलाबारी ९ जनाकाे मृत्यु

    अमेरिकाकाे टेक्सासमा गाेलाबारी ९ जनाकाे मृत्यु

    टेक्सास । अमेरिकाको टेक्ससमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ ।

    गोलाबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

    अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । र, प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सन्दिग्ध ऐलन पनि मारिएका छन् ।

    घटनाका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरू भुईँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ ।

    पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन्, हाल उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् ।

  • अर्थमन्त्रीसँगकाे भेटमा अमेरिकी राजदूतले भने- एमसीसीमार्फत थप अनुदान दिन इच्छुक छौँ

    अर्थमन्त्रीसँगकाे भेटमा अमेरिकी राजदूतले भने- एमसीसीमार्फत थप अनुदान दिन इच्छुक छौँ

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् ।

    बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो ।

    कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको समेत सचिवालयले उल्लेख गरेको छ । नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा. महतले जानकारी गराएका छन् ।

    उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिएका थिए ।

  • रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकी राजदूत डीआर थम्पसनकाे भेट

    रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकी राजदूत डीआर थम्पसनकाे भेट

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ ।

    बुधबार सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।

    राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको ‘ल्यान्ड फोर्स टल्क’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले सहमति भएबमोजिम नेपाललाई हवाइसाधनलगायतका उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता जनए । उनले नेपालको भौगोलिक अवस्थितिबारे जानकार भएको भन्दै सोहीअनुसार सैन्य सहयोग गर्नेसमेत बताए

    ‘नेपालको भौगोलिक अवस्थिति र अवस्थाको बारेमा अमेरिकी पक्ष जानकार छ । नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक छौं,’ उनले भने ।

    रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै नेपाली सेनाको पूर्वाधार विकास लगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुऱ्याएको बताएका थिए । उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको सहयोगको आवश्यकता रहेको बताएका थिए ।

    बैठकमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

    यसअघि राजदूत थम्पसनले उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय निरुपणका लागि अमेरिकाको सहयोग मागेका थिए ।

  • अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

    काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ ।

    अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

    लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ ।

    मुद्दा दर्ता भएपछि ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ ।

    ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा थिए अब त्यो बाटो बन्द हुने देखिएको बीबीसीकाे समाचारमा उल्लेख छ ।

    सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले पूर्व पोर्नस्टार स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको छ ।

    ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन ।

    पूर्वराष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप राजनीतिक स्वार्थबाट प्रेरित भएकाे दाबी गरेका छन् ।

  • अमेरिकामा एक पूर्व विद्यार्थीले विद्यालयमा गाेली चलाउँदा गयाे ६ जनाकाे ज्यान

    अमेरिकामा एक पूर्व विद्यार्थीले विद्यालयमा गाेली चलाउँदा गयाे ६ जनाकाे ज्यान

    काठमाडाैं । अमेरिकाको टेनेसी राज्यको न्यासभिल सहरस्थित एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। विद्यालयका पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिका र तीन कर्मचारीसहित ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

    गोलीकाण्डमा मारिनेमध्ये तीन जना कभेनेन्ट स्कुलका नौ वर्ष र सोभन्दा कम उमेरका विद्यार्थी थिए। उनीहरुको नाम एभलिन डिकहस, हेली स्क्रग्स र विलियम किन्नी रहेको प्रहरीले जनाएको छ।

    त्यस्तै, ६१ वर्षीया सिन्थिया पीक, ६० वर्षीया क्याथरिन कुन्से र ६१ वर्षीय माइक हिल पनि गोलीकाण्डमा मारिकएका छन्। निजी क्रिश्चियन विद्यालयमा करिब २०० विद्यार्थी छन्। यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीहरूलाई पढाइन्छ।

    सिन्थिया पीक त्यो दिन विद्यालयमा वैकल्पिक शिक्षिकाको रुपमा कार्यरत थिइन्। माइक हिल एक चौकीदार थिए भने कोभेनेन्टको वेबसाइटका अनुसार क्याथरिन कोन्से विद्यालय प्रमुख थिइन्।

    संदिग्ध २८ वर्षीय अड्रे हेल रहेको प्रहरीले बताएको छ। अड्रेले आफूलाई ट्रान्सजेन्डरको पहिचान दिइएको बताइएको छ।

    अड्रेसँग​एक सेमी अटोमेटिक राइफलसहित तीन बन्दुक रहेको र प्रहरीले उनलाई गोली हानी मारेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। स्थानीय समय अनुसार सोमवार बिहान १० बजेर १३ मिनेटमा प्रहरीलाई घटनाबारे पहिलो फोन आएको थियो।

    अड्रे होन्डा फिटमा विद्यालयमा गएको र विद्यालयको एउटा ढोकाबाट गोली हानेर भित्र पसेको बताइएको छ। उनले भवनको माथिल्लो तल्लामा जानुअघि भुइँ तल्लामा गोली चलाएको प्रहरीले जनाएको छ।

    प्रहरीको कारहरू विद्यालयमा आइपुग्दा अड्रेले दोस्रो तलाबाट उनीहरूमाथि गोली चलाएको र एउटा गोली कारको सिसामा लागेको प्रहरीले जानकारी दिएको छ। सिसा फुट्दा एक प्रहरी घाइते भएका छन्। प्रहरी विद्यालयभित्र पसेर करिब साढे १० बजेतिर संदिग्धलाई गोली हानेर मारेका थिए।

  • भूमरीले तहसनहस पारेकाे एउटा सानाे सहर (तस्बिरमा)

    भूमरीले तहसनहस पारेकाे एउटा सानाे सहर (तस्बिरमा)

    काठमाडाैं । अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ ।

    द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् ।

    मिसिसिपीका गभर्नरले राज्यमा आपतकालको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले भूमरी पीडितलाई संघीय सरकारले चाहिने जति सबै सहयोग गर्ने बताएका छन् ।

    हेर्नुस् तस्बिरहरू:

  • अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

    अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

    काठमाडाैं । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ ।

    मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

    ‘मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,’ स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन्।

    उनले भने, ‘हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं। खोजी र उद्धार कार्य जारी छ।’ मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ।

    एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ। हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ ।

    मृतक र वेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

    शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो । तर स्थानीय समयअनुसार शनिबार बिहान २:४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ ।