
टेक्सास । अमेरिकाको टेक्ससमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ ।
गोलाबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । र, प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सन्दिग्ध ऐलन पनि मारिएका छन् ।
घटनाका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरू भुईँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ ।
पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन्, हाल उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् ।