Tag: कतार फिफा विश्वकप-२०२२

  • अर्जेन्टिनाको राजधानीमा खुशियाली मनाउनेको भिड (फाेटाेफिचर)

    अर्जेन्टिनाको राजधानीमा खुशियाली मनाउनेको भिड (फाेटाेफिचर)

    काठमाडाैं । आइतबार अर्जेन्टिनी फुटबल टोली फ्रान्समाथि रोमाञ्चक जित निकालेर ३६ वर्षपछि विश्व च्याम्पियन बन्यो ।

    अर्जेन्टिनाको जितसँगै त्यहाँको राजधानी ब्यूनस आयर्समा ‘सेलिब्रेसन’ का लागि मानवसागर उर्लिएको छ । सन् १९८६ पछिको यो उपाधिसँगै अर्जेन्टिना तेस्रो पटक विश्वच्याम्पियन बनेको हो ।

    जर्सीमा तीन वटा तारा अंकित भएपछि विश्व विजेता अर्जेन्टिनाको राजधानीमा खुशियाली मनाउनेको भिड हेर्नुहाेस् तस्बिरमा :

     

  • विश्व च्याम्पियनका रूपमा अझै खेल्न चाहन्छु : मेस्सी

    विश्व च्याम्पियनका रूपमा अझै खेल्न चाहन्छु : मेस्सी

    काठमाडाैं । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सी अहिले नै सन्यास नलिने बताएका छन् ।

    खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरे पनि आफ्नो देशका लागि खेल जारी राख्ने बाचा उनले गरेका छन् ।

    आइतबार कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अर्जेन्टिनाको टेलिभिजनमा ३५ वर्षीय खेलाडीले भने, ‘म विश्व च्याम्पियनका रूपमा अझै केही खेलहरू अनुभव गरिरहन चाहन्छु ।’

    ‘मेरो करियरमा हरेक उपाधि जित्न पाउँदा म भाग्यमानी थिएँ, यसैको मात्रै अभाव थियो । म यसलाई त्यहाँ (अर्जेन्टिना) मा लैजान चाहन्छु र सबैसँग यसको खुसी बाँड्न चाहन्छु,’ उनले भने ।

    मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने अतिरिक्त समयमा पनि १०८ औं मिनेटमा ३–२ को अग्रता लिएका थिए ।

  • फ्रान्सलाई हराएर विश्वविजेता बन्याे अर्जेन्टिना

    फ्रान्सलाई हराएर विश्वविजेता बन्याे अर्जेन्टिना

    काठमाडाैं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ ।

    कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हरायाे ।

    निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

    खेलको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

    फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।

    डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

    करिब २ मिनेटकाे समयमा एम्बाप्पलेले दुई गोल गर्दै फ्रान्सको उपाधि रक्षा यात्रालाई कायम राखे ।

    खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए ।

    ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले सुन्दर फिनिस गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै एम्बाप्पलेले बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा गोल गरेका हुन् ।

    निर्धिरित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

    खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ११८औं मिनेटमा ह्याट्रिक पूरा गर्दै एम्बाप्पेले खेललाई ३-३ को स्थितिमा ल्याएका थिए ।

    अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो ।

    फ्रान्सका लागि पहिला पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरेपनि ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए ।

    अर्जेन्टिनाका मेसी, आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलले गोल गर्दै उत्कृष्ट जित दिलाए ।

  • फिफा विश्वकपको फाइनल खेल आज, अर्जेन्टिना र फ्रान्समा कसले मार्ला बाजी ?

    फिफा विश्वकपको फाइनल खेल आज, अर्जेन्टिना र फ्रान्समा कसले मार्ला बाजी ?

    काठमाडाैं । कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आइतबार हुनेछ । राति ८ : ४५ बजे हुने खेलमा जितको दावेदारमा अर्जेन्टिना र फ्रान्स दुवै देखिएका छन् ।

    उपाधि जित्नेगरी दुवै टिमले आफूलाई तयारी अवस्थामा राखेका छन् । यसअघिका दुवै विश्वकप विजेता टिमको प्रतिस्पर्धा हेर्न लायक हुने अपेक्षा गरिएकाे छ ।

    आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाउने छन् । ४१ वर्षीय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेव्यू गरेका थिए ।

    फाइनल खेल अल दायनस्थित लुसैल स्टेडियममा हुनेछ । दुई प्रमुख देशको आजको खेल रोमाञ्जक हुने भन्दै विश्वभरबाट करोडौं दर्शकले चासोसाथ प्रतिक्षा गरेका छन् ।

    अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

    सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।

    यता सन् १९९८ मा पहिलो पटक फाइनल पुग्ने क्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएकाे थियाे ।

    सन् २०१८ मा फ्रान्सले उपाधि जित्दा एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । यसपटक क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न चुकेका उनी गोल्डेन बुटको पनि दौडमा छन् । संयोग के छ भने मेस्सी र एमबाप्पे दुवै व्यावसायिक फुटबल एउटै क्लबबाट खेल्दै आएका छन् ।

  • विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    काठमाडाैं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् ।

    गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।

    कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो ।

    फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्‍यो भने दोस्रो हाफमा थप एक गोल गरी फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

    फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाैँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए ।

    त्यस्तै, खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै, पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।

    यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल खेल आइतबार हुनेछ ।

  • फाइनल खेलपछि मेराे विश्वकप यात्रा सकिन्छ : लियाेनल मेसी

    फाइनल खेलपछि मेराे विश्वकप यात्रा सकिन्छ : लियाेनल मेसी

    काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेपछि आफ्नो विश्वकप यात्रा सकिने बताएका छन् ।

    मंगलबार राति भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन् ।

    अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन् ।

    ‘यो यात्रालाई फाइनल खेलेर टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन् ।

    अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ ।

    बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

  • ब्राजिललाई हराएर सेमिफाइनल पुगेकाे क्राेएसियासँग अर्जेन्टिनाकाे भिडन्त

    ब्राजिललाई हराएर सेमिफाइनल पुगेकाे क्राेएसियासँग अर्जेन्टिनाकाे भिडन्त

    काठमाडाैं । कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच भिडन्त हुनेछ ।

    यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।

    अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् ।

    अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ ।

    क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएर उपविजेता बनेको थियो ।

  • घमण्डी र दम्भी प्रशिक्षकको अचानोमा रोनाल्डो

    घमण्डी र दम्भी प्रशिक्षकको अचानोमा रोनाल्डो

    काठमाडाैं । विश्व चर्चित प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो मोरोक्कोसँगको हारपछि रुँदै बाहिरिएको दृश्य धेरैका लागि पीडादायक बन्यो । खेल सकिएको सिठी बजे लगत्तै रोनाल्डो गहभरी आँशु बोकेर एक्लै ड्रेसिङ रुम गएका थिए । उनी एक्लै थिए । उनको साथमा कोही थिएन ।

    रोनाल्डो बेस्सरी रोइरहेका थिए । मैदान छोड्नुअघि उनी पीडाले मैदानमै ढलेका थिए । रोनाल्डोलाई जित निकाल्ने आत्मविश्वास थियो । उनी जितमा ढु्क्क पनि थिए । विश्वकपको ट्रफी उचाल्दै विश्वकपबाट बिदाइ हुने उनको योजना पनि थियो । तर, सबै चकनाचुर भयो ।

    रोनाल्डोका लागि यो विश्वकप विर्षनलायक रह्यो । उनले विश्वकपमा कुनैपनि खेल पूरा अवधि खेल्न पाएनन् । उनलाई प्रशिक्षक सान्तोषले बेञ्चमै राखे । रोनाल्डोले जुन समय मैदानमा ओर्लिनुपर्‍यो त्यो उनका लागि पर्याप्त थिएन । छोटो समय त्यो पनि तनावपूर्ण अवस्थामा मैदानमा जानुपर्दा कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन ।

    प्रशिक्षक सान्तोषको पूर्वाग्रह र दम्भी व्यवहारको मार रोनाल्डोले मात्र होइन पोर्चुगल पूरै देश र संसारभरका रोनाल्डाका प्रशंसकहरुले सहनुपर्‍यो । रोनाल्डो फिट र उत्कृष्ट लयमा भएपनि सान्तोषले उनलाई मौका नै दिएनन् ।

    लगातार बेञ्चमा बस्नुपर्दा रोनाल्डो तनावमा थिए । त्यसमा पनि उनको स्टारडमले उनलाई केह गरेर देखाउनुपर्ने दबाब थियो । एउटा खेलाडी जब मानसिकरुपमा फ्रेस छैन उसले कसरी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ ?

    यसका बावजुत रोनाल्डोले आफूले पाएका हरेक मौकामा उत्कृष्ट खेल देखाए । उनी गोलको भोको देखिन्थे तर उनलाई समय पुगेन । रोनाल्डो जस्तो खेलाडीलाई २०/२५ मिनेट मात्र खेलाएर पोर्चुगलले विश्वकप जित्ने प्रशिक्षक सान्तोषको कस्तो सोच हो ?

    रोनाल्डोलाई म्यानचेष्टर युनाइटेडका प्रशिक्षकले पनि लेखेटेर खेल जीवन सिध्याउन खोजे । क्लव, व्यवस्थापक र प्रशिक्षकले जे गर्दा पनि हुने तर एउटा विश्व प्रसिद्ध खेलाडीले आफूलाई लागेको कुरा बोल्न पनि नपाउने स्थितिबाट रोनाल्डो कति दिन गुज्रिन सक्थे ?

    एउटा अन्तर्वार्तामा रोनाल्डोले सीमा नाघेको आरोपमा उनलाई निशाना बनाउने काम भयो । त्यसको असर उनलाई आफ्नै देशमा पनि परेको देखियो । प्रशिक्षक सान्तोषले रोनाल्डोमाथि हेपाह व्यवहारमात्र गरेनन् यसले पोर्चुगलको फुटबल नै ध्वस्त हुने स्थिति निर्माण हुनसक्छ ।

    प्रशिक्षक सान्तोषले मोरोक्कोसँगको हारपछि रोनाल्डोका बारेमा दिएको अभिव्यक्ति झनै आपत्तिजनक छ । उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन् ।

    सान्तोषले पत्रकार सम्मेलनमा रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका हुन् । स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएकाले त्यहाँ परिवर्तन जरुरी नभएको उनको भनाइ छ ।

    उनले रणनीतिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दा पनि दिमागबाट चल्नु पर्ने बताए । उनले रोनाल्डो सधैं उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने समेत जवाफ दिए ।

    रोनाल्डोप्रति उनले लिएको पूर्वाग्रहको विश्वभरबाट आलोचना भैरहेको छ । यति हुँदा पनि उनले पदबाट राजीनामा दिएका छैनन् । अझ पोर्चुगल फुटबल संघका अध्यक्ष सँगको छलफलपछि निर्णय लिने भनेर पन्छिन खोजिरहेका छन् ।

    एक सन्की प्रशिक्षकका कारण विश्वभर लोकप्रिय चर्चित फुटबल रोनाल्डोको खेल जीवन सकिन लागेको मात्र होइन यस्ता घटनाले विश्वमै फुटबलप्रतिको आकर्षण पनि घटाउने निश्चित छ ।

  • फ्रान्स भर्सेस इंग्ल्याण्ड, काे पुग्ला विश्वकपकाे सेमिफाइनलमा ?

    फ्रान्स भर्सेस इंग्ल्याण्ड, काे पुग्ला विश्वकपकाे सेमिफाइनलमा ?

    काठमाडाैं । कतार विश्व कप फुटबलको क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

    यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ ।

    फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

    फ्रान्सले चार वर्षअघि सन् २०१८ मा र सन् १९९८ मा विश्व कपको उपाधि जितेको थियो ।

    फ्रान्स र इङ्ल्यान्डबीच अहिलेसम्म ३१ खेल भएका छन् । जसमा इङ्ल्यान्डले १७ र फ्रान्सले ९ वटा खेल जितेको छ । पाँच वटा खेल बराबरी भएका छन् ।

    विश्व कपमा यी दुई देश यसअघि दुई पटक मात्र खेलेका छन् । दुई खेलमा नै इङ्ल्यान्ड विजयी भएको छ । सन् १९६६ मा इङ्ल्यान्डले फ्रान्सलाई २–० र सन् १९८२ मा ३–१ गोलले हराएको थियो । त्यसयता ठूलो प्रतियोगितामा यो पहिलो भेट हो ।

    फ्रान्सका मुख्य खेलाडी २३ वर्षका केलियन एमबाप्पेले कतार विश्व कपमा ४ खेलमा ५ गोल गरिसकेका छन् । इङ्ल्यान्ड यो प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने टोली हो । यी दुईकाे भिडन्त राेचक हुने पक्का छ ।

  • हारेको ब्राजिल, जितेका देउवा

    हारेको ब्राजिल, जितेका देउवा

    काठमाडाैं । विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएसँगै नेपालमा चुनावताका चलेको ‘नो नट अगेन’ अभियान मानिसहरुले पुनः एकपटक सम्झेका छन् । विश्वकपको बुढो बाघ ब्राजिल आउट भएपछि धेरैले ‘नो नट अगेन’ अभियान सफल भएको भन्न थालेका छन् ।

    हुनपनि ब्राजिल बुढो जस्तै देखियो । कुनै युवा जोश ब्राजिलका खेलाडीमा देखिएन । प्रमुख खेलाडी नेयमारसहित अधिकांश खेलाडीहरुले कपाल सेतो पारेका थिए । फुलेको कपाल देखाएर उनीहरु मैदानमा ओर्लिएका थिए । फुलेको कपाल बुढ्यौलीको संकेत हो । ब्राजिलको बर्हिगमनबारे खेलाडीहरुको सेतो कपालले संकेत गरिसकेको थियो ।

    हारसँगै ६१ वर्षीय प्रशिक्षक टेटेले पदबाट राजीनामा दिइसकेका छन् । लिग चरणका खेलबाटै ब्राजिलको यात्रा लामो नहुने थाहा भैसकेको थियो । ब्राजिलको खेल कौशलता र खेलाडीहरुको क्षमता प्रदर्शन हुन सकेको थिएन । मानिसहरुले पुरानै ब्राजिलको खेल अपेक्षा गरे पनि यसपटक ब्राजिलको खेल स्तर खस्किएको थियो ।

    प्रमुख खेलाडी ३० वर्षीय नेयमारले पनि सन्यासको संकेत गरेका छन् । अर्को विश्वकप आउँदा उनी ३५ वर्षका हुनेछन् । खेलैपिच्छे घाइते भइरहने नेयमार फिट रहन सक्छन् वा सक्दैनन शंकाको घेरामा छ ।

    नेयमारले पनि कपाल सेतो पारेका छन् । आध्यात्ममा कतिपय घटना हुनु भन्दा अघि नै पूर्व संकेत प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । नेयमारको सेतो कपाल उनको खेल जीवनको ओरोला यात्राको संकेत हो । नभन्दै उनले सन्यासको कुरा गरिरहेका छन् ।

    ब्राजिलको तर्फबाट पेनाल्टीमा सुरुमै चुक्ने खेलाडी रोड्रिगोले पनि कपाल सेतो पारेका थिए । यो पेनाल्टीमा चुकेसँगै उनको खेल जीवन पनि ओरोलो लाग्ने निश्चित छ ।

    यो विश्वकपबाट ब्राजिललाई हेर्ने नजरिया पनि परिवर्तन भएको छ । ब्राजिल अब फुटबलको जादुगर रहेन । ब्राजिल फुटबलको ‘गोल मेसिन’ हुन सकेन । ब्राजिलको खेल निकै खस्केको छ ।

    ब्राजिलियन फुटबलका पुराना खेलाडी रोनाल्डो, रोबर्ट कार्लोस, रिभाल्डो, रोमारियो, डुंगालगायतको छाप परेकाले मानिसहरु अहिले पनि ब्राजिललाई त्यही रुपमा हेर्छन् । यो पुरानो छाप हो । अहिले ब्राजिल कमजोर भैसकेको छ ।

    क्रोएसियाका गोलकिपर र ब्राजिलका गोल किपरको तुलना गरौँ । क्रोएसियाका किपर कति चनाखो र फूर्तिलो छन् । उनले ब्राजिलका कति सम्भव गोलहरुलाई पनि असम्भव बनाए । तर, बल्लतल्ल डि एरियामा बल लगेको क्रोएसियाको एउटै प्रहार पनि ब्राजिलका किपरले रोक्न सकेनन् ।

    नेपालको राजनीतिमा ‘नो नट अगेन’ भनेर बुढा नेताहरुलाई रोक्न खोजिएको थियो । फुटबलमा ब्राजिललाई रोक्न सकियो तर नेपालमा राजनीतिका ब्राजिल जस्तै शक्तिशाली मानिएका नेताहरु भने विजयी भए । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, माधव नेपाल जस्ता ब्राजिल जस्तै प्रभाव भएका नेताहरुले शानदार जित निकाले ।

    अहिले नेपाली राजनीतिका नेयमार हुन शेरबहादुर देउवा । उनले गठबन्धन गरेर चुनावमार्फत् आफनो पार्टीलाई एक नम्बर बनाए । गठबन्धनमा अनेक असन्तोषका बावजुत प्रचण्ड, माधवहरु देउवासँगै टाँस्सिएर बस्न तयार छन् ।

    देउवा जति बुढा भए पनि ‘नो नट अगेन’ होइन उनका लागि ‘देउवा वन्स अगेन’ भन्ने नारा लागेको छ । उनी पुनः प्रधानमन्त्री हुँदैछन् ।