Tag: कमल थापा

  • भारी मनले पार्टी परित्याग गरेको हो, राप्रपालाई धन्यवाद

    भारी मनले पार्टी परित्याग गरेको हो, राप्रपालाई धन्यवाद

    १) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगेकोमा धन्यवाद दिन चाहन्छु । जानेर वा नजानेर भएपनि उक्त निवेदनले राप्रपा नेपालको दाविलाई धेरै ठूलो सहयोग पुगेको छ । तर, सो निवेदनमा व्यक्त दुराशयले भने अलि खिन्न बनाएको छ । वास्तवमा राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिचार र मान्यतामा धेरै समानता छ । केही विषयमा मतभेद छ, तर त्यो पनि कालान्तरमा निराकरण हुने विषय हो ।

    विगतमा तत्कालिन राप्रपाका सबै हस्तिहरु गणतन्त्रको पक्षमा रहँदा हामीले राजासहितको प्रजातन्त्रको एजेण्डा बोकेका थियौँ । पछि सबै त्यही बिचारमा समाहित हुन आउनु भयो । राजा वा राजसंस्था हामीले परिकल्पना गरे अनुसारको साझा अभिभावक बन्न नसक्ने र एउटा पार्टीको पनि एकपक्षको पक्षपोषणमा उत्रिए पछि देशको धरातलिय यथार्थ र जनभावनाको सम्मान गर्दै हाम्रो मान्यतामा हामीले केही परिमार्जन गरेका हौँ ।

    विगतमा झै हाम्रै बैचारिक लाईनमा सबै आउनु पर्ने यथार्थ घाम झै छर्लङ्ग छ । त्यसर्थ केही प्रारम्भिक तिक्तताका वावजुद भविष्यमा दुवै पार्टी बिच सहकार्यको संभावना सदैव जिवित छ । देशमा बलियो राष्ट्रवादी शक्ति बनाउने सन्दर्भमा त्यो आबश्यक पनि छ । यो वास्तविकतालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्तमान नेतृत्वले शायद बुझ्न सकेको छैन । नत्र राप्रपा नेपालको “गाई” चिन्ह पाउँ भन्ने मागमा अवरोध खडा गर्ने हेतुले सर्वोच्च अदालतमा आउने थिएन ।

    २) राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा पेश गरेको निवेदनले म माथी पार्टी फुटाएको भनि लाग्दै आएको आरोप गलत थियो भन्ने साबित गरि दिएको छ । उक्त निवेदनमा स्वयं राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिकरूपमा “कमल थापा पार्टी अध्यक्षमा पराजित भएपछि विधिवत दल विभाजन नभई निज कमल थापा एकल व्यक्तिले राप्रपा पार्टी परित्याग गरी लाक्पा तामाङ अध्यक्ष रहेको राप्रपा नेपालमा प्रवेश गरेको” भनि अदालत समक्ष लिखित जानकारी दिएबाट पार्टी विभाजनको आरोपबाट मैले मुक्ति पाएको छु । यसमा सामान्य ‘करेक्सन’ गर्न चाहन्छु। वास्तवमा पार्टी अध्यक्षमा पराजित भएपछि होईन, हाम्रो मूलभूत मान्यतामा आघात पुगेपछि र त्यसलाई पार्टी भित्रै बसेर सुधार गर्ने संभावना नदेखे पछि तथा पार्टी भित्र गलत प्रवृत्ति हावी भएपछि महाधिवेशन सम्पन्न भएको करिव ३ महिना पछि मात्र मैंले अत्यन्त भारि मनले पार्टी परित्याग गरेको हो।

    ३) यसैगरी “जहाँ कमल थापा, त्यहाँ गाई” भन्ने मानसिकताबाट प्रेरित भएर कमल थापाले “गाई” चिन्ह माग गरेको भनि राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वोच्च अदालतमा निवेदन दिएबाट विगतमा कमल थापाले “गाई बेच्यो” भन्ने आरोपबाट समेत मैले मुक्ति पाएको छु । वास्तवमा “गाई” चिन्ह नछोड्ने र “हलो” चिन्ह नलिने हो भने पार्टी विभाजन हुन्छ भन्ने त्राश देखाई मलाई एक्लो पारेर “गाई” छोड्न वाध्य पार्नेहरु नै अहिले सर्वोच्च अदालतमा “गाई” आफ्नो पार्टीको पर्यायवाची भएको भन्दै अदालतमा वकालत गर्न आउँदा म आश्चर्यचकित र रणभुल्लमा परेको छु ।

    ४) राप्रपाको तर्फबाट पेश गरिएको निवेदनका विभिन्न प्रकरणमा बहुदलिय व्यवस्था पुनःस्थापना पछि “गाई” चिन्ह कुन कुन पार्टीले प्रयोग गरेको थियो भन्ने विषय उल्लेख छ । यही विषय रिट निवेदकका रुपमा हामीले पेश गरेको निवेदन र संलग्न दस्तावेजमा उल्लेख भएका छन् । त्यसले विगतमा “गाई” चिन्ह प्रयोग भएको र त्यसले राष्ट्रिय चिन्हको सम्मान र संरक्षणमा कुनै वाधा व्यवधान नपरेको हाम्रो दाविलाई थप पुष्टि गरेको छ ।

    ५) “गाई” चिन्ह र राप्रपा पर्यायवाची भन्ने दाविको कुनै कानुनी आधार छैन । साथै, “गाई” चिन्ह राप्रपाको पहिचानसँग गाँसिएको हो भने सो चिन्ह छोडेर/परिवर्तन गरेर “हलो” किन लिएको भन्ने प्रश्न स्वभाविकरुपमा उठछ । लामो समयसम्म “गाई” चिन्ह प्रयोग गरेको आधारमा राप्रपाको पहिचानसँग गाँसिएको तर्क गर्ने हो भने बहुदलीय व्यवस्था पछि हालसम्मको कुरा गर्ने हो भने राप्रपा (थापा) को उन्नाईस महिना (२०४७-४८) र तत्कालिन राप्रपा नेपालसँग गाँसिएर एकिकृत राप्रपा भएको कुल पाँच वर्ष (२०७३-७७) वाहेक करिव २६ वर्ष राप्रपाले “हलो” चुनाव चिन्ह प्रयोग गर्दै आएको छ । त्यति लामो समय प्रयोग गरेको चिन्हको तुलनामा केही वर्ष प्रयोग गरेको चिन्हसँग पहिचान गाँसिएको तर्क अनौठो छ ।

    ६) कुनै कालखण्डमा एक दलले प्रयोग गरेको चिन्ह कालान्तर सम्म कसैलाई प्रयोग गर्न दिनु हुँदैन भन्ने दावि हास्यास्पद छ । दुई वा दुई भन्दा बढी दलहरु गाभिएर एउटै दल भएको अवस्थामा पुरानो दलले प्रयोग गरेको चिन्ह कानुनतः एकवर्ष “फ्रिज” हुन्छ । त्यसपछि त्यो चिन्ह अन्य पार्टी वा स्वतन्त्र उमेदवारले प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । कुनै पार्टीले एक समयमा प्रयोग गरेर छोडेको चिन्ह अन्य पार्टीले प्रयोग गर्न कानुनले निषेध गरेको छैन । वास्तवमा एउटा पार्टीले छोडेको चिन्ह अन्य दलहरूले प्रयोग गरेको थुप्रै उदाहरण छन् । राप्रपा नेपालले हाल अस्थायि रुपमा प्रयोग गरी रहेको चिन्ह “तीर” पनि तत्कालिन राष्ट्रिय जनता पार्टीको थियो । स्वयं निवेदकले पेश गरेको निवदेनमा नै २०७३ सालमा राप्रपाले छोडेको “हलो” पशुपती शमसेर राणाको नेतृत्वमा २०७४ भाद्र २२ मा गठित राप्रपा(प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनीको नेतृत्वमा २०७३ चैत १९ मा गठित राप्रपा(राष्ट्रवादी)ले “हलो” चिन्ह लिएको तथ्य उल्लेख छ । केही समय अघि मात्र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती पार्टीले प्रयोग गरेको “आँखा” चिन्ह निजले छोडेपछि नेपाल समाजवादी पार्टीले लिएको र अहिले फेरी स्वयं डा. बाबुराम भट्टराई र महेन्द्र यादव अध्यक्ष भएको पार्टीले “आँखा” चिन्ह लिएको तथ्य सार्वजनिक भएको छ ।

    ६) पहिले हाम्रो पार्टीको चिन्ह थियो, त्यसैले त्यो अरुलाई दिनु हुन्न भन्ने मान्यता स्थापित हुने हो भने भविष्यमा यस्ता थुप्रै मुद्दाहरु आउँछन् । माधव नेपाल जीको पार्टीले पनि “सूर्य” चिन्ह नेकपा(एमाले) लाई दिनु हुन्न भनि माग गर्ने बाटो खुल्छ ।

    ८) “जहाँ कमल थापा, त्यहाँ “गाई” भन्ने भनाई केवल राजनीतिक नारा जस्तो भयो । यसको जवाफ त राजनीतिक पक्षबाट मात्र हुनसक्छ । सर्वोच्च अदालतबाट यसको निराकरण हुन सक्दैन ।

    ९) राप्रपाको झण्डमा रहेको “गाई” रहेकोले राप्रपा नेपाललाई दिन मिल्दैन भन्ने तर्कको पनि कुनै कानुनी आधार नै छैन । विभिन्न पार्टीहरुले एउटै झण्डा प्रयोग गरेको र निर्वाचन आयोगले मान्यता दिएको उदाहरण छ । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीहरुको झण्डा एकै प्रकारको छ । राप्रपा नेपालको “गाई” चिन्ह हुँदा राप्रपाले चाहेमा “गाई” अंकित झण्डा प्रयोग गर्न नपाउने कुनै कारण छैन । कतिपय कम्युनिष्ट पार्टीहरुको झण्डामा प्रयोग भएको “हँसिया हथौडा” नेकपा(माओवादी केन्द्र) को चुनाव चिन्ह रहेको तथ्य स्पष्ट छ ।

    १०) निवेदकको दावि नितान्त मनोगत र राजनीतिक कुण्ठाले भरिएको छ । निवेदनको झटारो फ्याँकेर अदालती प्रक्रिया लम्ब्याउन सकिनछ कि भन्ने दुराशय देखिन्छ । सो निवेदनको कुनै कानुनी आधार र तर्क छैन । बरु “गाई” चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णय कानुनसम्मत थिएन भन्ने पुष्ठि भएको छ ।

  • राप्रपा नेपालका जनवर्गीय संगठन सडक प्रर्दशनमा, कमल थापा पनि सहभागी

    राप्रपा नेपालका जनवर्गीय संगठन सडक प्रर्दशनमा, कमल थापा पनि सहभागी

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडाैँमा विरोध प्रदर्शन गरेका छन् ।

    शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ ।

    सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् ।

    माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्वप्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागीता छ ।

    राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसहित सडक केन्द्रित आन्दोलन सुरु गरेको महामन्त्री बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ ।

  • मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढ्यो : कमल थापा

    मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढ्यो : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन् ।

    पूर्व पराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिक आइरहेका बेलामा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हुन् ।

    ‘संसदीय चुनाव नजिक आइरहेका बेलामा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन्, ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने जमात खोज्दैछन्, राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ ।’

    अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवाद अझै जिउँदै रहेको उल्लेख पनि गरेका छन् ।

  • कमल थापा भन्छन्- ओलीबाट प्रभावित छौँ, एमालेसँग चुनावी सहकार्य हुनसक्छ

    कमल थापा भन्छन्- ओलीबाट प्रभावित छौँ, एमालेसँग चुनावी सहकार्य हुनसक्छ

    गोरखा । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुगेका थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

    ‘अहिलेसम्मको हाम्रो कुराकानी व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँगको सहकार्यको सम्भावना बढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन । तर, हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ ।’

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्बृद्धिको निमित्त भएका कामबाट आफूहरू प्रभावित भएकाले सहकार्यमा सम्भावना देखेको उनले तर्क गरे ।

    ‘ओलीकै नेतृत्वमा लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा निकाले त्यसबाट, पृथकतावादी सोच लिएर हिँडेका सिके राउत र विप्लप माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको कारणले गर्दा खेरी हामी तुलनात्मक रुपमा नेकपा एमालेसँग नजिक भएको महशुस गर्छाैँ’, उनले भने ।

    राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउने अभियानमा आफुहरू लागेको उनले बताए । ‘हामीले सबै प्रदेशमा, स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन बिस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउँछौँ’, उनले भने ।

  • कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ

    कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ

    काठमाडौं । हिन्दू धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति क्रिश्चियन धर्म लक्षित छ ।

    थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।

    सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान उनले लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’

    पूर्वराजा ज्ञानेन्द्रसँग मन मुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दू धर्मको मात्र एजेन्डा बोकेर हिँडेका छन् ।

  • कमल थापाको दाबी : लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुन्छ

    कमल थापाको दाबी : लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुन्छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् ।

    शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिती हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केहि समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् ।

    अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताएका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले मत बदर हुन सक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्नबाटै चुनावमा जाने बताए । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको राष्ट्रियता प्रतिको अडान , स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनले जानकारी दिए । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गरे ।

    थापाले देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेण्डा गणतन्त्रसहितको हिन्दुराष्ट्र रहेको बताए । उनले देशमा अब राजसंस्था आउँन नसक्ने ठकुवा गर्दै राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर ब्यवसायमा लागेको आरोप लगाएका छन् ।

  • लिङ्देन लक्षित कमल थापाकाे ट्वीट : धैर्यता रहुन्जेल राजा बाेक्नाेस्, फर्किने सम्भावना छैन

    लिङ्देन लक्षित कमल थापाकाे ट्वीट : धैर्यता रहुन्जेल राजा बाेक्नाेस्, फर्किने सम्भावना छैन

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना नरहेको बताएका छन् । राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्थाको एजेण्डासहित अघि बढिरहेको पूर्वपार्टी राप्रपाप्रति टिप्पणी गरी थापाले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा नपार्न आग्रह पनि गरेका छन् ।

    आफूलाई राजाको माया त लाग्ने भए पनि नफर्किने निष्कर्षका साथ आफूले राजा छोडेर हिन्दू राष्ट्रको अभियानमा लागेको भन्दै थापाले लिङ्देनको राप्रपा पनि विस्तारै आफ्नै लाइनमा आउने दाबी गरेका छन् ।

    पछिल्लो समय राप्रपाको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह देखिन थालेपछि थापाको अभिव्यक्ति सार्वजनिक भएको हो । उनले भनेका छन् ‘नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई शुभकामना । राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ। तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो ।’

    उनले पार्टीहरु असफल भएमा राजा नआउने तर्क पनि गरेका छन् । ‘पार्टीहरु असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरु नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए,’ उनले भनेका छन्, ‘अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेण्डा बोकेर हिन्दु राष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन ।’

    थापाले लिङ्देन नेतृत्वको राप्रपा आफूले समातेको बाटोमै आउनुपर्ने जिकीरसमेत गरेका छन् । ‘अहिले गालि गलौज/आरोपहरु खेपेर भए पनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो । त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ उनले भनेका छन् । थापाले राजसंस्थाप्रति आफ्नो सम्मान सदैव रहिरहने पनि स्पष्ट पारेका छन् ।

  • संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने कमल थापा को दावी

    संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने कमल थापा को दावी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका हुन् ।

    उनले संघीय चूनावपछि राप्रपाले कांग्रेस एमालेलाई चूनौति दिने गरि अघि बढ्ने बताए । अहिले सामाजिक सञ्जालमा आफुलाई गालीगर्नेहरुको भीड लागेको भन्दै आगामी दिनमा उनीहरु राप्रपा नेपालमा नै आउने उनले बताए ।

    उनले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेंडा लिएर चुनावमा जाने जानकारी दिए । उनले दलहरु एमसीसीका नाममा राष्ट्रियतालाई कमजारे बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गरे ।

    कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराएका थिए ।

  • आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने कमल थापाको दाबी

    आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने कमल थापाको दाबी

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् ।

    रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि बताएका छन् । उनले पाँच बर्षको अवधीमा पार्टीले निकै कुरा गुमाएको भन्दै अव राप्रपा नेपाल शसक्त रुपमा अघि बढ्ने स्पष्ट पारे ।

    बिगतका त्रुटीहरुप्रति जनतासंग क्षमा याचना गर्दै अव गल्ती नगर्ने प्रतिवद्धता जनाएको भन्दै उनले पार्टीका एजेण्डलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे । अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी समेत गरे । प्रमुख दलहरुको अदुरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भैरहेको उनले बताए । त्यस्तै उनले प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक–पटक आघात पुर्याएको पनि धारणा राखे ।

    थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन भैरहेको पनि आरोप लगाए । राप्रपा नेपालले महिला, आदिवासी, जनजाति, थारु, अल्पसंख्यक समूदायको हितलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।

     

  • पार्टी ठूलाे बनाउन खाेज्दा गल्ती भयाे, अब पाठ सिकेर अघि बढ्नुपर्छ : कमल थापा

    पार्टी ठूलाे बनाउन खाेज्दा गल्ती भयाे, अब पाठ सिकेर अघि बढ्नुपर्छ : कमल थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता दोहोर्याएका छन् ।

    मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिवद्धता दोहोर्याएका हुन् ।.

    नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टी भन्दा फरक बिचार र पहिचान बोकेर हिडेको पार्टी भएको भन्दै उनले लक्ष्य अनुसार अघि बढ्न अव कसैले रोक्न नसक्ने तर्क गरे । थापाले सनातन धर्म संस्कृति र परम्पराकोे रक्षा गर्दै सुशासनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।

    त्यस्तै उनले अहिले देशका हरेक क्षेत्रमा महिलाको उपस्थीतिलाई बढाउन र महिलाको हकहित र अधिकारको रक्षा गर्न प्रतिवद्ध भएर लाग्ने धारणा पनि राखे ।