Tag: काँग्रेस

  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

    काठमाडौं । नेपाली कांग्रेसले पुस ११ गतेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि कांग्रेसले पुस १२ गतेदेखि पुस १४ गतेसम्म केन्द्रीय समिति बैठक डाकेको थियो ।

  • तीन दलको एकता अझै आवश्यक छ : सभापति देउवा

    तीन दलको एकता अझै आवश्यक छ : सभापति देउवा

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए ।

    सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए ।

    देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे ।

    उनले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।’

    कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए ।

    तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यक छ ।’

     

  • आजपनि कांग्रेस पदाधिकारीको बैठक बस्दै, खाणबारे निर्णय हुने

    आजपनि कांग्रेस पदाधिकारीको बैठक बस्दै, खाणबारे निर्णय हुने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

    पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।

    हिजो बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

    आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।

  • कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको अनसन

    कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको अनसन

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनसन जारी राखेको छ।

    रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत अनसन बसेका छन्।

    नेविसंघले शनिबारदेखि रिले अनसन सुरू गरेको थियो।

    नेविसंघ सभापति दुजाङ शेर्पाको म्याद सकिएकोले खारेज गर्न मागसमेत उनीहरूको छ।

    साथै नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ।

    साथै उनीहरूले १२ औं महाधिवेशन गर्न माग गरेका छन्। नेविसंघ बृहत संघर्ष समितिबाट उनीहरू रिले अनसनमा छन्।

    कांग्रेसले नेविसंघको पूर्ण समिति बनाएको छैन।

  • उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

    उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

    आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

    कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।
    साथै कांग्रेसले उपराष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई दिंदै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप पूरा गर्न सफलता मिलोस् भनेर शुभकामनासमेत दिएको छ ।

  • नवगठित जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

    नवगठित जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

    काठमाडाैं । नवगठित नेपाली जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको प्रथम विस्तारित बैठक यही मार्च ११ तारिख शनिबारको दिन बस्ने भएको छ ।

    जापानमा लामो राजनीतिक इतिहास बोकेको सबैभन्दा पुरानो नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको पछिल्लो समय लगातार सात वर्षसम्म नियमित अधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण हुन सकेकाे थिएन ।

    जनसम्पर्क समिति जापानका युवा नेताहरूको अगुवाइमा गत महिना जापानको फुकुओका शहरमा बृहत् कार्यकर्ता भेलामार्फत् डिका कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको थियो ।

    पहिलो बैठकका निर्णयहरु बैठक पश्चात् पत्रकार सम्मेलन गरेर जानकारी गराउने उपसभापति अर्जुन सुवेदीले हुलाक सञ्चारलाई जानकारी दिए ।

    लामो समयसम्म जापानमा काँग्रेसको विचारमा आस्था राख्ने प्रजातन्त्र प्रेमी कांग्रेसीहरुले सदस्यता नपाइरहेको परिप्रेक्ष्यमा पहिलो निर्णयपश्चात् जापानका सबै क्षेत्रहरुमा बृहत् सदस्यता वितरण अभियान चलाइने बताइएकाे छ ।

    यसैगरी, विभिन्न विभागीय समितिहरु गठन गर्ने, बाँकी रहेका क्षेत्रीय अधिवेशनसँगै क्षेत्रीय कमिटीहरुसँग हातेमालो गर्ने, संस्थाको आर्थिक पक्षलाई सुदृढ बनाउँदै आगामी यात्रा, योजना र कार्यक्रमको लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्दै रणनीति बनाउने र अगाडी बड्ने विषयमा पनि बैठकमा छलफल एवं समीक्षा गरेर निर्णय गरिने सुवेदीले जानकारी दिए ।