• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको अनसन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनसन जारी राखेको छ।

रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत अनसन बसेका छन्।

नेविसंघले शनिबारदेखि रिले अनसन सुरू गरेको थियो।

नेविसंघ सभापति दुजाङ शेर्पाको म्याद सकिएकोले खारेज गर्न मागसमेत उनीहरूको छ।

साथै नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ।

साथै उनीहरूले १२ औं महाधिवेशन गर्न माग गरेका छन्। नेविसंघ बृहत संघर्ष समितिबाट उनीहरू रिले अनसनमा छन्।

कांग्रेसले नेविसंघको पूर्ण समिति बनाएको छैन।