Tag: काेराेना संक्रमण

  • थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडाैं । नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • थप १ सय ६३ जनामा कोरोना संक्रमण

    थप १ सय ६३ जनामा कोरोना संक्रमण

    काठमाडाैं । नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ७ सय १८ पीसीआर परिक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप १ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • थप १ सय ५२ जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

    थप १ सय ५२ जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

    काठमाडाैं । नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परिक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप १ सय ३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • थपिए २२७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    थपिए २२७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् ।

    कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो ।

    सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।

  • थपिए २ सय ३० जना कोरोना संक्रमित

    थपिए २ सय ३० जना कोरोना संक्रमित

    काठमाडाैं । नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

     

  • कति छन् नेपालमा सक्रिय कोरोना संक्रमित ?

    कति छन् नेपालमा सक्रिय कोरोना संक्रमित ?

    काठमाडाैं । नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, थप २ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • थप दुई सय जनामा कोरोना संक्रमित, दुई जनाकाे मृत्यु

    थप दुई सय जनामा कोरोना संक्रमित, दुई जनाकाे मृत्यु

    काठमाडाैं । देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन् ।

    यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ । शनिबार ३३९ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन् ।

  • काेराेना संक्रमित तीन जनाकाे मृत्यु, थप २०६ जनामा संक्रमण

    काेराेना संक्रमित तीन जनाकाे मृत्यु, थप २०६ जनामा संक्रमण

    काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएकाे छ ।

    थप तीन जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या १२ हजार पाँच जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा दुई हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ६ जना सङ्क्रमित थपिएका छन् भने तीन सय ९८ जना निको भएका छन् ।

    नेपालमा दुई हजार आठ सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएकाे छ ।

    २४ घण्टामा ९८ हजार चार सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

  • थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

    थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं । नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् ।

    हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • जाडाे माैसममा काेभिड संक्रमित दर र अस्पताल भर्ना दर बढ्न सक्छ : डब्लूएचओ

    जाडाे माैसममा काेभिड संक्रमित दर र अस्पताल भर्ना दर बढ्न सक्छ : डब्लूएचओ

    काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसममा कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।

    हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने डब्लुएचओले जनाएको छ ।

    यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि डब्लुएचओले चेतावनी दिएको छ ।

    डब्लुएचओलेका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।

    उनले भने ‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’