थप १ सय ५२ जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परिक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १ सय ३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७