Tag: क्रिकेट

  • क्यानडाविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल विजयी

    क्यानडाविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल विजयी

    काठमाडौं । क्यानडा ११ विरुद्धको एक दिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।

    क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो ।

    नेपालका लागि कप्तान सन्दीप जोराले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रनको योगदान दिए ।

    यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

    क्यानडाका श्रेयास मोभाले ६८, नवनीत धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

    बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १–१ विकेट लिएका थिए ।

    जितसँगै नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरी गरेको छ ।
    पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासंग पराजित भएको थियो । नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।

  • यी हुन् आइपीएलको अक्सनमा विकेका भारतीय र विदेशी खेलाडी (सूचीसहित)

    यी हुन् आइपीएलको अक्सनमा विकेका भारतीय र विदेशी खेलाडी (सूचीसहित)

    काठमाडौं । इन्डियन प्रिमियर लिगको अक्सन सम्पन्न भएको छ । यसपटक अक्सन भारतभन्दा बाहिर दुबईमा आयोजना गरिएको थियो ।

    अक्सनमा ७२ जना खेलाडीमाथि बोलि लागेको छ । १० वटा फ्रेन्चाइज क्लबले अक्सनमा २३० करोड ४५ लाख भारु खर्च गरेर टिम निर्माण गरेका हुन् ।

    अस्ट्रेलियाका दुई स्टार बलर आईपीएलको लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाखमा र सनराइजर्स हैदरावादले प्याट कमिन्सलाई २० करोड ५० लाखमा टिममा समावेश गरेको छ ।

    स्टार्क लामो समयपछि आईपीएलमा फर्किएका छन्, जबकि कमिन्स पछिल्लो सिजन खेलेकै थिएनन् । हालै भारतमा सम्पन्न एक दिवसीय विश्वकप जितेको अस्ट्रेलियन टोलीका सदस्यमाथि फ्रेन्चाइजीहरुले ठूलै विश्वास गरेर मोटो रकम खर्च गरेका हुन् ।

    भारतका हर्षल पटेल घरेलु खेलाडीमा सबैभन्दा महँगा भएका छन् । हर्षललाई पञ्जाब किंग्सले ११ करोड ७५ लाख भारुमा लिएको छ । यस बाहेक समीर रिजवी अनक्याप्ड खेलाडीहरूमध्ये सबैभन्दा खेलाडी भए । उनी ८ करोड ४० लाखमा चेन्नई सुपर किंग्समा समावेश भएका छन् ।

    अक्सनबाट टिममा छनोट भएका भारतीय खेलाडी

    शार्दुल ठाकुर, हर्षल पटेल, केएस भरत, चेतन साकरिया, उमेश यादव, शिवम मावी, जयदेव उनाडकट, शुभम दुबे, समीर रिजवी, अङ्क्रिश रघुवंशी, अर्शिन कुलकर्णी, शाहरुख खान, रमनदीप सिंह, रिक्की भुई, कुमार कुशाग्रा, यश मिशाल, सुहरा दिन, आकाश सिंह, कार्तिक त्यागी, रसिक डार, मानव सुथार, एम. सिद्धार्थ, श्रेयस गोपाल, नमन धीर, अंशुल कम्बोज, सुमित कुमार, आशुतोष शर्मा, विश्वनाथ प्रताप सिंह, शशांक सिंह, तनय थियागराजन, रोबिन मिन्ज, प्रिन्स चौधरी, जहाभट सुब्रमण्यम, मनिष पाण्डे, मोहम्मद अरशद खान, स्वस्तिक चिकारा, आबिद मुश्ताक, शिवालिक शर्मा, स्वप्निल सिंह, अवनीश राव अरावली, साकिब हुसेन, सौरभ चौहान।

    विदेशी खेलाडी

    रोभम्यान पावेल, ह्यारी ब्रुक, ट्राभिस हेड, वानिन्दु हसरंगा, रचिन रविन्द्र, अजमातुल्लाह ओमरजाई, प्याट कमिन्स, गेराल्ड कोएत्जी, डेरिल मिचेल, क्रिस वोक्स, ट्रिस्टन स्टब्स, अल्जारी जोसेफ, मिचेल स्टार्क, दिलशान मधुशंका, टम रुथरफोर्ड, टम रुथरफोर्ड, शेरफर्ड। एस्टन टर्नर, टम कुरान, डेभिड विली, स्पेन्सर जोन्सन, मुस्ताफिजुर रहमान, झ्या रिचर्डसन, नुवान थुसारा, रिले रुसो, लोकी फर्ग्युसन, मुजीब उर रहमान, मोहम्मद नाबी, शाई होप, गुस एटकिन्सन, नान्द्रे बर्गर ।

  • एसीसी यू-१९ एसिया कप : भारतसँग नेपालकाे हार

    एसीसी यू-१९ एसिया कप : भारतसँग नेपालकाे हार

    काठमाडाैं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।

    यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।

    झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकर्णीले अविजित ४३ रनको योगदान गरे ।

    जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्‍यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो ।

    नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । उक्त समूहबाट पाकिस्तान र भारत सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ ।

  • भारतले एक खेल अगावै जित्यो टी–२० क्रिकेट सिरिज

    भारतले एक खेल अगावै जित्यो टी–२० क्रिकेट सिरिज

    काठमाडौं । अस्ट्रेलियाविरुद्धको टी २० क्रिकेट सिरिज भारतले १ खेल अगावै जितेको छ । चौथो टी–२० मा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले पाँच खेलको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको हो ।

    रायपुरको शहीद वीरनारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पहिले ब्याटिङ गरेको भारतले १७४ रन बनाएको थियो । जवाफमा कङ्गारु टोली १५४ रनमा समेटिएको थियो र खेलसँगै शृङ्खला पनि गुमायो ।

    भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । यो जितसँगै भारतले सिरिज पनि जितेको छ । पाँच खेलको टी–२० सिरिजमा भारतले ३–१ को अग्रता लिएको छ । सिरिजको पाँचौं र अन्तिम खेल ३ डिसेम्बरमा बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ । यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो र पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले सात विकेट गुमाएर १५४ रन मात्र बनाउन सके र खेल २० रनले पराजित भयो ।

    भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७ र जितेश शर्माले ३५ र रुतुराज गायकवाड ३२ रन रनको योगदान दिए ।

    अष्ट्रेलियाका लागि बेन डावरिसले ३ तथा तनवीर संघा र जेसन बेहरेनडर्फले २/२ विकेट लिए । एरोन हार्डीले एक विकेट लिए । यस खेलमा टीम इन्डियाले अन्तिम दुई ओभरमा १३ रन मात्र बनाउन सक्यो । त्यतिबेला पाँच विकेट गुमाएको थियो। जसका कारण भारतको स्कोर २०० रनको नजिक पुग्न सकेन ।

    अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक अविजित ३६ रन बनाए । ट्राभिस हेडले ३१ र म्याथ्यु सर्टले २२ रनको योगदान दिए । बेन म्याकडर्मोट र टिम डेभिडले समान १९/१९ रनको योगदान दिए । भारतको जितमा स्पिन बलरको सबैभन्दा धेरै योगदान थियो । अस्ट्रेलियाको पहिलो चार विकेट भारतीय स्पिनरले लिएका थिए । अक्षर पटेलले तीन र दीपक चाहरले दुई विकेट लिए । रवि बिश्नोई र आवेश खानले एक/एक विकेट लिए ।

  • विश्वकप छनोटको फाइनलमा टिकटबाट उठेको रकम भूकम्प पीडितलाई

    विश्वकप छनोटको फाइनलमा टिकटबाट उठेको रकम भूकम्प पीडितलाई

    काठमाडौं । विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली क्रिकेट टोलीले भोलि खेल्ने फाइनल खेलबाट उठेको सम्पूर्ण रकमको ५० प्रतिशत भूकम्प पीडितका लागि उपलब्ध गराइने भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले, भूकम्पका कारण भएको मानवीय क्षतिप्रति दुख व्यक्तगर्दै भोलि हुने खेलको टिकट बिक्रिबाट उठेको सम्पूर्ण रकमको ५० प्रतिशत भूकम्प पीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको हो ।

    ‘जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भुकम्पले, पुर्याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ। यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाईते सम्पुर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आईसिसि टी २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गत आईतवार हुने नेपाल र ओमान बीच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ नेपाल क्रिकेट संघ क्यानले भनेकाे छ ।

  • त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

    त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

    काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएकाे हाे ।

    नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए ।

    यसअघि हिजाे बुधबार भएकाे खेलमा नेपालले यूएईलाई हराएकाे थियाे ।

  • साउदी अरबलाई ३०१ रनले पराजित गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कपकाे सेमिफाइनलमा

    साउदी अरबलाई ३०१ रनले पराजित गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कपकाे सेमिफाइनलमा

    काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

    जितपछि नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।

    साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।

    यसअघि मलेसियाको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।

    नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

    चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

  • एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

    एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

    काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

    युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

    नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

    नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

    चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए ।

    त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

    ५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।

    साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।

    यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् ।

    समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

  • आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    काठमाडौं । आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ। भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ ।

    जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २/२ खेल जितेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।

    पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो।

    क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।

    एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक कडा प्रतिस्पार्धा भएको छ । र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन।

    विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ।

  • त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

    त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको र खेलमा सहभागी हुन नसक्ने सन्दीपले जानकारी दिए ।

    उनले सामाजिक सञ्जालमा देखेका छन्– भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्को भेट नभए सम्म सबैलाई धन्यवाद।