Tag: क्रिकेट

  • विश्वकप क्रिकेट : भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा

    विश्वकप क्रिकेट : भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा क्रिकेटमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ ।

    दिल्लीमा हुने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।

    अफगानिस्तानले पहिलो पटक भारतीय भुमिमा एकदिवसीय म्याच खेल्न लागेको हो । भारत र अफगानिस्तानले अहिलेसम्म तीन पटक वान डे क्रिकेटमा मैदान उत्रिएका छन् ।

    जसमा भारतले दुई खेलमा जित दर्ता गरेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ । जारी विश्वकप प्रतियोगितामा रोहित शर्मा नेतृत्वले भारतले अष्ट्रेलियामाथि ६ विकेटको शानदार जितसहित सुखद सुरुआत गरेको छ ।

    अफगानिस्तानले पनि बंगलादेशसँग ६ विकेटकै पराजय ब्यहोरेको थियो ।

  • एसिया कपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    एसिया कपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    काठमाडौं । एसिया कपको दोस्रो खेलमा आज बलिया दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

    निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ ।

    सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानीमा हुने खेलमा दुबै टोलीमा रहेका विश्वस्टार बलर र ब्याटरको प्रर्दशन कडा प्रतिस्पर्धात्मक हुने मानिएको छ ।

    भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामणसामु हुनेछ ।

    भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् । एसिया कप र विश्वकपमा मात्रै यी दुई देशबीचको भेट हुँदै आएको छ । त्यसैको कारण यी दुई देशबीचको खेललाई झन महत्वका साथ हेर्ने गरिन्छ ।

    भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो ।

  • युएई ‘ए’ माथि नेपालको तीन विकेटकाे जित

    युएई ‘ए’ माथि नेपालको तीन विकेटकाे जित

    काठमाडाैं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईको ‘ए’ टिमलाई ३ विकेटले पराजित गरेको छ।

    प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्ने क्रममा नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्‍यो।

    नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे। अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए।

    नेपालका लागि देव खनाल र सन्दीप जोराले २४-२४ रन जोडे। कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए। प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे।

    बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए।

    त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो।

    युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।

    बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिन सफल भए। उनले १० ओभरमा ४० रन खर्चिए। उनले लिस्ट एको खेलमा पहिलो पटक ६ विकेट लिएका हुन्।

  • नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

    नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

    काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

    भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।

    भारतका ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भएका थिए । उनलाई नेपाली टीमका कप्तान राेहित पाैडेलले क्याच आउट गराएका थिए ।

    टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको थियाे ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ६५ र गुल्सन झाले ३८ रन जोडे । ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए ।

    नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् । कुशल मल्लले पनि रन जोड्न सकेनन् ।

    नेपाल पहिलाे खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएकाे थियाे ।

  • ओडिआईमा खस्कियो नेपालको वरीयता

    ओडिआईमा खस्कियो नेपालको वरीयता

    काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई वरीयता १ स्थान तल झरेको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको हो ।

    नेपालले एकदिवसीय विश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्र जित हात पारेको थियो ।

    एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधारेपछि नेपाल पछि परेको हो ।

    एसोसिएट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा धकेलिएको छ ।

    नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया र दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत तथा न्युजिल्यान्ड चौथो स्थानमा छन् ।

  • यूएईविरुद्ध नेपालको रोमाञ्चक जित, दीपेन्द्र र सन्दीप बने नायक

    यूएईविरुद्ध नेपालको रोमाञ्चक जित, दीपेन्द्र र सन्दीप बने नायक

    काठमाडाैं । दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको सहयाेगमा आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

    यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।

    नेपालले खेलमा खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट भएका थिए । २९ रनमा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएकाे थियाे ।

    त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेल आउट हुँदासम्म टोलीले ६ विकेटको क्षतिमा मात्र ६३ रन बनाउन सकेको थियो । भुर्तेलले ३५ रन बनाउँदा रोहित पौडेल, भीम सार्की र आरिफ शेखले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् ।

    गुल्सन झा पनि १२ रन बनाएर आउट भएपछि नेपाल ७ विकेटको क्षतिमा १०६ रनको खराब स्थितिमा रहेको थियो । त्यसपछि भने ऐरीले लामिछानेसँग मिलेर नेपालको इनिङ्सलाई सम्हाल्दै टोलीलाई जीतसम्म डोर्‍याए । ऐरीले सर्वाधिक ७९ रन बनाए भने लामिछानेले २३ रन बनाए ।

    प्लेयर अफ द म्याच चुनिएका दीपेन्द्रले ८५ बलको सामना गर्दै ७ चौका र दुई छक्का हिर्काए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

  • मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन : मेयर कार्की

    मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन : मेयर कार्की

    काठमाडाैं । मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्।

    शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

    उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही कसैबाट भए हामीलाई स्वीकार्य हुने छैन।’

    मूलपानी क्रिकेट रंगशाला यही नगरपालिकामा पर्छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको थियो। मैदान क्यानका पूर्वअध्यक्ष स्व. जयकुमार नाथ साहको नाममा राखिएको हो।

  • आईसीसी विश्वकप छनोट : नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    आईसीसी विश्वकप छनोट : नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

    समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

    एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरेका छन् । दुई खेलमा एक-एक जित निकालेका छन् ।

    नेपालले नेदरल्यान्ड्सलाई हराए सुपर सिक्समा स्थान बनाउने छ । पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

     

  • आईसीसी विश्वकप छनोट : नेपाललाई नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब

    आईसीसी विश्वकप छनोट : नेपाललाई नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब

    काठमाडौं । आईसीसी विश्वकप छनोट–२०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ ।

    खेल आज दिउँसो १२ : ४५ मा जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ । समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

    एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरेका छन् । दुई खेलमा एक-एक जित निकालेका छन् ।

  • विश्वकप छनोट : वेष्ट इण्डिजले दियाे नेपाललाई ३४० रनको लक्ष्य

    विश्वकप छनोट : वेष्ट इण्डिजले दियाे नेपाललाई ३४० रनको लक्ष्य

    काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।

    टस हारेपछि ब्याटिङको गरेकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो ।

    वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले सतक बनाए ।

    नेपालका ललितनारायण राजबंशीले तीन तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

    सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए । करनले १० ओभरमा ८१ रन खर्चिए ।