Tag: त्रिभुवन विश्वविद्यालय

  • स्थगित भएका क्याम्पसमा १२ गतेभित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

    स्थगित भएका क्याम्पसमा १२ गतेभित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

    काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ।

    त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन्। उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।

    ‘स्थगन भएका क्याम्पस/कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी सङ्गठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु’, जारी विज्ञप्तिमा भनिएको छ ।

    उनले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताएका छन्।

    आइतबार चैत ५ गतेदेशभरि नै त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन भएको थियो।

    ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।

    उपत्यकामा त्रिचन्द्र आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ।

    यस्तै सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ।

     

  • स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

    स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

    काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् ।

    स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

    उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताइन् । यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् ।

    आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । कार्यतालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ ।

    यस्तै, स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको तोकिएको छ ।

  • त्रिभुवन विश्वविद्यालयमा नेविसंघका दुई समूहबीच झडप

    त्रिभुवन विश्वविद्यालयमा नेविसंघका दुई समूहबीच झडप

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ ।

    चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झपड भएको हो ।

    झपडमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् ।

    उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफूहरूमाथि आक्रमण गरेको उनीहरूको भनाइ छ ।

    इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाइ छ ।

    त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेकाे थियाे ।

  • स्ववियु चुनावको मतदान बिहान ८ बजेदेखि, हेर्नुहोस् कार्यतालिका

    स्ववियु चुनावको मतदान बिहान ८ बजेदेखि, हेर्नुहोस् कार्यतालिका

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे ।

    कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको उनले बताए ।

    कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घरसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

    यस्तै कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

    निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

    निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

    स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।

    निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हँुदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८र१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । विसं २०३० सम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो । त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।

    प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

  • स्नातक तह चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीले उठाएका मागमा नेविसंघ गम्भीर

    स्नातक तह चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीले उठाएका मागमा नेविसंघ गम्भीर

    काठमाडाैं । स्नातक तह चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षाकाे सम्बन्धमा उठाएका मागबारे नेविसंघ गम्भीर भएकाे नेविसंघका सभापति दुजाङ शेर्पाले बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरुले उठाएका मागकाे उचित सम्बोधनका लागि सम्बन्धित निकाय सँग जोडदार माग पनि गरेका छन् ।

    साथै, उनले नियमित शैक्षिक सत्रमा नकारात्मक असर नपर्ने गरी आसन्न स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीकाे मत दिन पाउने अधिकारको सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयले स्नातक चौथो वर्षको नतिजा सार्वजनिक नगर्दै स्नातकोत्तर तहको भर्ना खोलेको, समयमा परीक्षा नलिने र लिएको परीक्षाको नतिजा वर्षदिनभन्दा बढी समयपछि मात्र प्रकाशन गर्ने गरेकाेलगायतका कारण विद्यार्थी मर्कामा परेकाे भन्दै विद्यार्थीहरुले आवाज उठाइरहेका छन् ।

  • स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

    स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ गते हुने भएको छ ।

    त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

    महाशाखाले चुनावको पूर्वतयारी गर्न गराउन समेत आग्रह गरेको छ । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते चुनाव गराउन सिफारिस गरेको थियो ।

    २०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो । यो चुनावसँगै त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

  • त्रिविमा आइतबारदेखि बिदा

    त्रिविमा आइतबारदेखि बिदा

    काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ ।

    त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो ।

    त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

    उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए ।

    हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

  • त्रिविका सबै क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

    त्रिविका सबै क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।

    त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी बिदाबारे जानकारी दिएकाे हाे ।

    अधिकांश क्याम्पस/कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस/कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

    महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरुमा विदा दिने निर्णय भएको बताए ।

     

  • त्रिविको पत्रकार सम्मेलन नेविसंघले बिथोल्न खोज्दा तनाव

    त्रिविको पत्रकार सम्मेलन नेविसंघले बिथोल्न खोज्दा तनाव

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघले हस्तक्षेप गरेको छ ।

    त्रिविका उपकुलति डा. धर्मकान्त बास्कोटाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघको कार्यकर्ताले विथोलेको हो ।

    त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्‍याे । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।

    त्रिविको प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेकेा भन्दै नेपाल विद्यार्थी संघले २७ असारदेखि विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसविरुद्ध त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम थियो ।

  • १४० दिनपछि सञ्चालनमा त्रिभुवन विश्वविद्यालय

    १४० दिनपछि सञ्चालनमा त्रिभुवन विश्वविद्यालय

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि साेमबारदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो ।

    त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । ‘ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौं’, उनले भने, ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।’

    तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिएनन् । उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरुले जेठ २९ गते ताला खोेलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए ।

    यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।