स्नातक तह चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीले उठाएका मागमा नेविसंघ गम्भीर

काठमाडाैं । स्नातक तह चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षाकाे सम्बन्धमा उठाएका मागबारे नेविसंघ गम्भीर भएकाे नेविसंघका सभापति दुजाङ शेर्पाले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरुले उठाएका मागकाे उचित सम्बोधनका लागि सम्बन्धित निकाय सँग जोडदार माग पनि गरेका छन् ।

साथै, उनले नियमित शैक्षिक सत्रमा नकारात्मक असर नपर्ने गरी आसन्न स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीकाे मत दिन पाउने अधिकारको सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्नातक चौथो वर्षको नतिजा सार्वजनिक नगर्दै स्नातकोत्तर तहको भर्ना खोलेको, समयमा परीक्षा नलिने र लिएको परीक्षाको नतिजा वर्षदिनभन्दा बढी समयपछि मात्र प्रकाशन गर्ने गरेकाेलगायतका कारण विद्यार्थी मर्कामा परेकाे भन्दै विद्यार्थीहरुले आवाज उठाइरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७