Tag: निर्वाचन आयोग

  • एमालेकाे विधानमा भएका असंवैधानिक र अलोकतान्त्रिक प्रावधान हटाउन पाण्डेले दिए निर्वाचन आयाेगमा निवेदन

    एमालेकाे विधानमा भएका असंवैधानिक र अलोकतान्त्रिक प्रावधान हटाउन पाण्डेले दिए निर्वाचन आयाेगमा निवेदन

    काठमाडाैं । पत्रकार तथा विश्लेषक निमकान्त पाण्डेले ‘नेकपा (एमाले) को विधानमा उल्लेखित असंवैधानिक र अलोकतान्त्रिक प्रावधान निस्क्रिय गरिपाउँ’ भनी शुक्रबार निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।

    नेकपा (एमाले) पार्टीको विधानमा नेपालको संविधान, प्रचलित नेपालको कानुन, प्रचलन र लोकतान्त्रिक मूल्य मान्यता विपरितको भेदभावपूर्ण प्रावधान कायम रहेकाले उक्त व्यवस्था निस्क्रिय गर्न उनले आयाेगसमक्ष निवेदन पेश गरेका हुन् ।

    उनले विभिन्न ७ बुँदामा एमालेकाे विधानमा उल्लेखित असंवैधानिक र अलाेकतान्त्रिक प्रावधान समेटेका छन् ।

    यस्ताे छ पाण्डेले निर्वाचन आयाेगमा दिएकाे निवेदन :

    म नेपालको नागरिक हुनुका साथै देशको संविधान, कानुन र दलको विधान बमोजिम राजनीतिमा भाग लिन र दलको सदस्यता पाउन योग्यता पूरा गरेपछि सदस्यता ग्रहण गरी पार्टीको आन्तरिक निर्वाचनमा मतदान गर्ने र निर्वाचित हुने अधिकार राख्दछु । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (एमाले) एक लोकतान्त्रिक पार्टी हो । यस पार्टीले संविधानको सर्वोच्चता, कानूनी राज, बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, लोककल्याणकारी राज्य, मौलिक अधिकार, मानव अधिकारको प्रत्याभूति, लोकतन्त्रको विश्वव्यापी मान्यतामा प्रतिवद्ध रहेको विषय त्यस पार्टीका सबै दस्तावेजहरुमा उल्लेख भएका छन् । पार्टीले अरु राजनीतिक दल भन्दा नयाँ विषयहरु र मूल्यमान्यतामा पनि अगाडि नै रहेको छ । यसले तत्काल समाजवादको आधार तयार गर्ने र वैज्ञानिक समाजवाद लक्ष्य अगाडि सार्दै आफ्नो आदर्श साम्यवादलाई बनाएको छ । यसले पार्टीको सार्वभौम सदस्यहरुमा निहीत रहेको र त्यही सार्वभौम अधिकारलाई अधिवशेन र महाधिवेशनद्वारा कमिटीहरुमा प्रत्यायोजित गरेर पार्टी संजालमा सदा सक्रिय रहने नयाँ मान्यता पनि अगाडि सारेको छ । पार्टीले पार्टी सदस्य/व्यक्ति कमिटीका मातहत, अल्पमत बहमु तका मातहत, तल्लो कमिटी माथिल्लो कमिटीका मातहत, सम्पूर्ण सदस्यहरु केन्द्रीय कमिटीका मातहत, केन्द्रीय कमिटी राष्ट्रिय महाधिवशे नका मातहत रहने लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आ—आफ्नो पार्टी संचालनका सम्पूर्ण क्रियाकलापको मार्गदर्शक मान्दछ । यस्तो अवस्थामा नेकपा (एमाले) पार्टीको विधानमा नेपालको संविधान, प्रचलित नेपालको कानुन, प्रचलन र लोकतान्त्रिक मुल्य मान्यता विपरितको भेदभावपूर्ण प्रावधान कायमै रहेकाले उक्त व्यवस्था निस्क्रिय गरी पाउन निम्न लिखित निवेदन गर्दछु ।

    १. नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०७८ को संशोधन सहितको प्रस्तावनालाई हेर्ने हो भने “…यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय लगायत सबै प्रकारका समस्याहरूको पहिचान र तिनको समाधानका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्नेक्रममा जननेता मदन भण्डारीको अगुवाइमा’ जनताको बहदु लीय जनवाद’ विकसित भएको हो” भन्ने उल्लेख गरिएको छ । विधानको प्रस्तावमै अगाडि लेखिएको छ — “…यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवाद, खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूतिलगायत लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रति प्रतिबद्ध छ” । विधानमा “… पार्टीलाई जनआधारित, सुसङ्गठित, एकताबद्ध, अनुशासित, गतिशील र अग्रगामी राजनीतिक शक्तिको भूमिकामा स्थापित गर्न र पार्टीको एकता तथा अग्रगति सुनिश्चित गर्न समर्पित हुनेछन्” भन्ने समेत उल्लेख छ । प्रस्तावनाको आधारमा नेकपा (एमाले) जनताको बहुदलीय जनवाद, विधिको शासन र लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताप्रति प्रतिवद्ध र पार्टी निर्माण र सञ्चालनमा लोकतान्त्रिक पद्धति अवलम्बन हुने कुराको सुनिश्चित भएको राजनीतिक दल हो भन्ने स्पष्ट छ ।

    २. नेकपा (एमाले) को विधानको धारा ४ मा पार्टी सदस्यको योग्यता तोकिएको छ भने धारा ५ मा सदस्यता प्राप्त गर्ने प्रक्रिया तोकिएको छ । विधानको प्रस्तावनामा —।।।… पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहित रहनेछ“ भन्ने उल्लेख हनुका साथै विधानको धारा ७५ बमोजिम पार्टी सदस्य भै सकेपछि सार्वभौम अधिकार प्राप्त हुने तथ्य स्थापित छ । पार्टी सदस्य पार्टीको महाधिवेशन वा अधिवेशन प्रतिनिधि भएपछि निजले पार्टीको नेतृत्वमा निर्वाचित हुन पाउने नैसर्गिक अधिकारमा विधानको अन्य कुनै पनि व्यवस्थाले बाधा पुर्‍याउन हुँदैन । प्रचलित जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ मा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने व्यवस्था गरिएको छ । यसबाट कसैलाई कुनैपनि भेदभाव गर्न नहुने स्पष्ट छ । यस्तो अवस्थामा नेकपा (एमाले) को विधानको धारा ६४ मा उल्लेख गरिएको— “… सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ” भन्ने उल्लेख छ । यो व्यवस्था पार्टीको विधानको प्रस्तावना र धारा ४ सँग स्पष्ट रुपमा बाझिएको छ । त्यस्तै पार्टीको विधानको प्रस्तावनामा पार्टी निर्माण र संचालनमा लोकतान्त्रिक पद्धति अवलम्बन गरिनेछ” भन्ने व्यवस्था र पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद उल्लेख भएकाले जनताको बहुदलीय जनवादको सिद्धान्तमा र विश्वका कुनै पनि लोकतान्त्रिक सिद्धान्तमा ७० बर्ष पुरा भएको व्यक्ति पार्टीको नेतृत्वमा निर्वाचित हुन नसक्ने भन्ने हुँदैन । पार्टी नेतृत्वको चयन गोप्य निर्वाचनको माध्यमबाट हुने व्यवस्था भएकोले र पार्टीको विधानको धारा ७५ बमोजिम पार्टी सदस्यको सार्वभौम अधिकार र ऐ. धारा ७६ को लोकतान्त्रिक निर्णय पद्धति अपनाईने पार्टीको सदस्यको अधिकारमा विधानको धारा ६४ ले अतिक्रमण गर्न मिल्दैन ।

    ३. नेकपा (एमाले) को २०७८ को संशोधन सहितको विधानको धारा ६४ को प्रावधान सोही पार्टीका माथि उल्लेखित मागदर्शक सिद्धान्तहरु मूल्यमान्यता र नेपालको संविधान अनुरुप रहेको देखिन्न । ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आपूm निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुग्दैन । हाम्रो देश मात्र होइन संसारका सबै राजनीतिक पार्टीका दुई प्रकृतिका संरचना हुन्छन् । एकथरी संरचना निर्णय गर्छन् तर निर्णय कार्यान्वयन गर्न अर्को संरचनालाई सुम्पिन्छन् । अर्काथरी संरचना आफैँले निर्णय गर्छन् र कार्यान्वयन पनि आफैँ गर्छन् । महाधिवेशन, अधिवेशन र सम्मेलनहरुले निर्णय गर्छन् र कार्यान्वयनका लागि आफैले निर्माण गरेका कमिटीहरुलाई जिम्मा दिन्छन् । यस्ता संरचनाहरुलाई कार्यकारी मानिदैन । उनीहरुले निर्माण गरेका संरचनाहरु सबै कमिटी हुन्छन् र ती सबै कार्यकारी हुन्छन् । यी संरचनाहरुको सम्बन्धलाई जनवादी केन्द्रीयताको सिद्धान्त भनिन्छ । यो सिद्धान्तलाई सर्वप्रथम लेनिनले अगाडि सारेर कम्युनिष्ट पार्टी निर्माणको आधार तयार गरेको हुनाले लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ ।

    ४. मार्क्सवादी, लेनिनवादी सिद्धान्तलाई आफ्नो मार्गदर्शन ठान्ने नेकपा (एमाले) ले यसकै विरुद्ध ७० वर्षे उमेर हद राखेको छ । नेकपा (एमाले) को सदस्यता ग्रहण गरपे छि पार्टी कमिटीमा अनिवार्य संगठित हुनुपर्ने व्यवस्था विधानको धारा ७५ र संगठनात्मक प्रस्ताव (ग) वर्गको बुँदा २ मा समेत उल्लेख गरेको छ । विधानको धारा ८ मा उमेर हदका कारण पार्टी सदस्यता समाप्त हुने व्यवस्था छैन । तरपनि यो उमेर हदको व्यवस्था विधान मान्यताका विरुद्ध रहेको स्पष्ट छ । नेकपा (एमाले) को कुनै कमिटीमा संगठित व्यक्ति जब ७० वर्ष पुग्छ पार्टीको कमिटीबाट अनिवार्य निश्कासित हुँदा उस्को पार्टी सदस्यता अनिवार्य खारेज हुने व्यवस्था विधानमा कतै उल्लेख नगरिएपनि प्रकारान्तरले सदस्यता खारेजीकै अवस्थामा रहने अवस्था उत्पन्न भएको छ ।

    ५. नेकपा (एमाले) बाहेक नेपालका र संसारका कुनै पनि पार्टी अधिकतम् उमेर हद आफ्नो विधानमा राखकाे पाइँदैन । भारत र अमेरिका जस्ता लोकतान्त्रिक देशमा दलको नेता, राष्ट्रपति र प्रधानमन्त्रीलाई उमेरको हद छैन । अमेरिकाको सर्बोच्च अदालतको न्यायाधीशले आफै अवकाश नलिएसम्म पदमा बहाल रहन पाउँछन् । उमेरको उपल्लो हद त्यहाँ छैन । कतिपय मुलुकहरुमा अधिकतम् उमेर हदलाई भेदभावपूर्ण व्यवहार मानिन्छ । नेपालको संविधानमा पनि शारिरीक अवस्थालाई अमान्य गर्ने व्यवस्थालाई भेदभावपूर्ण भनेको छ । उमेर हद पनि शारिरीक अवस्था नै हो । यसलाई उमेरका आधारमा यो गर्न पाउने र यो नपाउने भनेर किटान गर्नु भेदभावपूर्ण नै मान्नु पर्ने हुन्छ नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्यको धारा १८ मा समानताको हक सम्बन्धी व्यवस्था गरिएको छ । त्यही धाराको उपधारा २ मा — “सामान्य कानूनको प्रयोगमा उत्पति, धर्म, वर्ण, जातजाति, लिंग, शारिरीक अवस्था, अपांगता, स्वास्थ्यस्थिति, वैचारिक आस्था वा यस्तै कुनै आधारमा भेदभाव गरिने छैन” भन्ने व्यवस्था छ । संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था भएकाले सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भिर सामाजिक अपराधका रुपमा कानूनबमोजिम दण्डनीय हुन्छन् । उमेरको उपल्लो हदको कारणले पार्टी सदस्यबाट चुनिन पाउने अधिकार र आफ्नो नेता चुन्न पाउने अधिकारबाट बन्चित गर्नु भनेको पनि भेदभावजन्य कार्य हो । यो दण्डनीय कार्य पनि हुन्छ ।

    ६. पार्टीको अधिवेशन–महाधिवेशन प्रतिनिधिले आपूmलाई मनपर्ने लोकप्रिय नेता छनौट गर्नपाउने अधिकारबाट बञ्चित हुनु भनेको लोकतान्त्रिक अधिकारको अपहरण हो । कुनै पनि पदको निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुन नेपालको संविधानले उमेरको उपल्लो हद तोकेको छैन । राष्ट्रपति, उपराष्ट्रपति, सांसद लगायतका राजनीतिक पदका लागि उमेरको उपल्लो हद संविधानले तोकेको छैन । नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता हुने राजनीतिक दलले ऐ. उपधारा ४ (क) बमोजिम राजनीतिक दलको विधान र नियमावली र लोकतान्त्रिक हुनु अनिवार्य छ ।

    ७. तसर्थ उपरोक्त आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ बमोजिम नेकपा (एमाले) को विधानको धारा ६४ मा रहेको उमेरको हद सम्बन्धी प्रावधान दलका पदाधिकारी र केन्द्रीय कमिटी सम्बन्धी विषय भएकाले यो विषयमा निर्वाचन आयोगको अधिकार क्षेत्र आकर्षित हनु छ । नेकपा (एमाले) को विधानको धारा १०१ मा विधान कार्यान्वयनमा बाधा अड्काउ फुकाउने अधिकार केन्द्रिय कमिटीलाई दिएको हुनाले सोही अधिकार प्रयोग गरी उमेरको बाधा अड्काउ फुकाउनु पर्ने केन्द्रिय कमिटीले हालसम्म यस सम्बन्धमा कुनै निर्णय नगरेकाले निर्वाचन आयोगले उक्त पार्टीको विधानमा रहकाे अलोकतान्त्रिक व्यवस्था हटाउन र निष्कृय बनाउन निर्देशन दिन सक्छ । तसर्थ राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४६ र ५७ को अधिकार प्रयोग गरी नेकपा (एमाले) को विधानको धारा ६४ को ७० वर्षे उमेर हदको प्रावधान निष्कृय घोषित गरीपाउँ ।

  • उपनिर्वाचनका लागि तीन क्षेत्रमा ६९ जनाको उम्मेदवारी दर्ता

    उपनिर्वाचनका लागि तीन क्षेत्रमा ६९ जनाको उम्मेदवारी दर्ता

    काठमाडाैं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा गरी ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।

    जसमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

    चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरिएको हाे ।

    चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएकाे आयाेगले जनाएकाे छ ।

     

  • वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

    विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

    सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।

    आगामी वैशाख १० गते, तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

    तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
    यस्तै, चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

  • उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

    उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ ।

    निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।

    नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।

    संविधान अनुसार फरक लिंग वा समुदायको हुने प्रचलन देखिएकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नु नगर्ने आयोगले निष्कर्ष निकालेको हो ।

    निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताए ।

    उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो ।

    राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो । यादवको उम्मेदवार कायम भएपछि प्रमिलाको उम्मेदवारी फिर्ता लिने सम्भावना छ ।

    तर, गठबन्धनबाट जनमत पार्टीकी ममत झाले पनि उम्मेदवारी दिएका छन् । सहमति नभए उनी मित्रवत् प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताइसकेका छन् ।

  • निर्वाचन आयोगले तिर्न भनेकाे २४ अर्ब जरिवाना सरकारद्वारा माफी

    निर्वाचन आयोगले तिर्न भनेकाे २४ अर्ब जरिवाना सरकारद्वारा माफी

    काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाखभन्दा बढी उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेश नगरेका कारण लगाएको २४ अर्ब भन्दा बढी जरिवाना सरकारले मिनाहा गरेको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी मिनाहा गरिदिएकी हुन् ।

    सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सहित गत स्थानीय तहको निर्वाचनका सबै उम्मेदवारसँग जरिवाना असुल नगर्न अन्तरिम आदेश दिएको थियो ।

    त्यसलगत्तै फागुन ४ मा बसेको मन्त्रिपरिषद बैठकले सबैको जरिवाना मिनाहा गर्ने निर्णय लिएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले एक लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई आयोगले गरेको २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना माफी मिनाहा गरेकी हुन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम उक्त जरिवाना माफी–मिनाहा भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव लीलाकान्त पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    निर्वाचनसम्बन्धी ऐनमा निर्वाचनको परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र निर्वाचनको खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । ऐन अनुसार निर्वाचित जनप्रतिनिधिले उक्त समयावधिभित्र जरिवाना नबुझाएमा उसको पद ६ महिनापछि खारेज हुनेछ भने अन्यले नबुझाएमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा सहभागिता जनाउन नपाउने कानूनी व्यवस्था छ ।

  • निर्वाचन आयाेगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

    निर्वाचन आयाेगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

    काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

    आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिए ।

    आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना अर्थात ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना अर्थात ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

    त्यस्तै प्रतिनिधिसभा सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो ।

    प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको थियो ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थपलियाले बताए ।

    प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

  • निर्वाचन आचारसंहिता भाेलिदेखि लागू नहुने

    निर्वाचन आचारसंहिता भाेलिदेखि लागू नहुने

    काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ ।

    आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।

    उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

  • समानुपातिक सूची पठाउन राजनीतिक दलहरुलाई २४ गतेसम्मको समयसीमा

    समानुपातिक सूची पठाउन राजनीतिक दलहरुलाई २४ गतेसम्मको समयसीमा

    काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ ।

    बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो ।

    समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको हाे । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ ।

    समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो ।

    राजनीतिक दलहरूले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनौट गर्नुपर्ने हुन्छ ।

  • स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

    स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

    काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।

    यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन ।

    त्यहाँ पुनः मतदानमा नजाने निर्णयपछि अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

  • ३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

    ३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

    काठमाडाैं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

    आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो ।

    विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।

    निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।

    विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।