Tag: नेकपा एकीकृत समाजवादी

  • एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने

    एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

    केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।

    स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ ।

    प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

  • एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    काठमाडौं । एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तारै खुल्दै जाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

    उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

  • प्रचण्डलाई विश्वासको मत दिने नेकपा एसकाे निर्णय, सरकारमा सहभागी हुनेबारे अलमल

    प्रचण्डलाई विश्वासको मत दिने नेकपा एसकाे निर्णय, सरकारमा सहभागी हुनेबारे अलमल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।

    सरकारमा जाने नजाने बिषयमा अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    त्यस्तै, बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए ।

    यस्तै, बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले बताए ।

    महासचिवमा मनोनित हुनुभएका भुसाल केही समय अघिमात्र समाजवादीमा प्रवेश गरेका थिए ।

  • के छ माधव नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा ?

    के छ माधव नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।

    आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    २५ पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरेका छन् । जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू आदि रहेका छन् ।

    यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

  • शुक्रबार समाजवादीमा प्रवेश गर्दै धनश्याम भुसाल

    शुक्रबार समाजवादीमा प्रवेश गर्दै धनश्याम भुसाल

    काठमाडौं । मंसिर ४ को निर्वाचन क्रममा एमालेले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गरेका नेता धनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

    शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

    निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले निर्वाचनपछि नै समाजवादीसँग पार्टी प्रवेशका बारेमा छलफल चलाएका थिए ।

  • देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

    देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।

    जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

    चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

    कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।

    भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।

  • दीपक मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश

    दीपक मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश

    काठमाडाैं । मनाङबाट स्वतन्त्रमा निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक मनाङ्गे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    अहिलेको आफ्नो विचार दृष्टिकोण नेकपा एकीकृत समाजवादीसँग मिलेको भन्दै मनाङ्गे पार्टी प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

    साेमबार एक विज्ञप्ति जारी गरी मनाङ्गेले भनेका छन्, ‘ परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसकाे बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा पुगेकाे छु ।’

    गण्डकी प्रदेशमा सत्ता गठबन्धनकाे सरकार बन्ने निश्चित छ । एकीकृत समाजवादीबाट यहाँ कसैले पनि जित निकाल्न सकेका थिएनन् । मनाङ्गे समाजवादीमा प्रवेश गरेपछि गठबन्धनकाे भागबण्डामा पुन: मन्त्री बन्ने सम्भावना पनि देखिएकाे छ ।

  • झलनाथ खनालले गरे परिणाम अस्वीकार, अनियमितता भएकाे आराेपसहित अदालत जाने चेतावनी

    झलनाथ खनालले गरे परिणाम अस्वीकार, अनियमितता भएकाे आराेपसहित अदालत जाने चेतावनी

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू पराजित भएको निर्वाचनको परिणाम अस्वीकार गरेका छन्। सोमवार विज्ञप्ती जारी गर्दै खनालले निर्वाचन आयोगले निस्पक्ष निर्वाचन नगराएको आरोप लगाएका हुन्। इलाम-१ मा एमालेका महेश बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित भएका छन् भने खनालले २३ हजार ८९ मतमात्र पाए।

    खनालले आयोगविरुद्ध अदालत जाने चेतावनी दिएका छन्। ‘मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ,’ खनालको भनाइ छ।

    मतदानको प्रक्रिया शुरुदेखि नै स्वास्थ नरहेको खनालको दाबी छ। अनियमितता भएको मतपत्र नभेटिएको जस्ता आरोप खनालले निर्वाचन आयोगलाई लगाएका छन्। ‘विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मतगणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ,’ खनालले भनेका छन्।

    उनले प्रदेशतर्फ निर्वाचित उम्मेदवारलाई बधाई दिएका छन् भने प्रतिनिधि सभामा निर्वाचित भएका एमालेका बस्नेतलाई बधाई दिन अस्वीकार गरेका छन्।

     

  • हाम्रो पार्टीको सरकार बन्यो भने वृद्धभत्ता ५ हजार पुर्‍याउँछौँ : माधव नेपाल

    हाम्रो पार्टीको सरकार बन्यो भने वृद्धभत्ता ५ हजार पुर्‍याउँछौँ : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन् ।

    केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘अरुले नगरेको काम हामीले गरेका हौं । बुढापाकालाई हामीले पेन्सन दिन सुरु गर्‍यौं । १ सय रुपैंयाबाट सुरु गरेको पेन्सन अहिले ४ हजार पुगिसकेकाे छ । भोलि हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउँछौँ भनेर भनिरहेका छौँ, यो हाम्रो वचन हो ।’

    उनले इमानदारिताको भावना भएपछि जनताले विश्वास गर्ने बताए ।

    उनले कम्युनिस्ट पार्टीलाई नै जनताले मन पराउने गरेकाे दाबी पनि गरे । राजनीतिमा उकाली र ओराली सामान्य भएको टिप्पणीसहित उनले भने, ‘नेपालको राजनीतिमा उकाली र ओराली भनेको सामान्य कुरा रहेछ । यो कम्युनिस्ट पार्टी र अन्य पार्टीलाई पनि लागु भएको छ ।’

    जतिसुकै विभाजित भए पनि, जतिसुकै पार्टी परित्याग गरे पनि कम्युनिस्ट पार्टी नै नागरिककाे राेजाइ रहने उनकाे विश्वास छ ।

  • नेकपा एसले प्रत्यक्षमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउँछ (भिडिओसहित )

    नेकपा एसले प्रत्यक्षमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउँछ (भिडिओसहित )

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले आफनो पार्टीले प्रत्यक्षतर्फ कम्तिमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउने दाबी गरेकाछन् ।

    हुलाक सञ्चारसँग कुरा गर्दै नेता रायमाझीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले समाजवादी राष्ट्रिय पार्टी हुन नसक्ने भनी फैलाएको हल्ला पराजित मानसिकताको चिच्याहट मात्र भएको टिप्पणी गरे ।

    रायमाझी भन्छन्, ‘स्थानीय तहको निर्वाचनकाबेला हामीले भर्खर पार्टी बनाएका थियौं । त्यो बेला त हामीले उल्लेख्य मत ल्यायौं । अहिले त हाम्रो देशभर राम्रो तयारी छ । संगठन बनाएका छौं, गठवन्धन बनाएका छौँ । कम्तिमा पनि प्रत्यक्षमा १८ सिट ल्याउँछौँ । समानुपातिकमा १५ लाख भन्दा बढी मत आउँछ ।’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजसंस्था व्युँताउने खेलमा लागेको रायमाझीको दाबी छ । राप्रपा र एमालेमा भिन्नता देखिन छाडेको भन्दै उनले पार्टी नेकपा एमाले नभएर नेकपा ओलीमा रुपान्तरण भएको कटाक्ष गरे ।

    आउँदो चुनावमा एमाले दश सिट मुनी खुम्चिने र समानुपातिकमा पनि आधा मत घट्ने रायमाझी बताउँछन् । ढाँटछल र स्टन्टको राजनीति उदांगो भएपछि अहिले फेरि ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सन्दर्भ उठाएर आफूलाई राष्ट्रवादी बनाउन खोजेका छन् । नेपाली जनताले सबै नाटक बुझिसकेकाले आउँदो चुनावबाट एमालेसहित राप्रपापनि बढारिने रायमाझी बताउँछन् ।

    सत्ता गठवन्धनमा भावी प्रधानमन्त्रीका विषयमा कुनै छलफल नभएकाले गठवन्धन भित्रका नेताहरुले प्रधानमन्त्रीमा दाबी गर्नु लोकतान्त्रिक चरित्र मात्र हो । यसले गठबन्धनमा कुनै समस्या हुँदैन । देउवा, प्रचण्ड जस्तै माधव नेपाल पनि प्रधानमन्त्रीका स्वतः दाबेदार हुन् ।

    विस्तृत भिडिओमा :