Tag: नेकपा एकीकृत समाजवादी

  • गठबन्धनले हामीलाई ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न सकेन : नेता खनाल

    गठबन्धनले हामीलाई ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न सकेन : नेता खनाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताएका छन् ।

    स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन् ।

    उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो बिजयी हासिल गरेको दाबीसमेत गरे । १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चूनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनकाे भनाइ छ ।

    खनालले बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राखे । काठमाडौंको मेयरमा नयाँ मान्छे बिजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

  • मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग छैन : झलनाथ खनाल

    मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग छैन : झलनाथ खनाल

    काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग नभएको बताएका छन् ।

    शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

    आफ्नो पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाएका छन् । आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निणर्य गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताए ।

    ‘मैले धेरै पटक यसको जवाफ दिईसकें । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन,’ उनले भने ।

    नेता खनालले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरेका छन् ।

  • समाजवादीका तीन मन्त्री, कामभन्दा चर्चा बढी

    समाजवादीका तीन मन्त्री, कामभन्दा चर्चा बढी

    नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र सोही पार्टीबाट गठबन्धन सरकारमा सम्मिलित मन्त्रीहरु अहिले मन्त्री पदको कुर्सीमा टाँसिएर बसेका छन् ।

    अध्यक्ष माधव नेपालले आफ्ना मन्त्री फिर्ता गर्ने र नयाँ मन्त्री सिफारिस गरेकाे पत्र प्रधानमन्त्री निवास बालुवाटारमा पठाएकाेप्रति कत्ति पनि खुसी छैनन् समाजवादी पार्टीका मन्त्रीहरु ।

    पार्टी नेतृत्वले आफूहरुसँग छलफल नै नगरी मन्त्रीपदबाट फिर्ता गर्न लागेकोप्रति पर्यटनमन्त्री प्रेम आलेको आक्रोश चरम चुलीमा पुगेको देखिन्छ। जसकाे ज्वलन्त उदाहरण आलेले सार्वजनिक कार्यक्रममा मुख छाडेर आफ्नै पार्टीका नेता कार्यकर्तालाई तथानाम गाली गलोज गरे ।

    आफूलाई मन्त्री पदको लोभ नभएको ठोकुवा गरेका आले ओली नेतृत्वको सरकारमा वन मन्त्री थिए ।उनलाई आफूतिर मिलाएर राख्न र सत्ता टिकाउन ओलिले मन्त्री पद आलेलाई सुम्पिएका थिए । तत्कालीन स्थितिमा प्रधानमन्त्रीसमेत रहेका केपी ओलीको आफ्नै कुर्ची जोगाउने दाउमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रेम आलेले मन्त्रीपदबाट हात धुनुपरेको थियो ।

    ओलीले मन्त्री पदबाट फिर्ता लिएपछि तत्कालीन नेकपाभित्र पनि पूर्व एमाले खेमामा भएको आन्तरिक भाँडभैलोमा आले असन्तुष्टीकाे भडास पाेख्दै पार्टी फुटाउने पक्षमा उभिएका थिए । पार्टी विभाजन पछि पनि गठबन्धन सरकारमा मन्त्री खान पाइने भएपछि उनी अन्ततः माधव नेपालको पछि लागेका थिए ।

    बतास प्रकरणमा भने राम्रो काम गरेको भन्दै सर्बत्र वाहिवाही सहितको चर्चा कमाएका थिए । त्यसलगत्तै मन्त्री आलेलाई क्यासिनो प्रकरण र प्राइभेट विमान कम्पनीसँग सेटिङ गरेको आरोप भने नलागेको होइन । अहिले आलेको मन्त्री पद गुम्ने भए पछिको भडास भने आक्रोश, दम्भ र आवेग मिश्रित छ ।

    उता सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको हालत पनि उस्तै छ । एकातर्फ कार्यशैली प्रति जनताले गरेको आलोचना त अर्कोतर्फ फोहोर व्यवस्थापनमा भएको चरम राजनीति र असफल परिणाम ब्यहोरी रहेकी झाँक्रीले पार्टीले सल्लाह नै नगरी मन्त्री पदबाट फिर्ता बोलाएको प्रति दुखेसो पोखेकी छन् ।

    झाँक्री तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको चर्को आलोचना गरेर एकीकृत समाजवादीको यात्रा तय गरेकी थिइन् । मन्त्री भएपछि भने रामकुमारी झाँक्री कहिले पिर्के सलामी प्रकरणमा आलोचित हुन्छिन् त कहिले टेलिभिजनको पर्दामा आँसु झारेको अवस्थामा भेटिन्छिन् । अहिले भने पार्टी नेतृत्वले मन्त्री पदबाट फिर्ता बोलाएको प्रति घुमाउरो असन्तुष्टि व्यक्त गर्छिन् ।

    उता श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठको हालत उस्तै छ ।

    वैदेशिक रोजगारमा लैजाने मेनपावर कम्पनीसँगको सेटिङ र एयरपोर्टमा हुने सेटिङमा उनी सम्मिलित भएको आरोप बारम्बार लाग्ने गरेको छ । जसकाे ज्वलन्त उदाहरण फ्री भिसा, फ्री टिकटमा मेनपावर बाट कामदार ठगिनु र भिजिट भिसा प्रकरणमा दलालहरु देखि एयरपोर्टसम्मको सेटिङ हुनुले किसान श्रेष्ठ त्यसमा सम्मिलित छैनन् भन्नु हास्यास्पद हुन्छ भन्दा अत्युक्ति नहोला ।

    चर्चा कमाउन मन्त्रालयबाट दलाललाई फोन गरेर खाडी मुलुक दुवई आएर पक्राउ गर्नेसमेतको धम्की दिएका मन्त्री श्रेष्ठ अन्ततः दुवई पनि पुगे । तर त्यस्ता कुनै दलाललाई कारबाही भने गरेनन् । बरु तिनै दलालसँग सेटिङ मिलाएर उनी नेपाल फर्के ।

    यद्यपी छ महिना मन्त्री हुने र छ महिना पछाडी अर्कोले पालो पाउने समाजवादी पार्टीले सुरुवातमै निर्णय गरेको भए पनि आठ महिनासम्म मन्त्री बन्न पाएकोमा अब फिर्ता हुनुपर्ने जिकीर अन्य समाजवादी कार्यकर्ताकाे छ ।

    सरकार गठनकाे छ महिनामा मन्त्री फिर्ता नबोलाइएको प्रमुख कारण स्थानीय चुनावमा पार्टीभित्र अन्तरघात हुन सक्ने र पार्टीले अनेपेक्षित कठिनाइ व्यहोर्नु पर्ने मुख्य कारण भनिएको छ । जसबाट थाहा हुन्छ की पार्टी नेतृत्वलाई नै आफैँले सरकारमा सम्मिलित गराएका मन्त्रीप्रति विश्वास थिएन ।

    खाइ पाई आएको मन्त्री पद त्याग्न पर्दा मन अमिलो हुनु स्वभाविक भए पनि मन्त्री पदकै लागि कित्ता फेरबदल गर्नेको पीडा भने बेग्लै छ । पार्टी मूल नेतृत्व माधव नेपालको मन्त्री फिर्ता बोलाउने निर्णयमा मन्त्रीहरुले देखाएको क्रियाकलाप र प्रधानमन्त्री देउवासमेतको असहयोगले एकीकृत समाजवादीको नेतृत्वको जग कमजाेर भएको पुष्टि गर्छ ।

    भनिन्छ, फिर्ता बोलाइएका केही मन्त्रीले एउटा खुट्टा एमालेको दैलोमा राखेका छन् त अर्काे खुट्टा समाजवादीकाे आँगनमा । भोलिको दिनमा आज फिर्ता बोलाइएका मन्त्री को कता लाग्ने छन् त्यो भने हेर्न बाँकी छ ।

    सत्ता र शक्तिकाे लागि हिजाे ओलीकाे पाउ माेलेकाहरु आज मन्त्री पद गुमेपछि समाजवादी पार्टी र पार्टी नेतृत्वकाे निर्णयप्रति के बफादार होलान् त ?

  • मन्त्री पदमा बसिरहन केही नेताले घृणित खेल खेले : सुदेश पराजुली

    मन्त्री पदमा बसिरहन केही नेताले घृणित खेल खेले : सुदेश पराजुली

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीको निर्णयविपरीत मन्त्री पदमा बसिरहन केही नेताले घृणित खेल खेलेको आरोप लगाएका छन् ।

    नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको सपथग्रहणपछि पराजुलीले पार्टी निर्णयविरुद्ध मन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डको शरणमा पुगेको आरोप लगाएका हुन् ।

    पराजुलीले भने, ‘आज कोही मन्त्री हुँदै गर्दा हाम्रो पार्टीको आलोकनगरको कार्यालयले के गर्छ भन्ने होइन देउवाको शरणमा गइरहेका, प्रचण्डको शरणमा गइरहेका छन् । पार्टीले एकातिरबाट निर्णय गर्छ, तर उनीहरू उल्टो गर्छन् । पदमा पुगेपछि टाँसिरहनुपर्ने मन्त्रीको कुर्सीमा सुपरग्लु छ कि ? पार्टीले बुझ्न जरुरी छ ।’

    पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी रहेकाे उक्त सपथग्रहण कार्यक्रममा पराजुलीले पार्टीको निर्णय पालना गराउन नेतृत्वलाई आग्रह समेत गरे ।

  • यस्ताे छ एकीकृत समाजवादीबाट नयाँ मन्त्रीकाे नाम

    यस्ताे छ एकीकृत समाजवादीबाट नयाँ मन्त्रीकाे नाम

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।

    पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

    समाजवादी स्राेतका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

    त्यस्तै, हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

    यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए ।

    स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

  • जनप्रतिनिधिलाई नेकपा एसले भन्याे : जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्नू

    जनप्रतिनिधिलाई नेकपा एसले भन्याे : जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्नू

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई विशेष सर्कुलर जारी गरेको छ ।

    बुधबार पार्टी महासचिव बेदुराम भुसालले सर्कुलर जारी गरेका हुन् । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो ।

    सत्ता गठबन्धनसँग मिलेर एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जितेको छ ।

    देशभर एकीकृत समाजवादीले यसपालि २० पालिकामा मेयर र अध्यक्ष जितेको छ ।

  • एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार

    एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार

    काठमाडौं । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् ।

    पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएकाे छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

    एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरकाे टिकट दिएको छ ।

    इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् । साेमबार मनाेनयन दर्ताकाे अन्तिम दिन हाे ।

  • सिट बाँडफाँट विवादले झापामा गठबन्धनको एकता संकटमा, तोडिन सक्ने एकीकृत समाजवादीको चेतावनी

    सिट बाँडफाँट विवादले झापामा गठबन्धनको एकता संकटमा, तोडिन सक्ने एकीकृत समाजवादीको चेतावनी

    झापा । केन्द्रको पाँच दलीय सत्ता गठबन्धनमध्ये झापामा चार दलीय गठबन्धन छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी झापामा क्रियाशील छन् ।

    झापामा जनमोर्चाको संगठन छैन । चार दलीय गठबन्धनले झापामा निकै लामो समयदेखि १५ वटा स्थानीय तहमा सिट बाँडफाँटको कसरत गरिरहेको थियो । तर, अन्तिम समयमा सिट बाँडफाँट टुंगिने बेलामा गठबन्धन झापामा खटपट सुरु भएको छ ।

    गठबन्धनका दलले सिट बाँडफाँट टुंगो लगाउन कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । कार्यादलमा माओवादी जिल्ला समन्वय सचिव मोहन टुडु, एकीकृत समाजवादीबाट मीनमणि बराल र जनता समाजवादी पार्टीबाट गौरीमान राई छन् । कार्यादलले सिट बाँडफाँटका लागि अन्तिम तयारी गरिरहेको संयोजक हुमागाईंले बताए ।

    यो कार्यदलमा अन्तिम टुंगो लागेपछि गठबन्धनको बैठकमा पेस गरिने उनले बताए । तर, सिट बाँडफाँट टुंगिने बेलामा आफूहरूमाथि अपमान हुने गरी सिट बाँडफाँडको प्रस्ताव आएको एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले बताए ।

    उनले त्यही प्रस्तावका कारण सँगै चुनाव लड्न नसकिने अवस्था आएको बताए । कार्यदलका संयोजक हुमागाईंले एकीकृत समाजवादीलाई एउटा नगर उपप्रमुख, एउटा उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष लिन प्रस्ताव गरेपछि गठबन्धन तोडिन सक्ने चेतावनी दिए । ‘हामीमाथि अपमान भयो । हामी झापामा ठूलो शक्ति हैन । तर, पाँचवटा वडा र दुईवटा उपप्रमुख/उपाध्यक्ष जित्न गठबन्धन गर्नुपर्दैन,’ अध्यक्ष रेग्मीले भने । उनले यही प्रस्ताव आए एकीकृत समाजवादी एक्लै चुनाव लडेर आफ्नो मत सुरक्षित गर्ने बताए ।

    एकीकृत समाजवादीले झापा गठबन्धनमा सुरुदेखि नै एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी गर्दै आएको थियो । तर, गठबन्धनका दलले धरातलीय यथार्थ त्यस्तो नभएकाे बताएपछि एकीकृत समाजवादी केही लचिलोभएको थियो । लचिलो हुँदा पनि गठबन्धनमा आवद्ध ठूलो दल कांग्रेसले पेलिरहेका कारण गठबन्धनबाट बाहिरिन पर्ने अवस्था आउनसक्ने अध्यक्ष रेग्मीले बताए ।

    उनका अनुसार बिहीबारबाट भने एकीकृत समाजवादी झापा गठबन्धनका दलहरूसँग संवादमा पनि छैन । उसले बिहीबार नै आफ्नो १५ वटा स्थानीय तहका आकांक्षी उम्मेदवारको लिस्ट सार्वजनिक गरिसकेको छ ।

    तर, कांग्रेसलगायत दलले भने एकीकृत समाजवादीले राजनीतिक बार्गेनिङ गरेको जनाएका छन् । ‘झापामा गठबन्धन टुटेको छैन । गठबन्धन टुट्न त उहाँहरूले बाहिरिएको औपचारिक घोषणा गर्नुपर्दछ । तर, अहिलेसम्म त्यो पनि छैन । अनौपचापरिक रूपमा उहाँहरूले हामीसँगको भेटघाटमा बरू हामी मत बटुल्न एक्लै लड्छौँ वा एमालेसँग मिल्छौँ भन्नुभएको चाहिँ हो । सकेसम्म हामी उहाँहरूलाई समेटर लैजान्छौँ,’ कांग्रेस झापाका सचिव हुमागाईंले भने, ‘राजनीतिमा यस्तो हुन्छ । यो राजनीतिका लागि प्रचार मात्र पनि हुन्छ ।’

    उनले झापामा एकीकृत समाजवादीको अपमान नभएको दाबी गरे । एकीकृत समाजवादीको धरातल र कांग्रेस स्थानीयस्तरका कार्यकर्ताको रिर्पोटका आधारमा धरातलीय रूमा दह्रो नभएको बताए । बरू माओवादीसँग मिलेर चुनावमा जाँदा रिजल्ट निस्कन सक्ने कार्यकर्ता तहबाट सुझाव आएको उनले बताए ।

    उनले एकीकृत समाजवादीलाई टिकट दिँदा कतिपय स्थानमा आफ्ना पार्टीका कार्यकर्ताले भोट पनि नहाल्ने भनेर दबाब दिएको उनले बताए ।

    ‘कतिपयले एसलाई टिकट दिन भए मत बदर गराउँछौँ । भोट नै हाल्दैनौँ भनेका छन् । तै पनि उहाँहरूसँग दुइैवटा उपप्रमुख/उपाध्यक्ष, पाँचवटा वडाअध्यक्ष चाहिँ दिएकै हो,’ उनले भने । गठबन्धनमा खटपट आउँदा अन्तिम चरणमा पुगेर झापा गठबन्धनमा संवादहिनताको अवस्था आएको छ । ‘बिहीबारदेखि हामीसँग सम्पर्क भएको छैन,’ अध्यक्ष रेग्मीले शुक्रबार भने ।

  • भक्तपुरमा गठबन्धनबीच भागबन्डामा रस्साकस्सी

    भक्तपुरमा गठबन्धनबीच भागबन्डामा रस्साकस्सी

    भक्तपुर।भक्तपुरमा सतारुढ पाँंचदलीय गठबन्धनबीच भागबन्डा मिलाउन रस्साकस्सी चलेको छ । भागबन्डा मिलाउन नसकेपछि सबै पार्टीहरूले छुट्टाछुुट्टै रुपमा उम्मेदवार हुन चाहने आकांक्षीहरूको नामावली संकलन गरी आ–आफ्नो पार्टी केन्द्रहरूमा पठाइरहेका छन् ।

    कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार चयनका लागि प्रयासरत छन् । जनता समाजवादी पार्टीको खासै चर्चा छैन भनो जनमोर्चा नेपालको जिल्ला संगठन नै छैन । जिल्लामा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चारवटा नगरपालिका छन् ।

    एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेतले पटकपटक छलफल भए पनि भागबन्डा मिल्न नसकेको बताए । यही कारण आफूहरू एक्लै भए पनि चुनावमा लड्न सबै नगरपालिकाका वडासहितमा उम्मेदवार सार्वजनिक गरेको उनले जनाए ।

    उनका अनुसार सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा छन् भने उपप्रमुखका आकांक्षी शोभा श्रेष्ठ र दिलीप केसी छन् ।

    मध्यपुर थिमि नगर प्रमुखको आकांक्षीमा भवानी खड्का, दुर्गामोहन श्रेष्ठ, पुण्यरत्न रञ्जित, प्रेमानन्दलाल श्रेष्ठ छन् । उपप्रमुखमा रीतु चित्रकार र नवीनप्रकाश श्रेष्ठ छन् ।

    चाँगुनारायण नगर प्रमुखको आकांक्षी रामप्रसाद न्यौपाने एक्लै छन् भने उपप्रमुखमा शान्ति खड्का र अञ्जना पोखरेलको नाम सार्वजनिक गरिएको छ । यता भक्तपुर नगरपालिकामा भने मेयरमा दुुई जना आकांक्षी छन् । मेयरमा ओमचरण अमात्य र रीता अवाल दुई जना आकांक्षी छन् ।

    नेकपा एसकै जिल्ला अध्यक्ष बस्नेतले प्यानलगत रूपमा आकांक्षीको नामावली संकलन भए पनि गठबन्धनका विषयमा छलफल भइरहेको बताए । ‘हामी जति पनि लचिलो हुन तयार छौं, उनले भने, गठनबन्धकै लागि अहिलेसम्म चारपटक बैठक बसिसकेका छौं । तर निष्कर्षमा पुग्न सकेका छैनौं ।’

    नेपाली कांग्रेसले सबै नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दाबी गरिरहेको छ । गठबन्धनमा उम्मेदवार चयनमा सकस भइरहेपछि कांग्रेसले पनि चारवटै नगरपालिकामा आफ्नो उम्मेदवार सार्वजनिक गरेको छ ।

    कांग्रेसबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा विष्णुराज कार्की, सुशील बस्नेत, नारायणभक्त खायमली, उद्धव सिलवाल, राजनकाजी त्वाती, प्रेमबहादुर खड्का, रवि राणा, भेषबहादुर कार्की र राजन बके छन् । ललिता धिताल पोखरेल, रीता खत्री, संगीता थापा, सुनीता खत्री, कान्छीमाया श्रेष्ठ, पुनम केसी, मीनाकुमारी ढकालले उपप्रमुखमा दाबी गरेका छन् ।

    कांग्रेसकातर्फबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीमा अष्टकुमार कवे, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, गणेश चक्रधर, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई र रामकाजी चक्रधर गरी नौजना छन् । कांग्रेसबाट अञ्जनादेवी मधिकर्मी, उर्मिला वन, कमला कर्माचार्य, प्रमिला सुवेदी आचार्य, लक्ष्मीशोभा प्रजापति उपप्रमुखका आकांक्षी हुन् ।

    कांग्रेसबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा शिवहरि केसी, सुरेश श्रेष्ठ, जीवन खत्री, प्रवीण वन, यादवप्रसाद अधिकारी, सरु बानियाँ, जयन्द्र खड्का, अच्युत अधिकारी, पुष्कर खत्री छन् । सुभद्रा काफ्ले, राजेश खड्का, संगीता फुयाल आचार्य, सचिला खड्का, रविता कार्की, रूपा थापा, संगीता दुलाल नेपाल, सावित्री लामिछाने उपप्रमुखको उम्मेदवार बन्ने दाउमा छन् । कांग्रेसबाट भक्तपर नगर प्रमुखमा अघिल्लो निर्वाचनमा पराजित राम कासुला र नारायणप्रसाद तमखु आकांक्षी छन् ।

    माओवादी केन्द्रबाट चाँगुनारायण नगर प्रमुखमा रामशरण दाहाल, रामलाल न्हेम्हाफुकी, नरेश खड्का, राजेन्द्र आगन्जा र हरिकृष्ण रावतले दाबी गरेका छन् भने उपप्रमुखमा चण्डिका लामिछाने र शान्ति केसी छन् । सूर्यविनायक नगर प्रमुखका आकांक्षी कल्पदीप राई, सनिस लागेजु, रामजी भण्डारी, नारायणप्रसाद राजथला छन् । सूर्यविनायक नगर उपप्रमुख, मध्यपुर थिमि र भक्तपुर नगर प्रमुख÷उपप्रमुखका विषयमा छलफल भइरहेको छ ।

    एमालेकातर्फबाट पनि चारवटै नगरपालिकामा आकांक्षीहरू सार्वजनिक भइसकेका छन् । उक्त पार्टीबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीहरूमा पार्टी जिल्ला अध्यक्ष बचन देउजा, मदनसुन्दर श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, तारामान जोशी, चन्दनकृष्ण श्रेष्ठ, राष्ट्रशमशेर थापा, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ देखिएका छन् ।

    उपप्रमुखमा एमालेबाट सुचित्रा श्रेष्ठ, उत्तरा नेपाल र बिन्दु प्रजापतिको नाम जिल्ला कमिटीमा पठाएको एमाले जिल्लाले जनाएको छ ।

    एमालेबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षी वासुदेव थापा, राजेन्द्र राजथला, किरण थापा, राजकुमार सिलवाल, सन्तोष ढुंगेल र गोविन्द चौलागाईं छन् । उपप्रमुखका आकांक्षीमा बहालवाला उपप्रमुख जुना बस्नेत, तारा सापकोटा, अम्बिका भण्डारी बस्नेत, सरिता तिमल्सिना, तारा खड्का बस्नेत, ममता राउत, लक्ष्मी कार्की अधिकारी, वीणा बस्नेत छन् ।

    एमालेबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा रमेश बुढाथोकी, नीरञ्जन बजगाईं, दमोदर दंगाल, रामबहादुर श्रेष्ठ, नवराज गेलाल, गीताप्रसाद नेपाल, बिना बाँस्तोला, मोहनवीर श्रेष्ठ, शम्भुप्रसाद दाहाल र प्रेमकुमार श्रेष्ठ छन् । नारायणी फुयाल दंगाल, शारदा थापा मगर, सावित्री थापा, परासर सापकोटा, शिवराम तिमल्सिना, मन्दरा मिश्रले उपप्रमुखमा दाबी गरेका छन् ।

    भक्तपुर नगरपालिकामा एमालेबाट विष्णुप्रसाद सुवाल, रवीन्द्र लाछिमस्यू, नारायणसुन्दर सिन्तकल, विश्वराज शिल्पकार र रोशन बज्राचार्यको नाम सिफारिस भएको छ भने उपप्रमुखमा रञ्जना खर्बुजा छिन् ।

    नेमकिपाबाट भने कुनै पनि नगरमा आकांक्षीको नाम सार्वजनिक छैन । उसले पार्टीभित्रै छलफल गरी एकैपटक उम्मेदवारको नाम सार्वजनिक गर्र्ने भएको छ ।

  • नेकपा एकीकृत समाजवादीले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

    नेकपा एकीकृत समाजवादीले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

    काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ ।

    नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।

    ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ,’ घोषणापत्रमा भनिएको छ, ‘यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन् ।’

    नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेकोले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु आवश्यक रहेको घोषणापत्रमा औंल्याइएको छ ।

    ‘यस कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।