Tag: नेकपा एमाले

  • एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

    एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

    काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् ।

    एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

    थपलिया चितवन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । थपलिया एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

    थपलिया एमालेको केन्द्रीय सदस्य समेत हुन् । उनी २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

    बागमती प्रदेशसभामा एमालेबाट प्रत्यक्ष तर्फ १३ र समानुपातिक तर्फ १४ जना गरि २७ जना सांसद रहेका छन् ।

  • प्रचण्डलाई बार्दलीमा उभ्याएर ओलीले १९ बुँदे आरोपको जवाफ फर्काए (भिडिओसहित)

    प्रचण्डलाई बार्दलीमा उभ्याएर ओलीले १९ बुँदे आरोपको जवाफ फर्काए (भिडिओसहित)

    काठमाडाैं । नेकपा एमालेको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अहिले एमाले भित्रै कति ठीक कति बेठिक भन्ने समीक्षा पनि हुन थालेको छ ।

    प्रचण्डले एमाले र अध्यक्ष ओलीमाथि लगाएका आरोपहरु फिर्ता नगरी कसरी एमालेले प्रधानमन्त्रीमा समर्थन गर्यो भन्ने प्रश्नहरु उठेकाछन् । स्वयं प्रचण्ड र ओलीले समेत यो विषयमा मुख खोलेका छैनन् । उनीहरु आ–आफनो स्वार्थ पूरा गर्न मात्र केन्द्रीत भएको देखिन्छ ।

    एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही भन्छन्, ‘प्रचण्ड ओलीको बार्दलीमा पुग्नु नै ओलीको जवाफ हो । यसबाट को ठीक को बेठिक भन्ने जनताले थाहा पाइसकेका छन् ।’

    शाहीका अनुसार राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने भएकाले प्रचण्डसँगका तिक्तता पालेर बस्ने पक्षमा एमाले छैन । अब प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउन एमाले लाग्छ । प्रधानमन्त्रीको सफलता भनेको एमालेसहित पूरै देश र जनताको सफलता हो ।

    शाहीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरु गल्ती महसुस गरेर एमालेमा फर्किए आफूहरु स्वागत गर्न तयार रहेको बताए । व्यक्तिगत कुण्ठा र स्वभावका कारण माधव नेपाल राष्ट्रिय राजनीतिमा एक्लिएको उनको भनाइ छ ।

    विस्तृत भिडिओमा :

  • विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा, काे-काे बन्नेछन् मन्त्री ?

    विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा, काे-काे बन्नेछन् मन्त्री ?

    काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

    उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन् ।

    उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ ।

    पौडेलबाहेक अन्यको मन्त्रायले टुंगो लागेको छैन।

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने र सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।

  • एमाले अध्यक्ष ओलीकाे दाबी : हामीले हारेका छैनाैँ

    एमाले अध्यक्ष ओलीकाे दाबी : हामीले हारेका छैनाैँ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनाव नहारेको बताएका छन् ।

    मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूहरुले घेराबन्दी र धाँधलीका बीच चुनाव जितेको बताए ।

    उनले भने, ‘हामी हारेका छैनौं, हामीले जितेका छौं, हामीले हार्नुहुँदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ, देशको आकांक्षा हार्छ, हाम्रो गन्तव्य हार्छ ।’

    अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको अध्यक्ष ओलीले बताए ।

  • नेपालमा लोकतन्त्र होइन लैनचौरतन्त्र छ (भिडिओसहित )

    नेपालमा लोकतन्त्र होइन लैनचौरतन्त्र छ (भिडिओसहित )

    काठमाडाैं । सरकार निर्माणका लागि दलहरु आन्तरिक छलफल र रणनीतिमा व्यस्त रहेकाबेला बैदेशिक शक्तिहरु पनि सक्रिय भएकाछन् । मुख्यतः नेपालस्थित विदेशी राजदूतहरु सरकारसंगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदका लागि खुलेआम लबिङमा लागेकाछन् ।

    भारत, अमेरिका र युरोपियन युनियनका राजदूतहरु प्रमुख दलका नेताहरुसंग दैनिक भेटघाट गरिरहेकाछन् भने चीनले मौन कुटनीति सुरु गरेको छ ।

    नेकपा एमालेका केन्द्रीय सदस्य एवम नवनिर्वाचित सांसद् दयालबहादुर शाहीका अनुसार नेपालको राजनीतिमा लैनचौर हावी भएको छ । सिधा शब्दमा उनी भन्छन्, ‘नेपालमा लोकतन्त्र छैन, लैनचौरतन्त्र मात्र छ । ’

    नेता शाहीका अनुसार अबको सत्ता समीकरण एमाले र कांग्रेसकाबीचमा हुनुपर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति र आरजु राणा उपप्रधानमन्त्रीको मोडलमा जाँदा हुन्छ । यी पदमा कांग्रेसले पात्र परिवर्तन गरेपनि एमालेलाई आपत्ति हुँदैन ।

    एमालेले तत्काल सरकार बनाउने सोच नबनाएपनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल मिल्न तयार भए एमालेले बाटो नछेक्ने शाहीको भनाइ छ ।

    शाही भन्छन्, ‘एमाले स्वच्छ पानीको धारो हो, जसले पनि आएर नुहाएर सफा हुन पाउँछ । प्रचण्ड र माधवले पनि धारोमा नुहाएर चोखो हुन पाउँछन् ।’

    कांग्रेस महामन्त्री गगन थापा र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति आक्रोश व्यक्त गर्दै उनले दुवैजनाले ढाका टोपी र दौरा सुरुवाल नलगाउनुको कारण रहस्यात्मक रहेको टिप्पणी गरे ।

    लामिछानले देशभर ओलीको लहर रोक्न पार्टी खोलेर चुनावमा भाग लिएको शाहीको आरोप छ । लामिछाने सीमा पारिको शक्तिको आविष्कार भएको उनी बताउँछन् ।

    विस्तृत भिडिओमा :

  • गठबन्धन असफल भए एमालेले सरकार बनाउँछ (भिडिओसहित)

    गठबन्धन असफल भए एमालेले सरकार बनाउँछ (भिडिओसहित)

    काठमाडाैं । नेकपा एमालेले जनताको म्याण्डेट प्रतिपक्षीमा बस्ने भनेर आएको भएपनि परिआए सरकार निर्माणको पहल थाल्ने जनाएको छ ।

    नेकपा एमालेका केन्द्रीय सदस्य संजिवकुमार झा (सुरज) ले चुनावबाट प्राप्त म्याण्डेटले कुनैपनि दललाई सरकार बनाउने अधिकार प्राप्त नभएको बताए । चुनावमा कुनैपनि दलको स्पष्ट बहुमत नआएपनि गठवन्धन सरकार बनाउन कस्सिएकाले एमाले चुपचाप लागेको बताए । गठवन्धन सरकार बनाउन असफल भएको खण्डमा भने एमालेले पहल थाल्ने उनले बताए ।

    हुलाक सञ्चारसँग कुरा गर्दै नेता झा भन्छन्, ‘यो गठवन्धन कतिसम्म गैरजिम्मेवार छ भने अहिले मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याएर सरकार बनाउन खोज्दैछ । सरकार बनाउन सिट नपुगेपछि रेशम चौधरी र सिके राउतलाई फकाउन अध्यादेश ल्याएर अपराधीलाई रिहा गर्ने, यस्तो पनि हुन्छ ? यो कुरा नेकपा एमालेलाई कुनैपनि हालतमा मान्य छैन । हामी आन्दोलन गर्छौँ । ’

    कैलालीको टीकापुर घटनालाई राजनीतिकरुप दिएर के गर्न खोजेको हो ? यो विशुद्ध आपराधिक घटना हो । रेशम चौधरी लगायत सिके राउत, विप्लवका कार्यकर्तालाई हचुवाको भरमा रिहा गर्न नहुने झाको तर्क छ ।

    झा भन्छन्, ‘चुनावमा एमालेलाई बहुमत नदिनु भनेको जनताले विकासको मुद्दा नरोजेको देखियो । यो देशमा विकास गर्ने पार्टी भनेको एमाले मात्र हो । गठबन्धन सरकारबाट आजित भएपछि जनताले एमालेलाई मत नदिएकोमा भूल महसुस गर्नेछन् ।’

    नेकपा एमालेले परिवार दलसँग समानुपातिक निर्वाचन प्रणालीमा पनि तालमेल गरेकाले एकनाथ ढकाल सांसद बनेको झाको तर्क छ । जसपा अध्यक्ष उपेन्द्र यादव सत्ताबिना बस्नै नसक्ने भएकाले उनले एमालेसंग अब सहकार्य नगर्ने भनेर अभिव्यक्ति दिनु सामान्य विषय हो । भोलि एमालेको नेतृत्वमा सरकार बन्ने स्थिति आए उनी फेरि फर्केर आउँछन् ।

    नेता झाले मुलुकको आवश्यकता बाम एकता भएकाले सबै बामशक्तिहरु एकजुट हुनुपर्ने धारणा राखे । एमाले बामहरु मध्येको सबैभन्दा ठूलो दल भएकाले यसको पहल पनि अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने उनको राय छ ।

    विस्तृत भिडिओमा :

  • एमालेले सच्यायो समानुपातिक उम्मेदवारको नाम, काे-काे फेरिए ?

    एमालेले सच्यायो समानुपातिक उम्मेदवारको नाम, काे-काे फेरिए ?

    काठमाडौं । नेकपा एमालेले अन्ततः निर्वाचन आयोगको पत्राचारअनुसार समानुपातिकतर्फको नाम सच्याएको छ ।

    एमालेले प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा अल्पसंख्यकतर्फ लहरुमाया जिमीको सट्टा अल्पसंख्यकको प्राथमिकताक्रम ८ का यशोदा कायस्थको नाम कायम गर्न पत्राचार गरेको छ ।

    यस्तै, मधेस प्रदेशमा प्राथमिकता क्रम १८ मा रहेका शीला यादवको सट्टा अल्पसंख्यकभित्रको प्राथमिकता क्रम संख्या ८ की राजपतीदेवी जैसलवालको नाम कायम गर्न पत्राचार गरेको छ ।

    मधेस प्रदेशकै प्राथमिकता क्रम ४० मा रहेकी नाजिमा खातुनको सट्टा क्रम संख्या १ का जैनव खातुनको नाम कायम गर्न पत्राचार गरेको छ ।

    यसअघि एमालेले प्रदेश नम्बर १ मा आदिवासी जनजाति समूहतर्फ अल्पसङ्ख्यक समूहको दोस्रो नम्बरमा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी तेस्रो नम्बरमा समावेश उम्मेदवारको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा रहेको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो । तर, एमालेले आयोगको निर्देशनलाई अवज्ञा गर्दै पुरानै नाम पठाएको हो ।

    त्यसैगरी, मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस गर्नुपर्नेमा दलले पेस गरेबमोजिम आयोगबाट स्वीकृत अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाममात्रै सिफारिस गरेको थियो ।

    अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचीकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले निर्देशन दिएको थियो ।

    मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा पहिलो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस नगरी दोस्रो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा रहेका महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो ।

    बन्दसूचीमा मुस्लिम समूहको पहिलो नम्बरमा जैनब खातुनको नाम भए पनि दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनको नाम एमालेले सिफारिस गरेको थियो ।

    नाम पेस गर्नुअघि एमालेले जैनब खातुनलाई कारबाही गरेको थियो । उनी प्रभु साह निकट रहेको भन्दै उनको सट्टा नाजिमालाई राखेको थियो ।

  • गाेकुल बास्काेटाेकाे शुभेच्छा : गगन, विश्वप्रकाशले अध्यादेश फिर्ता गराउन्

    गाेकुल बास्काेटाेकाे शुभेच्छा : गगन, विश्वप्रकाशले अध्यादेश फिर्ता गराउन्

    काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएकाे अध्यादेश फिर्ता गराउन सकून् भनेर शुभेच्छा प्रकट गरेका छन् ।

    टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीलगायत फौजदारी मुद्दा लागेका तीन दलका नेता/कार्यकर्तालाई छुटाउने गरी सरकारले अध्यादेश जारी गर्न लागेपछि सत्ता गठबन्धनमै रहेका दलका नेताले समेत विरोध गरिरहेका छन् ।

    चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सत्तामा सहभागी गराउन सजिलो हुनेगरी सरकारले अध्यादेश जारी गर्न लागेको हो । अध्यादेशमा रेशम चौधरीसहित सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता रिहा हुनेगरी व्यवस्था गरिएको छ ।

    उक्त अध्यादेशकाे सत्ता गठबन्धनमै रहेका नेताहरूले समेत तीव्र विरोध गरिरहेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अध्यादेश गलत भएको र सरकारले त्यो फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

    यही विषयमा बास्काेटाले शुभेच्छा प्रकट गर्दै भनेका छन्, ‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ ।’,

    बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन् । ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून् । शुभेच्छा ।’

  • एमालेले टुंग्यायो ३४ समानुपातिक सांसद (यस्तो छ सूची)

    एमालेले टुंग्यायो ३४ समानुपातिक सांसद (यस्तो छ सूची)

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ ।

    पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

    यस्ताे छ एमालेबाट समानुपातिक सांसदकाे सूची :

    आदिवासी जनजाति

    १. देवीप्रसाद भट्ट चन्द

    २. हेमराज राई

    ३. कालुराम राई

    महिला

    ४. नैनकला थापा मगर

    ५. सूर्यकुमारी श्रेष्ठ

    ६. उर्मिला थेवे

    ७. इश्वरी घर्ती

    ८. रणकुमारी बलम्पाकीमगर

    ९. शान्ति श्रेष्ठ

    १०. सरस्वती सुब्बा

    खस आर्यतर्फ

    पुरुष

    ११. रघुजी पन्त

    १२. एकनाथ ढकाल

    १३. दयालबहादुर शाही

    महिला

    १४. मेनुकाकुमारी पोखरेल

    १५. सरिता भुसाल

    १६. सोभा ज्ञवाली

    १७. विजुला रायमाझी

    १८. निर्मला कोइराला

    १९. सम्झना थपलिया

    २०. दिपा शर्मा

    २१. सुनिता बराल

    थारु

    महिला

    २२. आश्मा कुमारी चाैधरी

    २३. शान्ति चौधरी

    दलित

    पुरुष

    २४. इश्वरबहादुर रिजाल

    २५. प्रभु हजारा पाश्वान

    २६. चन्द्रबहादुर विश्वकर्मा

    महिला

    २७. रुकमणी राणा बराइली

    २८. हर्कमाया विश्वकर्मा

    मधेसी

    पुरुष

    २९. गंगा प्रसाद यादव

    ३०. अमृतराज लालवंशी

    महिला

    ३१. विना देवि

    ३२. अमृतादेवि अग्रहरी

    ३३. प्रतिक्षा तिवारी मुखिया

    मुस्लिम

    ३४. सराज अहमद फारखी

  • एमालेको सचिवालय बैठक स्थगित

    एमालेको सचिवालय बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

    बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका एजेण्डा तय भएका थिए ।

    निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक सांसदको नाम पठाउन भनेको छ ।

    एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीट गरी कुल ७८ सीट प्राप्त गरेको छ ।