गाेकुल बास्काेटाेकाे शुभेच्छा : गगन, विश्वप्रकाशले अध्यादेश फिर्ता गराउन्

काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएकाे अध्यादेश फिर्ता गराउन सकून् भनेर शुभेच्छा प्रकट गरेका छन् ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीलगायत फौजदारी मुद्दा लागेका तीन दलका नेता/कार्यकर्तालाई छुटाउने गरी सरकारले अध्यादेश जारी गर्न लागेपछि सत्ता गठबन्धनमै रहेका दलका नेताले समेत विरोध गरिरहेका छन् ।

चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सत्तामा सहभागी गराउन सजिलो हुनेगरी सरकारले अध्यादेश जारी गर्न लागेको हो । अध्यादेशमा रेशम चौधरीसहित सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता रिहा हुनेगरी व्यवस्था गरिएको छ ।

उक्त अध्यादेशकाे सत्ता गठबन्धनमै रहेका नेताहरूले समेत तीव्र विरोध गरिरहेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अध्यादेश गलत भएको र सरकारले त्यो फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

यही विषयमा बास्काेटाले शुभेच्छा प्रकट गर्दै भनेका छन्, ‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ ।’,

बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन् । ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून् । शुभेच्छा ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७