Tag: नेकपा माओवादी केन्द्र

  • निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर (पूर्णपाठसहित)

    निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर (पूर्णपाठसहित)

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिएका हुन् ।

    केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ । सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ ।

    एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ । एक सङ्गठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ । आवश्यकताअनुसार नयाँ सङ्गठित सदस्यतासमेत वितरण गर्नुपर्नेछ । केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ ।

    नगर र गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ नेतृत्वको संयोकजत्वमा निर्वाचन परिचालन मूल परिचालन समिति बनाउनुपर्नेछ । निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तत्काल वडास्तरमा सङ्गठित सदस्यहरू, जबस मोर्चा र पेसागत सङ्गठनका नेताहरु, पार्टी समर्थक बुद्धिजीवी र विषय विज्ञ सम्मिलित निर्वाचन परिचालन समिति बनाउनुपर्नेछ । यस्तै मूल समितिअन्तर्गत अध्ययन सर्वेक्षण तथा विश्लेषण, स्वयम्सेवक परिचालन, सूचना सञ्चार तथा प्रचारको कामलाई व्यवस्थित गर्नुपर्नेछ ।

    हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको सङ्क्षिप्त रिपोर्ट तयार पार्ने, गत स्थानीय तहको निर्वाचनको मत परिणामको तथ्याङ्कगत आधारमा समीक्षा गर्ने र विजय पराजयको आधार र कारणको पहिचान गर्न निर्देशन दिइएको छ ।

    वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ । वडाका विकास निर्माणका आवश्यक योजनाको पहिचान र प्राथमिकीकरण गर्ने, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको नामावली र अन्य आवश्यकताको पहिचान गर्ने एवम् वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिको पहिचान गर्न भनिएको छ । यस्तै, सबै वडा र टोलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नसमेत अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् ।

     

  • एमसीसीकाे विपक्षमा उभिने नेकपा माओवादी केन्द्रकाे निर्णय

    एमसीसीकाे विपक्षमा उभिने नेकपा माओवादी केन्द्रकाे निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्र एमसीसीकाे विपक्षमा उभिने भएकाे छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।

    बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

    उनले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने जानकारी गराए ।

  • माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

    माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन ।

    बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।

  • सम्मरिमाई गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि माओवादीमा प्रवेश

    सम्मरिमाई गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि माओवादीमा प्रवेश

    काठमाडौं । रुपन्देही सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ सुक्ला(बब्लू)सहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रवणकुमार यादवलगातयतका जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दल विदेशीले बनाइदिएको आरोप पनि लगाएका छन् । उनले अब मधेश माओवादीमय हुने पनि दाबी गरेका छन् ।

    कार्यक्रममा उनले भने- शान्ति प्रक्रियामा आइसकेपछि मधेसको सम्बोधन माओवादीले गर्न सक्दैन भनेर केही पार्टी जन्माइएका थिए, ती विदेशीले बनाइदिएका पार्टी थिए ।

  • ‘प्रचण्ड’ले पत्र नलेखेको भए एमसीसी पारित भइसकेकाे हुन्थ्याे : सुदन किराँती (भिडिओ)

    ‘प्रचण्ड’ले पत्र नलेखेको भए एमसीसी पारित भइसकेकाे हुन्थ्याे : सुदन किराँती (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसी सम्झौताबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिठी नलेखेको भए देशमा प्रतिगमनको सरकार हुने र एमसीसी सम्झौता पास भइसकेको हुने बताएका छन् ।

    एमसीसी सम्झौता पास गराउनका लागि अमेरिकासँग समय मागेको पत्र सार्वजनिक भएपछि प्रचण्डको आलोचना भइरहेका बेलामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यममार्फत केही दिनअघि सार्वजनिक भएको थियो ।

    ‘यो चिठी नलेखिएको भए नेपालमा गठबन्धनको सरकार बन्ने थिएन जसले प्रतिगमनको बाटो रोजेको थियो, उसको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने हुन्थ्यो ।’ हुलाक सञ्चारसँगको कुराकानीका क्रममा सांसद किराँतीले भने, ‘यही पत्रका आधारमा प्रतिगमन परास्त भयो । संविधान उल्लंघनको शृंखला चलेको थियो, त्यसको अन्त्य भयो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता केही समयका लागि पर धकेलियो । यी कुराहरु त सम्भव भयो नि !’

    अहिले यो पत्रको विषय ‘तिललाई पहाड’ बनेर आएको पनि उनले टिप्पणी गरे । नेपालको इतिहास हेर्ने हो भने देशभक्तमाथि विभिन्न आक्रमण गरी काम गर्न नदिएका कयौँ उदाहरणहरु छन्, यही शृंखलामा प्रचण्डमाथि पनि आक्रमण भइरहेको उनको तर्क छ ।

    माओवादीले हालसम्म कुनैपनि राष्ट्रघात नगरेको दाबी सहित उनले प्रश्न गरे, ‘कोशी सम्झौता, टनकपुर सम्झौतालगायतका देशघाती सम्झौता कसको पालामा भएका छन् ? माओवादीको पालामा अहिलेसम्म कहिले राष्ट्रघाती सम्झौता भएको छ ?’

    हिमालदेखि तराइसम्मका नागरिक अहिले एमसीसीको विरोध गरिरहेका कारण एमसीसीको विषय आम नागरिकलाई बुझाउनु पर्ने उनको भनाइ छ । उनले भने, ‘एमसीसी संसदबाट पारित हुनुपर्ने किन ? यो अमेरिकी सैन्य रणनीति अन्तर्गत होइन भने त्यहाँको विदेशमन्त्रीले बोलेको किन ? नेपालको संविधानभन्दा माथि यो सम्झौता हुनुपर्ने किन ? आम नेपाली नागरिकलाई बुझाउन पर्दैन यी कुरा ।’ एमसीसीको बारेमा जनमत संग्रह गर्न पनि उनले सुझाव दिए ।

    उनले नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति पनि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन भन्ने नै भएको बताए । यसमा अहिले पनि माओवादी केन्द्र स्पष्ट भएको उनको भनाइ छ ।

    ‘प्रतिगमन पूर्णरुपमा परास्त भइसकेको छैन’

    सांसद किराँतीले प्रतिगमन पूर्ण रुपमा परास्त नभइसकेको पनि बताएका छन् । ‘जुन कुराका लागि हामीले गठबन्धन गरेको हौँ, त्यो अझै पनि जारी छ ।’ उनले भने, ‘एमसीसीको कारण गठबन्धन नटुटोस् भन्ने हाम्रो चाहाना हो । गठबन्धन अझै अगाडि लैजानका लागि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन । यो कुरामा हामी स्पष्ट छौँ ।

    उनले हिम्मत भए सभामुखमाथि महाअभियोग लगाउन चुनौति पनि दिए । नेकपा माओवादी केन्द्र चुनावबाट नडराएको पनि उनले स्पष्ट पारे ।

    हेर्नुहोस् भिडियो :

  • प्रचण्डकाे दाबी : फरक मत भनेर विवाद हुने विषय आएकाे छैन

    प्रचण्डकाे दाबी : फरक मत भनेर विवाद हुने विषय आएकाे छैन

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा फरक मत भनेर विवाद हुने विषय नआएको दाबी गरेका छन् ।

    बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा प्रचण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरी सुझाव आएको र कुनै विवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको जिकिर गरे ।

    लेखनाथ न्यौपानेको फरक मत पनि आफूले हेरेको र आफूलाई सहयोग पुग्नेगरि नै सुझाव आएको उनकाे भनाइ छ । समूहगत छलफलका सबै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केही परिमार्जन गर्न सुझाव दिएको उनले बताए ।

    उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए । प्रचण्डले महाधिवेशन व्यवस्थित र अनुशासित रुपमा अघि बढिरहेको पनि जानकारी गराए ।

  • माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

    माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ ।

    आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।खपुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेपछि महाधिवेशन लम्ब्याउने निर्णय गरिएको बताइएकाे छ ।

    माओवादी महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल भइरहेको छ ।