Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् ।

    अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको पनि टिप्पणी गरे ।

    प्रधानमन्त्री प्रचण्डले सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको पनि बताए ।

  • संसदमा प्रधानमन्त्रीसँग २० सांसदकाे सवाल-जवाफ, कसले के साेधे ?

    संसदमा प्रधानमन्त्रीसँग २० सांसदकाे सवाल-जवाफ, कसले के साेधे ?

    काठमाडाैं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा तय गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरुले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा प्रश्नोत्तर गरेका हुन् ।

    कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी र दिलेन्द्र प्रसाद बडू र रामहरि खतिवडाले प्रधानमन्त्रीलाई प्रश्न राखे । यस्तै एमालेबाट विद्या भट्टराई, रघुजी पन्त र पदम गिरीले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

    यसैगरी माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती, रास्वपाबाट शिशिर खनाल, राप्रपाबाट ज्ञानेन्द्र शाही, जसपाबाट दीपक कार्की र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवरले प्रश्न गरे ।

    यसैगरी, जनमतबाट अमितादेवीले प्रश्न गर्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरीले प्रश्न गरे भने लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट चित्रबहादुर केसी, आम जनता पार्टीबाट प्रभु शाह, स्वतन्त्रबाट अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले प्रश्न गरे ।

    कसले के साेधे ?

     

  • संसदमा प्रधानमन्त्रीकाे गर्जन : दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाकाे पनि छानविन गर्न तयार छु

    संसदमा प्रधानमन्त्रीकाे गर्जन : दरबार हत्याकाण्ड र मदन-आश्रित घटनाकाे पनि छानविन गर्न तयार छु

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंश नै सकिने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् ।

    बिहीबार बसेको संसद बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले २०६३ साल चैत्र ७ गते २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘विगतमा ठूला हत्याकाण्ड सबैको छानबिन हुनुपर्छ । गैरन्यायिक हत्यामा सरकार चुप बस्न सक्दैन । गौर हत्याकाण्डको छानबिन गरेर दोषीलाई कारबाही गर्ने पक्षमा म छु’, उनले भने, ‘अब गौरमात्रै होइन, दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ । दरबारभित्र भएको उक्त गम्भीर हत्यकाण्डको पनि छानबिन गरेर कारबाही हुनुपर्छ ।’

    उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ज्यान जाने गरी चितवनको दासढुंगामा भएको घटनाको पनि छानबिन हुनुपर्ने बताएका छन् । ‘मदन-आश्रितको घटनाको पनि छानबिन हुनुपर्छ’, उनले भने, ‘ठूला हत्याकाण्डबारे छानबिन गर्न म तयार छु ।’

  • पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

    पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् ।

    तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए ।

    संसदमा बिहीबार भएको प्रश्न उत्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले साेधेकाे प्रश्नकाे उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

    उनले भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’

    उनले अगाडि भने, ‘पटक पटक माओवादी लडाकुका क्यान्टोनमेन्टको कुरा उठिरहन्छ । क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित छ’, उनले भने, ‘यदि उजुरी परेर छानबिनबाट दोषी ठहरिए म आफैँ जेल जान तयार छु ।’

  • अर्थतन्त्रमा सकारात्मक सुधारका संकेतहरु देखा परेका छन् : प्रधानमन्त्री दाहाल

    अर्थतन्त्रमा सकारात्मक सुधारका संकेतहरु देखा परेका छन् : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सकारात्मक सुधारका संकेतहरु देखा परेको दाबी गरेका छन् ।

    प्रतिनिधि सभा बैठकमा एमाले सांसद पदम गिरीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

    वित्तीय र मौद्रिक नीति जस्ता कार्यक्रम सुधार गरी सरकार समष्टिगत आर्थिक सुधारमा प्रयासरत गरेको उनले दाबी गरे । सरकारी खर्चमा मितव्ययिता कायम गरी राजश्वको दायरा वृद्धि गर्ने पनि उनले बताए ।

    प्रधानमन्त्रीले अवैध कारोबारलाई कडाइ गर्ने नीति लिएको भन्दै सरकारको यो नीतिको सकारात्मक संकेत देखा परेको बताए ।

    उनले वित्तीय हस्तान्तरणको समस्या समाधान गर्ने पनि बताए ।

  • भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंहरुको साथ चाहिएको छ : प्रधानमन्त्री

    भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंहरुको साथ चाहिएको छ : प्रधानमन्त्री

    काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।

    काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले उक्त कुरा बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’

    उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यहि हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

    उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए । यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनकाे भनाइ थियो ।

  • सञ्चारसम्बन्धी कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री

    सञ्चारसम्बन्धी कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भनेका छन्, ‘आज वैशाख २४ गते आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु, नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस्, यही शुभकामना ।’

    आइतबार विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

    ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पत्रकारिता दिवसका अवसरमा आज सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । दिवसका अवसरमा आज नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

  • प्रधानमन्त्री प्रचण्डले भने- शरणार्थी प्रकरणकाे ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ (भिडिओ)

    प्रधानमन्त्री प्रचण्डले भने- शरणार्थी प्रकरणकाे ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै उनले यो ट्रेलर मात्रै भएको बताए ।

    नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिए । आज तपाईँहरूले देखिरहनुभएको छ । यो ट्रेलर मात्रै हो । हेर्दै जानुहोस् सिङै फिल्म देखिन्छ ।’

    उनले ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आएपनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताए ।

    उनले भने, ‘त्यसपछि पक्कै पनि ठूलो घेराबन्दी, दबाब, धम्की होलान् । धेरै चिज हुनसक्छ यो बीचमा । तर जनता साथमा भयो भने जतिसुकै ठूला धम्कीको पनि सामना गरिने छ ।’

    संस्थागत भ्रष्टाचारका कारण देशमा आर्थिक दबाबको सामना गरिरहनुपरेको उनले बताए ।

    भिडिओ :

     

  • जनयुद्धबाट प्राप्त उपलब्धि रक्षाका लागि सडकबाट गर्जियाैँ भने पनि स्यालहरु लखेटिन्छन् : प्रचण्ड

    जनयुद्धबाट प्राप्त उपलब्धि रक्षाका लागि सडकबाट गर्जियाैँ भने पनि स्यालहरु लखेटिन्छन् : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबाट प्राप्त उपलब्धिमाथिकाे प्रहारलाई धुलाे चटाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

    अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै झण्डै सत्तारी वर्ष लगाएर नेपाली जनताले जनयुद्ध र जनआन्दोलनको श्रृंखलाबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र प्रतिगमनको कोणबाट भइरहेको बताए ।

    उनले भने, ‘अहिलेको उपलब्धि रक्षाको लागि मैले अहिले जनयुद्ध भनेको छैन । भूमिगत जाने भनेको छैन । तपाईँ हामी सडकबाटै गर्जियौं भनेपनि स्यालहरु लखेटिन सक्छन् ।’

    उनले फेरि पनि आवश्यक परेकाे खण्डमा आफूहरु त्याग, तपस्या गरेर उपलब्धि बचाउन लागिपर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

    प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति असन्तुष्टि पनि जनाए । उनले जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको भन्दै टिप्पणी समेत गरे ।

  • रविलाई प्रचण्डले भने- सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु

    रविलाई प्रचण्डले भने- सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन् ।

    सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हुन् ।

    उनले भने, ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु ।’

    सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् । त्यसबारेमा आइतबार बालुवाटारमा लामिछानेसँगको छलफल सकारात्मक रहेकाे पनि बताए ।