Tag: प्रतिनिधिसभा बैठक

  • बालेनलाई सलाम ! हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो : सांसद गिरी

    बालेनलाई सलाम ! हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो : सांसद गिरी

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएर सांसदप्रति व्यंग्य गरेका छन् ।

    सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको उनकाे भनाइ छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद गिरीले निर्वाचन क्षेत्रमा खसी मर्दा, कोही व्यक्ति हराउँदा, पहिरो जाँदा पनि सहयोग पाउँ भनेर फोन आउने गरेको बताए ।

    ‘म आफूलाई झोले सांसद भन्न चाहन्छु । राति १२ बजे फोन आउँछ, बूढी आमाको । बाबु मेरो त खसी एउटा मर्‍यो, कहींबाट केही पाइन्छ कि ! दुई खसी पालेको थिए, एउटा मर्‍यो । सांसद बाबुले केही गर्नुहुन्छ कि भन्नुहुन्छ,’ उनले भने, ‘नेपाली जनतालाई यो सांसदले कानुन, विधि, विधेयक बनाउने हो ? आफ्नो नागरिकलाई बुझ्नुस् । उसलाई त पहिरो गयो भने माननीयज्यू पहिरो गयो भन्नुहुन्छ । आगो लाग्यो भने फोन आउँछ ।’

    प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरू बल्ल वडाध्यक्षसरह पुगेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए । सांसद गिरीले भने मेयर शाहलाई सलाम गरेको भन्दै जवाफ दिएका छन्, ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो !’

    सांसदलाई आफ्नो भूमिका निर्वाह गर्न कठिन रहेको गिरीको भनाइ थियो । ‘कम गाह्रो छ, कम कठिन छ । राति फोन आउँछ, राति १२ बजे । अन्यथा नमान्नुहोला, जलपान खाएको बेला फोन आउँछ । अब त चिन्नुहुन्न होला भन्छन् । नेपाली स्तर यस्तो छ । आफू पनि जलपान गरेको भए झगडा पर्न सक्छ । अवस्था यस्तो छ ।’

    बजेटमा आयोजनाको वितरण समानुपातिक र आवश्यकताका आधारमा नभएको पनि गिरीले बताए ।

  • प्रतिनिधिसभामा बजेटमाथिकाे छलफल आज पनि जारी, यस्ताे छ कार्यसूची

    प्रतिनिधिसभामा बजेटमाथिकाे छलफल आज पनि जारी, यस्ताे छ कार्यसूची

    काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

    आइतवारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची रहेको छ ।

    त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उक्त छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।

    त्यस्तै आज विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि अर्थमन्त्री महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

    आजैको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

    त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

  • बजेटको विरोधमा संसद्को रोष्ट्रममै मौनधारण (भिडिओसहित)

    बजेटको विरोधमा संसद्को रोष्ट्रममै मौनधारण (भिडिओसहित)

    काठमाडाैं । आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टिका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ संसदको रोष्ट्रममै मौनधारण गरेका छन्।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गरेको बजेट विभेदपूर्ण रहेको भन्दै सांसद श्रेष्ठले प्रतिनिधिसभाको रोस्ट्रममै मौन धारण गरेका हुन्।

    यसअघि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रस्तुत गरेको बजेट यथास्थितिमा पास हुन नसक्ने बताएका थिए।

    शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै सत्तापक्षका नेता नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने बताएका थिए।

    ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छाैँ। अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ। यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन’ उनले भने, ‘हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।’

    उनले बजेटलाई डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रिकृत गरेको आरोप पनि लगाएका थिए। अध्यक्ष नेपालले विरोध गरेलगत्तै उनको पार्टीका सांसदले बजेटविरुद्ध मौनधारण गरेका हुन्।

  • संसदमा फेरि उठ्यो पशुपतिको जलहरी प्रकरण, रेकर्डबाट हटाएपछि सांसदको आपत्ती

    संसदमा फेरि उठ्यो पशुपतिको जलहरी प्रकरण, रेकर्डबाट हटाएपछि सांसदको आपत्ती

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदलाई सत्ता प्राप्त गर्ने र गुमाउने आवेगको केन्द्र बनाउन नहुने बताएका छन् ।

    शुक्रबार संसदमा उनले संसदलाई हल्का रुपमा प्रस्तृत गरिएको भन्दै सत्ता पाउने नपाउने आवेगको केन्द्र संसद बन्न नहुने बताए । उनले संसदमा बोलेका कुरा हटाउने कार्यसमेत बन्द हुनुपर्ने तर्क गरे ।

    संसदमा छलफल हुने विषयबस्तु रेकर्डबाट हटाउने क्रम बन्द हुनुपर्ने भन्दै उनले केपी ओली सरकारको पालामा भएको पशुपतिको जलहरी प्रकरणबारे फेरी प्रश्न उठाए ।

    ‘महालेखाको प्रतिवेदन ३१६ मा सुनको जलहरि निर्माण प्रकृयामा १०७ किलो सुन ९ सय २४ ग्राम सुन प्रयोग गर्ने उल्लेख गरिएको छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राम मात्र प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम सुन व्यपत्ता भएको भन्ने कुरा महालेखाको प्रतिवेदनमा उल्लेख छ ।’ उनले भने ‘त्यसको कुरा संसदमा बोल्दा रेकर्ड हटाईयो म त्यसको विरुद्धमा छु । यो कुरा बोल्दा ३ चोटी ४ चोटी संसदबाट डिलेट हुन्छ भने जनताको मनबाट डिलेट हुन सक्दैन् । यो विषय संसदमा छलफल हुनुपर्छ ।’

  • नेपालले ग्रेटर नेपालको नक्सा सदनमा राख्नु पर्छ : सांसद पन्त (भिडिओसहित)

    नेपालले ग्रेटर नेपालको नक्सा सदनमा राख्नु पर्छ : सांसद पन्त (भिडिओसहित)

    काठमाडौं । नेकपा एमालेको सांसद रघुजी पन्तले भारतले आफ्नो नक्सा नहटाएसम्म नेपालले पनि ग्रेटर नेपालको नक्सा संसदमा राख्नुपर्ने बताएका छन् ।

    शुक्रवार प्रतिनिधि सभा बैठकमा उनले भारतले नेपाली भूमि समेटिएको नक्सा उसको सदनमा राख्दा नेपालले गावी नदि, टिष्टा, कागडालाई सामेल गरेको नक्सा संसदमा राख्दा के हुन्छ, उनले भने ।

    उनले भने, ‘यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखि राख्न पाउँछ भने हामीले हाम्रो सिमाना गावी नदि, टिष्टा, कागडालाई पनि सामेल गरेको नक्सालाई हाम्रो संसदमा भारतले आफ्नो त्यो नक्सा नहटाएसम्म हामीले हाम्रो संसदमा राख्दा के हुन्छ ।’

    उनले भारतीय विदेश मन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा नक्साको विषयमा मित्र देश नेपालको चित्त बुझि सकेको टिप्पणी गरेको भन्दै नेपालले चित्त बुझाएकै हो भनेर सरकारलाई प्रश्न गरे ।

    भिडिओ :

  • संसदमा बजेट माथिको छलफल आज पनि जारी रहने

    संसदमा बजेट माथिको छलफल आज पनि जारी रहने

    काठमाडौं । संघीस संसद अन्तर्गतको प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज(बिहीवार) पनि जारी रहनेछ ।

    सरकारले जारी गरेको बजेटको बिषयमा अहिलेक दुवै सदनको बैठकमा छलफल चलिरहेको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

    सरकारले गत १५ जेठमा आगमी आर्थिक वर्ष ०८०–८१ का लागि बजेट सार्वजनिक गरेको थियो । बजेको सन्र्दभमा दुवै सदनमा सांसदहरुले आ–आफ्ना धारण राख्दै आएका छन् ।

    बिशेष यस पटकको बजेट डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रीय भएको भन्दै सांसदहरुले सरकारको कडा आलोचना गर्दैै आएका छन् ।

    डडेल्धुरा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो भने गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको जिल्ला हो । त्यस्तै, नुवाकोट अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला हो ।

  • यो देश नेता उत्पादन गर्ने थलो भयो : अध्यक्ष केसी

    यो देश नेता उत्पादन गर्ने थलो भयो : अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश नेता उत्पादन गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।

    बुधवार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो धारणा राख्दै उनले नेपालमा विकासको नाममा नेता उत्पादन र मन्त्री र सांसदको सङख्या बढाउने मात्र काम भएको टिप्पणी गरे ।
    उनले देशको सबै ठाउँमा उत्पादन लसुन, प्याज , खुर्सानीमा कर लगाएर बाहिर बाट ल्याउनु पर्ने भन्दै गुनासो पोखे ।

    उनले भने, ‘अहिले सरकारले लसुन प्याज खुर्सानीमा कर लगाएको छ । हिमाल पहाड तराई सबै ठाउँमा हुन्छ यो । सबै बाहिरबाट ल्याउनु पर्ने । अहिलेसम्म हामीले नेपालमा विकास गरेको भनेको नेता उत्पादन गरेको हो । मन्त्री र सांसद बढाएको मात्र हो ।’

    उनले खर्च घटाउनका लागि मन्त्री र सांसद घटाउनु पर्ने भन्दै संघीयता खारेज गर्न आग्रह गरे ।

    उनले सत्तामा रहँदा सबैले राम्रो देख्ने र प्रतिपक्षमा बस्ना साथ नराम्रो देख्ने बानीले बदिएको बताए ।

  • सदनमा अर्थमन्त्रीको प्रष्टिकरण : करको दर आफैले तय गरेको हो अरुको कुनै भूमिका छैन

    सदनमा अर्थमन्त्रीको प्रष्टिकरण : करको दर आफैले तय गरेको हो अरुको कुनै भूमिका छैन

    काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, करको दर फेरबदलमा निर्णायक भूमिका आफ्नो रहेको र अरु कसैको पनि संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् ।

    आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको उत्तर दिँदै उनले डाटा इन्ट्रि गर्ने बाहेक अन्य काममा नाम मुछिएका रामकृष्ण श्रेष्ठको संलग्ना नरहेको उनको प्रष्टिकरण छ ।

    उनले भने ‘रामकृष्ण श्रेष्ठ उहाँ अनुभवी र दक्ष इमान्दार भएको र मेरो व्यक्तिगत रुपमा केही थिएन् । यसको आवश्यकता छ भनेर नै म भन्दा अगाडीका अर्थमन्त्रीले कर्मचारी छनौट गर्नु भएको हो । यो निर्णय प्रकृयामा उहाँ हुने त कुरै भएन । त्यो निर्णय प्रकृयामा गोप्य निर्णय गर्ने ठाउँमा उहाँ कहीँ कतै हुनुहुन्न। ’

    उनले निर्णय भएको विषयमा असम्बन्धित व्यक्तिलाई प्रवेश नदिइएको उनको दाबी छ ।
    ‘निर्णय प्रकृयामा बसेकै पदाधिकारीको उहाँहरुकै निर्देशन र उपस्थितीमा भने अनुसारको समावेश गरिएको हो । सहयोगीको आधिकारिक काम गर्नेले प्रवेश गर्ने मात्र हो । अरुलाई हेरफेर गर्न छलफलमा भाग लिन कुनै अधिकार हुँदैन ।’

    आफूले कर निर्माणका क्रममा कुनेपनि गल्ती नगरेको भन्दै उनले त्यसबारे जवाफ दिन आफू सदैब तयार रहेको उनले बताए ।

    ‘निर्णय प्रक्रियामा उहाँको कुनै पनि सहभागिता छैन् । डाटा इन्ट्रि गर्ने काममात्रै उहाँले गर्नुभएको हो । करको दल हेरफेर आफैले गरेको हो । त्यसलाई डिफेन्ड गर्न आफू तयार छु’ उनले भने ।

  • बजेटमा विचौलिया छिरेको विषयमा सदनलाई जानकारी गराउन सांसद खतिवडाकाे माग

    बजेटमा विचौलिया छिरेको विषयमा सदनलाई जानकारी गराउन सांसद खतिवडाकाे माग

    काठमाडौं । रामहरी खतिवडाले बजेट निर्माणका क्रममा भएको कमजोरीबारे जवाफ दिन अर्थमन्त्रीसंग जवाफ मागेका छन् ।

    मंगलबार प्रतिनिधि सभामा उनले असम्बन्धित व्यक्तिलाई बजेट निर्माणमा सामेल गराउनु कारणबारे अर्थमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने उनको माग छ ।

    ‘अर्थमन्त्रालयमा एकजना कर्मचारि रामकृष्ण श्रेष्ठलाई नियुक्त गरिएको थियो । त्यतिबेला अर्थमन्त्री को थियो ? सचिव को थिए । दुई वर्ष अगाडी रिटार्य भएका कर्मचारीलाई त्यहाँ नियुक्ती गर्नु पर्ने जरुरी के पर्‍याे ? त्यो कसको ईच्छामा किन नियुक्ती गरिएको हो त्यसको जानकारी अर्थमन्त्रीसंग माग्न चाहान्छु’ उनले भने ।

  • केपी ओली र रवि लामिछानेसँग छलफलमा अर्थमन्त्री डा. महत

    केपी ओली र रवि लामिछानेसँग छलफलमा अर्थमन्त्री डा. महत

    काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।

    खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठाएका छन् ।

    यस विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । नेताहरुको छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी रहेको स्रोतले बताएको छ ।