• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सदनमा अर्थमन्त्रीको प्रष्टिकरण : करको दर आफैले तय गरेको हो अरुको कुनै भूमिका छैन

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, करको दर फेरबदलमा निर्णायक भूमिका आफ्नो रहेको र अरु कसैको पनि संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको उत्तर दिँदै उनले डाटा इन्ट्रि गर्ने बाहेक अन्य काममा नाम मुछिएका रामकृष्ण श्रेष्ठको संलग्ना नरहेको उनको प्रष्टिकरण छ ।

उनले भने ‘रामकृष्ण श्रेष्ठ उहाँ अनुभवी र दक्ष इमान्दार भएको र मेरो व्यक्तिगत रुपमा केही थिएन् । यसको आवश्यकता छ भनेर नै म भन्दा अगाडीका अर्थमन्त्रीले कर्मचारी छनौट गर्नु भएको हो । यो निर्णय प्रकृयामा उहाँ हुने त कुरै भएन । त्यो निर्णय प्रकृयामा गोप्य निर्णय गर्ने ठाउँमा उहाँ कहीँ कतै हुनुहुन्न। ’

उनले निर्णय भएको विषयमा असम्बन्धित व्यक्तिलाई प्रवेश नदिइएको उनको दाबी छ ।
‘निर्णय प्रकृयामा बसेकै पदाधिकारीको उहाँहरुकै निर्देशन र उपस्थितीमा भने अनुसारको समावेश गरिएको हो । सहयोगीको आधिकारिक काम गर्नेले प्रवेश गर्ने मात्र हो । अरुलाई हेरफेर गर्न छलफलमा भाग लिन कुनै अधिकार हुँदैन ।’

आफूले कर निर्माणका क्रममा कुनेपनि गल्ती नगरेको भन्दै उनले त्यसबारे जवाफ दिन आफू सदैब तयार रहेको उनले बताए ।

‘निर्णय प्रक्रियामा उहाँको कुनै पनि सहभागिता छैन् । डाटा इन्ट्रि गर्ने काममात्रै उहाँले गर्नुभएको हो । करको दल हेरफेर आफैले गरेको हो । त्यसलाई डिफेन्ड गर्न आफू तयार छु’ उनले भने ।