Tag: प्रतिनिधिसभा बैठक

  • प्रश्न उठाएपछि जवाफ दिन उभिएका प्रधानमन्त्री दाहालले बोल्न नै पाएनन्

    प्रश्न उठाएपछि जवाफ दिन उभिएका प्रधानमन्त्री दाहालले बोल्न नै पाएनन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लिएर उत्पन्न विवादले प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच जुहारी नै चलेको छ ।

    आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा रोष्टममा उभिएका प्रधानमन्त्री दाहाललाई प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् । जसका कारण उनले आफ्नो भनाई समेत राख्नसमेत पाएनन् ।

    नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री दाहालले प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अवरोध गरेका थिए ।

    त्यसपछि प्रधानमन्त्री दाहाल बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए । त्यसपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए ।

    सभामुखले नियमआपत्तिका बारेमा केही धारणा भए राख्नका लागि आह्वान गरेपछि केही समयमा वातावरण सहज बनेको थियो । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिए ।

     

  • रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

    रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा १५ वटा मुर्रा प्रजातिका राँगा भारतले दिएको विषयले आजको संसद बैठकमा हंगामा भएको छ।

    सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको देखिएको बताएका थिए।

    प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए।

    खनालले त्यति भनिसक्दा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।

    त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गरेका थिए।

    विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

    एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरेका थिए।

    त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोले पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

  • प्रतिपक्षीको अवरोधले रोकिएको संसद् बैठक अब सोमबार बस्ने

    प्रतिपक्षीको अवरोधले रोकिएको संसद् बैठक अब सोमबार बस्ने

    काठमाडाैं । नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ।

    संघीय संसद्‍मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बैठक सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी दिएाका हुन् ।

    आइतबार बिहान ११ बजे बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका थिए ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका थिए ।

    सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका थिए ।

    बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए ।

    सरकारको कदमविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर बैठकका लागि दलहरुबीच सहमति जुट्न नसक्दा संसद् भोलिसम्मलाई स्थगित गरिएको हो ।

  • प्रतिनिधि सभाको बैठक : प्रधानमन्त्रीसँग जवाफ माग्दै एमाले

    प्रतिनिधि सभाको बैठक : प्रधानमन्त्रीसँग जवाफ माग्दै एमाले

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

    यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको बन्दरगाहसम्म पुग्ने बाटो प्रयोग गर्न दिने शर्तमा नेपाली भूभाग लिपुलेक–लिम्पियाधुरा र कालपानीसहितको भूभाग दिन सकिने भनेर दिएको अभिव्यक्तिको जवाफ माग्ने भएको छ ।

  • भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

    भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बारेमा प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तयारी अन्तिम चरणमा पुगेको बताए।

    उनले बैठकलाई भ्रमणको एजेन्डाबारे पनि जानकारी गराए। सीमा समस्या, ऊर्जा, हवाइ रुटलगायको विषयलाई पनि छलफल हुने बताए।

    उनले भने, ‘नेपालको राष्ट्रिय हित र छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धलाई केन्द्रमा राखेर पूर्व प्रधानमन्त्रीसहित सबैसँग परामर्श गरिसकेको छु।’

    भ्रमणको क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुने बताए।

     

  • संसदकाे अवराेध हटाउन तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा

    संसदकाे अवराेध हटाउन तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा

    काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभा सुरु गर्ने विषयमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।

    त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् ।

    माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।

    सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ । शुक्रबारको बैठकमा एमालेले अवरोध गरेकोले आज बैठक अगाबै एमालेलाई सहमतिमा ल्याउने प्रयासस्वरुप शीर्ष तहमा छलफल भएको हो ।

    शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

    शनिबारकाे लागि तय भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

  • राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने, निर्धारित पोशाकमा आउन सांसदहरूलाई आह्वान

    राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने, निर्धारित पोशाकमा आउन सांसदहरूलाई आह्वान

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराएका हुन् ।

    सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने छ ।

  • राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

    राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आकस्मिक समयको मागसहित राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

    बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए ।

    तर, सभामुखले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

  • लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गर्न सांसद डाँगीकाे माग

    लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गर्न सांसद डाँगीकाे माग

    काठमाडाैं । लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले सरकारसँग माग गरेकी छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद डाँगीले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।

    उनले भनिन् ‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ । डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ । विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन ।’

    उनले जिम्मेवार निकायमा बसेकाले यस्ताे लापरबाही गर्छन् भने उनीहरुलाई कारबाही हुनुपर्ने माग राखिन् ।

    आयोगले परिक्षार्थीहरूका तथ्यांक हराएको भन्दै पुनः फाराम भर्नका लागि सूचना जारी गरेको विषयलाई सांसदले प्रतिनिधिसभा बैठकमा विषय उठाएकी हुन् । उक्त प्रकरणले पनि युवाहरूलाई राज्यप्रति निराश बनाएको उनको भनाइ थियो ।

  • ‘नक्कली शरणार्थी प्रकरणमा संलग्न सांसद संसदमा बाेलिरहेका छन्, किन पक्राउ गरिएन ?’

    ‘नक्कली शरणार्थी प्रकरणमा संलग्न सांसद संसदमा बाेलिरहेका छन्, किन पक्राउ गरिएन ?’

    काठमाडाैं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराएका हुन् ।

    सांसद गैरेले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो। यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ । कारबाही गरिनु पर्दछ ।’

    उनले थपे, ‘यतिमात्रै होइन । हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राउ परेका छन् । केही सांसदहरुलाई वारेन्ट गरिएको छ । भागी राख्नु भएको छ । केही सांसद जो नोटिसमा हुनुहुन्छ । उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नु भएको छ । यो के भएको हो ? म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन् ? यसमा सरकारले के गरिरहेको छ ?’