Tag: बस दुर्घटना

  • चितवनमा जन्ती बाेकेकाे बस दुर्घटना, १९ जना घाइते

    चितवनमा जन्ती बाेकेकाे बस दुर्घटना, १९ जना घाइते

    चितवन । चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

    रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

  • राेहिणी बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, घाइते सबैको परिचय खुल्यो

    राेहिणी बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, घाइते सबैको परिचय खुल्यो

    काठमाडाैं । रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाकाे सनाखत भएकाे छ ।

    ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु भएकाे थियाे । उनीहरूमध्ये ६ जनाकाे सनाखत भएकाे प्रहरीले जनाएकाे छ ।

    दुर्घटनामा घाइते भएका २४ जनाकाे उपचार जारी छ । घाइतेकाे भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएकाे छ ।

    मृतकहरूको नामावली

    १. जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका– ४ बस्ने वर्ष ६५ का राजेन्द्र पाण्डे ।

    २. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका– ८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल ।

    ३. रुपन्देही तिलोत्तमा नगरपालिका– २, योगीकुटी बस्ने वर्ष ५६ का विष्णु पौडेल ।

    ४. रौतहट चन्द्रनिगाहपुर बस्ने वर्ष २० का दिनेश दास ।

    ५. रुपन्देही बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने वर्ष ४८ का कृष्णप्रसाद बस्याल ।

    ६. भारत जनकपुरग्राम बस्ने वर्ष ४० का अरविन्द शर्मा ।

    ७. नाम, थर, वतन नखुलेका वर्ष ३०–३५ को पुरुष ।

    ८. नाम, थर, वतन नखुलेका वर्ष अन्दाजी ४०– ४५ को पुरुष ।

    ९. हाल नाम, थर, वतन नखुलेकोवर्ष ३० को पुरुष ।

    घाइतेहरूको नामावली

    १. जिल्ला धनुषा हंसपुर नगरपालिका– ३ बस्ने वर्ष १८ का मुफिद मन्सुरी ।

    २. जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका– १३ बस्ने वर्ष १८ का रोहन चौधरी ।

    ३. जिल्ला बारा सिमरा नगरपालिका– १३ बस्ने वर्ष १८ का सतेन्द्र चौधरी ।

    ४. जिल्ला बारा सिमरा नगरपालिका– १३ बस्ने वर्ष १५ का वरुण चौधरी ।

    ५. जिल्ला सिरहा, सिरहा नगरपालिका– ९ बस्ने वर्ष ३१ का राकेशकुमार दास ।

    ६. जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका– ५ बस्ने वर्ष २९ का तुलसीराम चौधरी । (सह–चालक)

    ७. जिल्ला धनुषा जनकपुर उ.नगरपालिका– २२ बस्ने वर्ष ३९ का विनोद मुखिया ।

    ८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान ।

    ९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका– ६ बस्ने वर्ष १६ का सहेजाद मुसलमान ।

    १०. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका– ३ शंकरनगर बस्ने वर्ष ३६ का सुमन क्षेत्री । (बस चालक)

    ११. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ बस्ने वर्ष २० का राजेश यादव ।

    १२. जिल्ला रौतहट बस्ने वर्ष २२ का वकिल दास हात ।

    १३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ का गौरव सिंह ।

    १४. जिल्ला झापा बस्ने वर्ष ६० का जयाप्रसाद चापागाईं ।

    १५. जिल्ला झापा बस्ने वर्ष ५६ की तुलसा चापागाईं ।

    १६. भारत बस्ने वर्ष ३२ की सीता शर्मा ।

    १७. भारत बस्ने वर्ष ५ की सन्दीपा शर्मा ।

    १८. भारत बस्ने वर्ष ४ का यश शर्मा ।

    १९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी ।

    २०. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–३ बस्ने वर्ष २२ का विपिन बस्याल ।

    २१. जिल्ला सिरहा सिरहा नगरपालिका–९ बस्ने वर्ष ३१ का राकेशकुमार दास ।

    २२. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ का रामजनम दास ।

    २३. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ की रिङ्की यादव ।

    २४. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।

  • रोहिणी पुलमा भएकाे बस दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाकाे सनाखत

    रोहिणी पुलमा भएकाे बस दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाकाे सनाखत

    रुपन्देही । रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

    जनकपुरबाट भैरहवातर्फ आइरहेकाे लु२ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

    दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

    दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३ कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ वर्षीय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

  • यात्रुबाहक बस खोलामा खस्दा ९ जनाको मृत्यु

    यात्रुबाहक बस खोलामा खस्दा ९ जनाको मृत्यु

    काठमाडाैं । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

    ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

    चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

    घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दाे उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरेकाे गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

  • दैलेखमा बस दुर्घटना, ४ जनाकाे मृत्यु

    दैलेखमा बस दुर्घटना, ४ जनाकाे मृत्यु

    सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे छ भने ३९ जना घाइते भएका छन् ।

    मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।

    रातिको समयमा बस दुर्घटना भएकाले अझै पूरा विवरण नआएकाे पनि प्रहरीले जानकारी गराएकाे छ ।

  • डोटीमा बस दुर्घटना, पाँच जनाको अवस्था जटिल, एक बेपत्ता

    डोटीमा बस दुर्घटना, पाँच जनाको अवस्था जटिल, एक बेपत्ता

    डाेटी । डोटीमा शनिबार बिहान बस दुर्घटना भएको छ ।

    दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

    उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नंको रात्रिबस शनिबार बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो ।

    अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २५ जना घाइते

    बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २५ जना घाइते

    जनकपुर । आइतबार सर्लाहीमा यात्रीवहाक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

    आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा बस पल्टिदा बसमा सवार चारजनाको मृत्यु भएको र बसमा सवार २५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएका छन् ।

    गौतमका अनुसार वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ८५५५ नम्बरको बस फूलजोर खोलामा पल्टिएको हो ।

    दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलिसकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घाइतेको विभिन्न स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।

  • जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु

    जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु

    काठमाडाैं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिकाको बराह चोकनजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २७ जना घाइते भएकाे बताइएकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा जाजरकोटमा अनिला नेपाली, शेरबहादुर परियार, रुकुमकी सन्ध्या मल्ल, दिब्या शाही र सप्तरी राजविराजका गंगाराम यादव रहेका छन् ।

    तीन गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्य घाइतेहरुलाई जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जनाएको छ ।