जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडाैं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिकाको बराह चोकनजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २७ जना घाइते भएकाे बताइएकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा जाजरकोटमा अनिला नेपाली, शेरबहादुर परियार, रुकुमकी सन्ध्या मल्ल, दिब्या शाही र सप्तरी राजविराजका गंगाराम यादव रहेका छन् ।

तीन गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्य घाइतेहरुलाई जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१