Tag: बालेन शाह

  • जित सुनिश्चित भएपछि बालेनकाे प्रतिक्रिया : विजय जुलुस निकालेर अरु पराजित भएकाे संकेत नगराैँ

    जित सुनिश्चित भएपछि बालेनकाे प्रतिक्रिया : विजय जुलुस निकालेर अरु पराजित भएकाे संकेत नगराैँ

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन् ।

    उनले बुधबार फेसबुकमार्फत आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन् । मतदाताहरूले आफूलाई काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताए ।

    उनले विश्वासमा कसैको जित वा हार नहुने बताएका छन् । यस्तै, आफूहरूले विजय जुलुस निकालेर अरूलाई पराजित भएकाे भन्ने संकेत नगर्न पनि अनुरोध गरेका छन् ।

    ‘ठाउँ-ठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं। हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन । यो अभियान सबैको हो यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ,’ उनले भनेका छन् । त्यसको सट्टामा आफूहरू भएकै ठाउँमा धन्यवाद र्‍याली गर्न अनुरोध गरेका छन् ।

    यस्ताे छ उनकाे फेसबुक स्टाटस :

    स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।

    जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔं । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।

    यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

    दोस्रो, ठाउँ-ठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं ।

    अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नुहोला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

    अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरू हुनेछ। हामीले हिँड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।

    हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैं तपाईंहरूसँग जोडिरहेका हुन्छौं । तपाईंहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं ।

    अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरू भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून् ।

    अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं ।

  • बालेनको समर्थनमा ‘लौरो टेकौंला’ गीत सार्वजनिक (भिडिओसहित)

    बालेनको समर्थनमा ‘लौरो टेकौंला’ गीत सार्वजनिक (भिडिओसहित)

    काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदार बालेन्द्र शाहको समर्थनमा ‘लौरो टेकौंला’ गीत सार्वजनिक गरिएको छ ।

    उमेश राउतले लेखेको गीतमा लेखु सहयात्रीले संगीत दिएका छन् । गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यले सामूहिक गायन गरेका छन् ।

    विसम आचार्यले संगीत संयोजन गरेको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको उल्लेख गरिएको छ ।

    भिडिओमा भने चुनावी प्रचारका क्रममा लिइएका बालेनका भिडियो फुटेज प्रयोग गरिएको छ ।

    यस्ताे छ भिडिओ :

  • काठमाडाैंका यी चार वडामा पछि परे बालेन साह

    काठमाडाैंका यी चार वडामा पछि परे बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । उनको मत ३४ हजारभन्दा धेरै भइसकेको छ ।

    सुरूवाती गणनामा सबै वडामा अग्रता लिइरहेका बालेन पछिल्लो गणनामा भने पछि परेका छन् । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को गणना सकिइसकेको छ ।

    मतगणना सकिइसकेका वडामध्ये वडा नम्बर २८ मा बालेन दोस्रो भएका छन् । यहाँ बालेनले ७१७ मत ल्याए । पहिलो भएका एमालेका केशव स्थापितले ७४१ र कांग्रेसकी सृजना सिंहले ७१० मत ल्याए ।

    गणना भइरहेका वडामध्ये वडा नम्बर २४, २५ र २७ मा बालेन पछि परेका छन् । वडा नम्बर २४ मा बालेन तेस्रो स्थानमा छन् । यहाँ एमालेको २९२, कांग्रेसको २४३ र बालेनको २१३ मत पुगेको छ ।

    वडा नम्बर २५ मा बालेन दोस्रो छन् । यहाँ एमालेको ५२४, बालेनको ३५१ र कांग्रेसको ३२२ मत छ । यस्तै वडा नम्बर २७ मा बालेन तेस्रो छन् । यहाँ एमालेको ८३६, कांग्रेसको ७३८ र बालेनको ४६९ मत आएको छ ।

    वडा नम्बर २८ पुरानो बसपार्क, वडा नम्बर २४ मखनटोल, वडा नम्बर २५ जनबहाल र वडा नम्बर २७ महाबौद्ध क्षेत्र हुन् । वडा नम्बर २४, २५ र २७ बालेन तुलनात्मक रुपमा कमजोर भएको भनिएका काठमाडौंको ‘कोर’ भनिने क्षेत्र हुन् ।

    अहिलेसम्मम ९३ हजार ६४७ मत गणना हुँदा बालेन्द्रले ३४ हजार १३० मत पाएका छन् । एमालेका केशव स्थापित १८ हजार ५४७ र कांग्रेसकी सृजना सिंहले १८ हजार ४२९ मत पाएकी छिन् ।

    बालेनले केशव स्थापितसँग १५ हजार ५८३ र सृजना सिंहसँग १५ हजार ७०१ मतको अग्रता लिइरहेका छन् । पछिल्लो समय स्थापितको तुलनामा सृजनाको मत बढेको छ । सृजना स्थापितभन्दा ११८ मत मात्र पछि छिन् ।

  • यस्ताे छ काठमाडाैं महानगरपालिकाकाे पछिल्लाे मतगणना अपडेट

    यस्ताे छ काठमाडाैं महानगरपालिकाकाे पछिल्लाे मतगणना अपडेट

    काठमाडौं । काठमाडाैं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन् ।

    शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन् । ९३ हजार ६४७ मत गन्दा शाहले अग्रता लिइरहेका छन् ।

    नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाए । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाएकी छिन् ।

    राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सम्पन्न भइसकेकाे छ ।

  • बालेनको मत २२ हजार बढी, स्थापित र सिंहको कति ?

    बालेनको मत २२ हजार बढी, स्थापित र सिंहको कति ?

    काठमाडाैं । काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नाघेको छ ।

    ५८ हजार ७६ मत गन्दा बालेनले २२ हजार १८९ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत पाएका छन् ।

    यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन् ।

  • काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

    काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

    काठमाडौं । काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् ।

    वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ ।

    ‘लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका प्रेमकुमार श्रेष्ठले भने ।

    उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् ।

    यसैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।

  • मध्यान्ह १२ बजेको अपडेट : स्थापितभन्दा बालेन २८७५ मतले अगाडि

    मध्यान्ह १२ बजेको अपडेट : स्थापितभन्दा बालेन २८७५ मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।

    राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार (२ जेठ)को मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन् ।

    साहले ६ हजार १६ मत ल्याउँदा उननलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार १४१ मत ल्याएका छन् । कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन् ।

    यसैगरी, राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् ।

  • काठमाडाैंमा अग्रता बढाउँदै बालेन शाह

    काठमाडाैंमा अग्रता बढाउँदै बालेन शाह

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

    पछिल्लो मतगणना अनुसार ५ हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन सय ४६ मतसहित पछ्याइरहेका छन् ।

    गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ सय ४० मत पाएकी छिन् ।

    यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगाेल ५ हजार ८ सय ४४ मत ल्याएर अग्र स्थानमा छिन् ।

  • बालेन शाहले कटाए २ हजार बढी मत, अन्यकाे कति ?

    बालेन शाहले कटाए २ हजार बढी मत, अन्यकाे कति ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाएका छन् ।

    शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले १ हजार १६४ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत पाएकी छन् ।

    यसैगरी राप्रपाबाट मदनदास श्रेष्ठ र अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १६५/१६५ मत ल्याएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।

  • काठमाडौं मेयरमा उम्मेदवारी दिएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र

    काठमाडौं मेयरमा उम्मेदवारी दिएका बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र

    काठमाडौं । बालेन शाहले काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए ।

    उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

    उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

    हेर्नुहाेस् पूर्णपाठ :

    याे पनि पढ्नुहाेस् :

    बालेन शाहकाे दाबी : कांग्रेस र एमालेको भोट काटेर जित्छु

    बालेन शाह : जसका तीन ‘प’ को सुत्रले फेर्नेछ काठमाडाैंको मुहार (भिडिओसहित)