• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेनको मत २२ हजार बढी, स्थापित र सिंहको कति ?

काठमाडाैं । काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नाघेको छ ।

५८ हजार ७६ मत गन्दा बालेनले २२ हजार १८९ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन् ।