Tag: बालेन साह

  • नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध बालेन साहले दिए प्रेस काउन्सिलमा उजुरी

    नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध बालेन साहले दिए प्रेस काउन्सिलमा उजुरी

    काठमाडाैं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

    उक्त सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको साहको आरोप छ ।

    केही दिनअघि महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए ।

    साहले लेखेका छन्, ‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु ।’

  • बालेन साह भेटबारे केशव स्थापितले भने, ‘बालेन साह सुन्ने मुडमा थिएनन्’

    बालेन साह भेटबारे केशव स्थापितले भने, ‘बालेन साह सुन्ने मुडमा थिएनन्’

    काठमाडौं । नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले वालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् ।

    केही दिन अघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।

    ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन । मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो ।’

    स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेटन आएको जस्तो देखिन्थे । ‘यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो । यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु । मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु ।’

  • भृकुटीमण्डपको आगलागीस्थल पुगे मेयर बालेन साह

    भृकुटीमण्डपको आगलागीस्थल पुगे मेयर बालेन साह

    काठमाडौं । भृकुटी मण्डपभित्र आगलागी भएको छ । भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ ।

    आगलागी भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भृकुटीमण्डप पुगेका थिए । आगलागीको कारण भने खुलेको छैन ।

  • एक्सनमा उत्रिए मेयर बालेन साह, धाेवीखोलामा फाेहाेर फाल्नेलाई २५ हजार जरिवाना

    एक्सनमा उत्रिए मेयर बालेन साह, धाेवीखोलामा फाेहाेर फाल्नेलाई २५ हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ ।

    धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो । जसलाई छानबिन गरी कारबाही स्वरुप सो रकम तिराएको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

    उनले लेखेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ। सो सामग्रीको छानबिन गरी उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चीस हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’

    कुनैपनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिन उनले अनुरोध समेत गरेका छन् ।

  • किन पुगे काठमाडाैं महानगरका मेयर बालेन साह सर्वाेच्च अदालत ?

    किन पुगे काठमाडाैं महानगरका मेयर बालेन साह सर्वाेच्च अदालत ?

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन् । उनी सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत पुगेका हुन् ।

    बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन् ।

    अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजालसमा सुनुवाइ भइरहेको छ ।

    उक्त सुनुवाइका क्रममा उठेका प्रश्नको जवाफका लागि बालेन्द्र अदालत गएका हुन् ।

  • बाबुराम भट्टराई र मेयर बालेन साहबीच भेटवार्ता

    बाबुराम भट्टराई र मेयर बालेन साहबीच भेटवार्ता

    काठमाडाैं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ ।

    शुक्रबार उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएकाे भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् ।

    यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालकाे सफलताको शुभकामना पनि दिएका छन् ।