• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बाबुराम भट्टराई र मेयर बालेन साहबीच भेटवार्ता

काठमाडाैं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ ।

शुक्रबार उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएकाे भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् ।

यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालकाे सफलताको शुभकामना पनि दिएका छन् ।

काठमाण्डौ मानपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श! सफलताको हार्दिक शुभकामना ! pic.twitter.com/hkmgep6A84

— Baburam Bhattarai (@brb1954) July 8, 2022