Tag: भूकम्प

  • भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

    भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

    अहिले बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।

  • चीनमा ६ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प

    चीनमा ६ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प

    एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान भूकम्प गएकाे छ ।

    बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।

    तेह्र किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीइएनसीले जनाएको छ ।

    यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।

  • सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

    काठमाडाैं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

     

  • ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

    ताइपेइ । ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ ।

    भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

    पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको सँगमनजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ ।

    ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो ।

  • जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प

    जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडाैं । जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ९ः५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्प गोरखा भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प भएको पनि केन्द्रले जनाएको छ ।

  • फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

    फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

    काठमाडाैं । फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।

    उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू क्यालेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरभन्दा कम छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।

    तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ ।

    ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।

    भूकम्पसम्बन्धी थप विवरण संकलन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

  • ताप्लेजुङ केन्द्रबिन्दू बनाएर भूकम्पकाे धक्का

    ताप्लेजुङ केन्द्रबिन्दू बनाएर भूकम्पकाे धक्का

    ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

    आज ४ बजेर ३९ मिनेटको समयमा ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तरमा केन्द्र बनाए भूकम्प गएको केन्द्रले जनाएको छ ।

    नेपालमा २०७२ को विनाशकारी भूकम्पपछि पटक पटक पराकम्प जाने गरेको छ ।

  • ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

    ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

    काठमाडाैं । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ ।

    २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

    ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ ।भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ ।

    प्रभावित क्षेत्रहरू, र हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक अधिकारीहरुले जनाएका छन् ।

  • जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प, २ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

    जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प, २ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

    काठमाडाैं । जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पमा कम्तीमा ९० जना घाइते भएका छन् ।

    उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको बीबीसीले जनाएको छ।

    भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ । विद्युत् नियमित गर्न प्रयास भइरहेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

    सन् २०११ को शक्तिशाली भूकम्पले जापानमा सुनामी आएको थियो ।