Tag: मधेश प्रदेश

  • मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

    मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

    धनुषा । मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

    ‍शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिन साह कलवार, कानुनमन्त्री राजकुमार लेखी, महिला बालबालिका मन्त्री मोहम्मद जयद आलमले शपथ ग्रहण गरेका हुन् ।

    यस्तै, शेख अब्दुल आलम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्य मन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

    यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वसन्त कुशवाहाले कार्यभार सम्हालिसकेका छन् ।

    भागबन्डा नमिलेपछि नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । दुईवटा मन्त्रालय मागेको माओवादी केन्द्र माग पूरा नभएपछि सरकारमा सहभागी नभएकाे हाे ।

  • मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ–को अगाडि ?

    मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ–को अगाडि ?

    जनकपुरधाम । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् ।

    निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात/सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ ।

    एमालेका सात उम्मेदवार क्रमशः सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित भएका हुन् ।

    त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय हुनुहुन्छ । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि छन् ।

    जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन् भने एक स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भएका हुन् । धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गरेका छन् । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव सुरुदेखि नै पछाडि छन् ।

    माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं १ मा गिरिराजमणि पोखरेल अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार तीन क्षेत्रमा निर्वाचित भएका छन् । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका हुन् ।

    त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् । जनमत पार्टीले पनि एक स्थानमा जित निकालेको छ । पार्टी अध्यक्ष डा. सिके राउत सप्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । त्यसैगरी, तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह छन् ।

    निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  • मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

    मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

    काठमाडौं । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो।

    बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयहोगी माग गरिएको छ । १५ दिनभित्र आवेदन दिन सकिनेछ ।