• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

धनुषा । मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

‍शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिन साह कलवार, कानुनमन्त्री राजकुमार लेखी, महिला बालबालिका मन्त्री मोहम्मद जयद आलमले शपथ ग्रहण गरेका हुन् ।

यस्तै, शेख अब्दुल आलम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्य मन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वसन्त कुशवाहाले कार्यभार सम्हालिसकेका छन् ।

भागबन्डा नमिलेपछि नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । दुईवटा मन्त्रालय मागेको माओवादी केन्द्र माग पूरा नभएपछि सरकारमा सहभागी नभएकाे हाे ।