Tag: माैसम पूर्वानुमान

  • पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    काठमाडाैं । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ ।

  • हल्का वर्षाको सम्भावना

    हल्का वर्षाको सम्भावना

    काठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    उक्त प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही सथानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  • पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

    काठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ ।

  • पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

    पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडाैं । शुक्रबार दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    शुक्रबार राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने अनुमान गरिएको छ ।

    आइतबार देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा अंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेश र प्रदेश १ मा अंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।

  • धुम्मियाे माैसम, बेलुकीपख पानी पर्ने सम्भावना

    धुम्मियाे माैसम, बेलुकीपख पानी पर्ने सम्भावना

    काठमाडाैं । शुक्रबार बिहान देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण माैसम धुम्मिएकाे र बेलुकीपख पानी पर्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । यस्तै, शुक्रबार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ ।

    राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेकाे माैसमविद्ले बताएका छन् ।

    पश्चिमी न्यून चापीय प्रणालीको असर शनिबारसम्म रहने छ । आइतबारदेखि भने माैसम सफा रहने माैसमविद्हरुकाे पूर्वानुमान छ ।

  • कस्ताे रहला बिहीबार देशभरकाे माैसम ?

    कस्ताे रहला बिहीबार देशभरकाे माैसम ?

    काठमाडाैं । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा माैसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    बिहीबार सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भइरहेको छ ।

    बिहीबार राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    हाल देशका पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

  • देशका केही ठाउँमा वर्षाको सम्भावना

    देशका केही ठाउँमा वर्षाको सम्भावना

    काठमाडाैं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको महाखाशाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव दुई डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस छ ।

  • यस्ताे रहनेछ साेमबार देशभरकाे माैसम

    यस्ताे रहनेछ साेमबार देशभरकाे माैसम

    काठमाडाैं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले साेमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।

    बिहान र बेलुकीका समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार साेमबार काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै, सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस छ ।

  • पश्चिमी न्यून प्रणालीकाे प्रभाव : देशका यी भूभागमा वर्षाकाे सम्भावना

    पश्चिमी न्यून प्रणालीकाे प्रभाव : देशका यी भूभागमा वर्षाकाे सम्भावना

    काठमाडाैं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली भएकाे छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक व दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।

     

  • मंगलबार र बुधबार पहाडी भूभागमा वर्षाको सम्भावना

    मंगलबार र बुधबार पहाडी भूभागमा वर्षाको सम्भावना

    काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    साेमबार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

    विभागका अनुसार सोमबार दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएकाे छ । महाशाखाका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यस्तै, बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।