मंगलबार र बुधबार पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

साेमबार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

विभागका अनुसार सोमबार दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएकाे छ । महाशाखाका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै, बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१