Tag: रवि लामिछाने

  • कामकाे तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ, खबरदारी दिल खाेलेर गर्नुस् : गृहमन्त्री लामिछाने

    कामकाे तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ, खबरदारी दिल खाेलेर गर्नुस् : गृहमन्त्री लामिछाने

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गरेकाे कामकाे तारिफ गर्न कन्जुस्याइँ गरेपनि खबरदारी दिल खाेलेर गर्न आह्वान गरेका छन् ।

    उनले अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको बताएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,’ अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको छ । हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन । हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’

    यसका साथै आफूले इमानदारिता कहिल्यै नगुमाउने प्रतिज्ञा पनि उनले गरेका गरेका छन् ।

    ‘बाल्यकालदेखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो । सम्पूर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरूका लागि यहीँबाट धन्यवाद टक्र्याएको छु’ उनले भनेका छन्।

    उनले यदि आफूहरूको काम चित्त नबुझे खबरदारी गर्न समेत आग्रह गरेका छन् ।

    ‘हामी हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौँ । हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला । जीवनमा आलोचक साथीहरू छन् र त सुखद् यात्राहरू सम्भव भए । अबको यात्रामा पनि यसैगरी सघाउनु होला’, उनले भनेका छन् ।

  • रवि लामिछानेले पिर्के सलामी युगको अन्त्य गरिदिए : हेमन्त सेढाई (भिडिओसहित)

    रवि लामिछानेले पिर्के सलामी युगको अन्त्य गरिदिए : हेमन्त सेढाई (भिडिओसहित)

    काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यतिबेला चर्चामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान तथा गृह सम्हालेका मन्त्री लामिछानेले लिएकाे सलामी यतिबेला चर्चामा छ ।

    अघिल्ला मन्त्रीजसरी सरकारी निवास सर्दा भुइँमा रातो पिर्का राखेर लिने गरिएको सलामी मन्त्री लामिछानेले अस्वीकार गरेका थिए ।

    बिहीबार निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका मन्त्री लामिछानले सलामी लिए तर, विगतमा जसरी ‘पिर्का’ माथि उभिने परम्परा भने त्यागे ।

    मन्त्री लामिछानेले स्वकीय सचिव प्रकाश सिग्देललाई पिर्का नराख्न निर्देशन दिएअनुसार नै सलामीमा ‘पिर्का’ नराखिएको हो ।

    यसअघिका मन्त्रीहरुले भने रातो पिर्कामाथि उभिएर नेपाली सेनाको सलामी लिने गरेका थिए । सरकारी निवास प्रवेश गर्नुअघि मन्त्री लामिछानेले पूजापाठसमेत गरेका छन् ।

    रवि लामिछानेले पिर्के सलामी लिने युगकाे अन्त्य गराइदिएको विश्लेषक हेमन्त सेढाई बताउँछन् । हुलाक सञ्चारसँगकाे कुराकानीका क्रममा सेढाईले भने ‘सलामी र गुलामी दुवैकाे अन्त्य गराइदिएका छन् रवि लामिछानेले ।’

    हेर्नुहोस् भिडिओ :

     

  • प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

    प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले मन्त्रालय र आफ्नो तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताएका हुन् ।

    उनले प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन प्रहरी अधिकारीहरूलाई आग्रह गरे ।

    प्रहरीको तलब, रासन, भत्तालगायत अन्य सेवा सुविधामा पुनरावलोकन गर्न आफू तयार रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।

  • रवि लामिछाने गृहमन्त्री भएपछि खुशी भए हर्क साम्पाङ

    रवि लामिछाने गृहमन्त्री भएपछि खुशी भए हर्क साम्पाङ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् ।

    शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका हुन् ।

  • रवि लामिछाने बने गृहमन्त्री

    रवि लामिछाने बने गृहमन्त्री

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीमा नियुक्त भएका छन् ।

    चितवन २ बाट चुनाव जितेका लामिछानेलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

    उनले शपथसमेत लिइसकेका छन् । लामिछानेको नागरिकता र राहदानी विवादित छ ।

  • प्रचण्ड नेतृत्वकाे सरकारमा तीन जना उपप्रधानमन्त्री

    प्रचण्ड नेतृत्वकाे सरकारमा तीन जना उपप्रधानमन्त्री

    काठमाडाैं । सात दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डको सरकारमा तीनजना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आकर्षक मन्त्रालयसहित उपप्रधानमन्त्रीमा सपथ लिने तयारीमा छन् ।

    यस्तै, सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीमा दाबी गरेको छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने पनि लगभग निश्चित भएको बताइएकाे छ ।

    उनले गृह मन्त्रालय माग गरे पनि त्यसबार भने सहमति हुन सकेको छैन ।

     

  • रवि लामिछाने उपप्रधानमन्त्री बन्ने !

    रवि लामिछाने उपप्रधानमन्त्री बन्ने !

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका छन् । तर मन्त्रालयमा भने सहमति भइनसकेकाे रास्वपाका एक नेताले जानकारी दिए ।

    उपप्रधानसहित सभापति लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने भएको हो ।

    रास्वपाले ६ वटा मन्त्रालयमा दाबी गरेको छ । तर सातवटा दलले प्रधानामन्त्रीमा प्रचण्डलाई समर्थन गरेकाले ६ वटा मन्त्रालय पाउने छैन ।

    पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्री छनोट गर्ने रास्वपाको तयारी छ । रास्वपाले कृषि, भौतिक, श्रम तथा रोजगार मन्त्रालयमा दाबी गरेको छ ।

  • रवि लामिछानेको नेतृत्वमा रास्वपा पनि सरकारमा सहभागी हुने

    रवि लामिछानेको नेतृत्वमा रास्वपा पनि सरकारमा सहभागी हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

    पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए ।

    तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनकाे भनाइ छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

     

  • रवि लामिछानेलाई सांसदकाे शपथ लिने बाटाे खुला, सर्वाेच्चले दिएन अन्तरिम आदेश

    रवि लामिछानेलाई सांसदकाे शपथ लिने बाटाे खुला, सर्वाेच्चले दिएन अन्तरिम आदेश

    काठमाडाैं । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ ।

    नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो ।

    संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत थिए ।

    लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उहाँको शपथमा रोक लगाउन माग गरेर सर्वोच्चमा रिट परेको थियो ।

    अमेरिकाको नागरिकता प्राप्त गरेपछि लामिछानेको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको र पछि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिका लागि पुनः प्रक्रियामा जानुपर्नेमा खारेज भएकै नागरिकता प्रयोग गरेर दल गठन तथा सांसदका लागि उम्मेदवार बनेको आरोप रहेको छ ।

  • ठूला दलले च्याँखे थाप्दा रवि लामिछानेलाई प्रधानमन्त्रीकाे चिठ्ठा !

    ठूला दलले च्याँखे थाप्दा रवि लामिछानेलाई प्रधानमन्त्रीकाे चिठ्ठा !

    काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएर यतिबेला सरकार बनाउने रस्साकस्सी चलिरहेकाे छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस र त्यसपछिकाे दाेस्राे ठूलाे दल नेकपा एमाले दुवै आफ्नाे सरकार बनाउने दाउमा देखिन्छन् ।

    प्रतिनिधिसभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान इच्छुक देखिएको संकेत गरेपनि ठूला राजनीतिक दलका शीर्ष नेताले भने ‘नयाँ बाच्छो’सँग लातारिएर मेलो लाग्नुपर्ने डरले सरकारमा सम्मिलित गर्न त परै जा‌‌ओस् औपचारिक रुपमा वार्तासम्म गर्ने चेष्टा गरेका थिएनन् ।

    तर पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका सभापति लामिछानेले भेटिसकेका छन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाटको चाँजोपाँजो मिलाएर संसदीय राजनीतिको नयाँ खेलाडी बन्ने तरखरमा अघि बढीसकेका छन् ।

    तर संसदीय अभ्यासमा सत्ता स्वार्थको लय मिलाएर दशकाैँदेखि राज्यकोषमा रजाइँ गरेका कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता दललाई भने रवि र रविको रास्वपा सरकारमा लैजाँदा र नलैजाँदा दुवै स्थितिमा टाउको दुखाइको विषय बन्ने निश्चित देखिन्छ । सरकारमा सम्मिलित गर्दा राम्रो काम गरेर जनताको मन जित्ने र सम्मिलित नगराउँदा संसदभित्र तीनै ठूला नेताको कालाकर्तुतको पोल खोलेर बबन्डर गर्ने त होइनन् भन्ने डरले मुटुमा ढ्यांग्रो ठोकेको छ । प्रचलित उखान ‘नखाउँ कर्कली सासु जर्कली, खाउँ कर्कली पेटै फर्कली’ भन्ने स्थिति ठूला भनिने दलका लागि रविको रास्वपा बन्ने देखिन्छ ।

    उता, प्रधानमन्त्रीको दावी गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर राजनैतिक पात्रको उपनाम, जो कहिले एमाले त कहिले कांग्रेससँग मिलेर चुनाव लड्ने र सत्ताको भर्‍याङ्ग चढीहाल्ने उनको स्वभाव जगजाहेर छ । प्रचण्डलाई कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री मान्न तयार नदेखिएपछि र एमाले नेता विष्णु पौडेलले घरमै आएर प्रधानमन्त्रीको ललिपप देखाएपछि एमाले र रास्वपासहितको सरकार माओवादीकाे नेतृत्वमा निर्माण गर्ने सपना बुनेर प्रचण्डका दूतहरु रविको पार्टीसँग वार्ता गरिरहेका छन् । वार्ता र छलफल भएकाेबारे प्रचण्डले मुख खाेलिसकेका छन् ।

    यदी, एमाले माओवादी र रास्वपासहित अन्य साना राजनीतिक दलको आलोपालो नेतृत्व गर्ने सरकार बन्यो भने रास्वपा सभापति रवि लामिछानेले पनि पाँच वर्षभित्र प्रधानमन्त्रीको च्याखे दाउ मार्न सक्छन् । त्यसो हुँदा राष्ट्रिय पार्टीसमेत बन्न नसकेको १० सिटमा एक वर्ष प्रधानमत्री बन्ने सपना देखेका समाजवादी अध्यक्ष माधवकुमार नेपाल मुर्छा पर्ने छन् त सात पटक प्रधानमन्त्री बन्ने भनेर ज्योतिषले भविष्यवाणी गरेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाको ज्योतिष पनि फ्लप जाने छ । अर्कोतर्फ युवा प्रधामन्त्रीको हल्ला पिटेर चुनाव जितेका महामन्त्री गगन थापाको सपना युवा प्रधानमन्त्री आफू नभई रवि लामिछाने बनेर पूरा नगर्लान् भन्न सकिने अवस्था छैन ।

    किनकी, प्रचण्ड नै त्यो पात्र हुन् जसले नेपाली राजनीतिको चाबी आफ्नो हातमा लिएर अरुलाई प्रधानमन्त्री बनाउन उद्यत हुन्छन् । यसपटक प्रचण्डले आफूसहित नयाँ पात्र रवि लामिछानेलाई पनि आलोपालो प्रधानमन्त्री बनाउने हल्लाले राजनीतिक बजार तातेको छ ।