Tag: रवि लामिछाने

  • रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता

    रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता

    काठमाडाैं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पूरक अभियोगपत्र दायर भएको छ ।

    उनीविरुद्ध फरक–फरक कसूरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको कास्की जिल्ला अदालतस्राेतले बताएकाे छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो ।

    कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनु पर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।

    सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया प्रालिमा सहकारीबाट आएको रकमको हकमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित जिम्मेवार रहने भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।

    आइतवार लामिछानेलाई पनि कास्की जिल्ला अदालतमा पुर्‍याइएको थियो । लामिछाने आफू निर्दोष रहेको र राज्यले आफूसँग प्रतिशोध साँधेको बताउने गरेका छन् । उनको दलले पनि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही अघि बढाइएको भन्दै प्रदर्शन गर्दै आएको छ।

    पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा १९ जनाविरुद्ध शुक्रवार थप अभियोजन दर्ता गराएको थियो ।

    त्यसमा जीबी राई भनिने गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको थियो ।

  • रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई कारवाही गरिने

    रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई कारवाही गरिने

    काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई कारवाही गर्ने भएको छ ।

    बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले कारबाही गर्ने जनाएकाे हाे ।

    ‘…प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

    रवि हिरासतमा सुतिरहेको फोटो डा. निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकारसमेत गरिसकेका छन् ।

  • रवि लामिछानेविरुद्ध पासपाेर्ट मुद्दा सुनुवाईका लागि ४ महिनापछि पालाे

    रवि लामिछानेविरुद्ध पासपाेर्ट मुद्दा सुनुवाईका लागि ४ महिनापछि पालाे

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ ।

    महान्यायाधीवक्ता कार्यालयले रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग सम्बन्धी अनुसन्धानमा मुद्दा नचल्ने निर्णय गरेपछि त्यो निर्णय बदर हुनुपर्ने माग राखी युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    उक्त रिट निवेदनमाथि सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले हेर्न नभ्याएपछि १८ चैतका लागि पेशी तोकेका हुन् । पटक-पटक स्थगित भएको मुद्दाको सुनुवाई अब ४ महिनापछि हुनेछ ।

  • रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    काठमाडाैं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो ।

    न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।

    पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने गएकाे शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो ।

    शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

  • रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्

    रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

    शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।

    पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् । प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर्, भ्रस्टहरूलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन् ।

    दुईतिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापतिलाई पक्राउ गरेको प्रदर्शनकारीहरूको भनाइ छ ।
    प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमा समेत आफ्नो मान्छे राखेर मनपरी गरेको आरोप लगाएका छन् ।

    शनिबार पोखरामा प्रर्दशन पछिको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता झाले सरकार अब नाङ्गिएको बताएका हुन् । उनले भने, ‘यो सरकारले सबै ठाउँमा आ–आफ्ना मान्छे पुर्याउने, आफ्नो कार्यकर्ता भर्ती गर्ने काम गरिरहेको छ । हुँदाहुँदै अदालतमा पनि आफ्नो कार्यकर्ता पुर्याएको छ । यसको परिणाम हामीले देखिसकेका छौं यो सरकार नाङ्गिएको छ ।’

    झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिंदै व्यङ्यात्मक रुपमा भने,‘गगन थापा तिमी पनि नाङ्गियौं अब, किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौं । नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको ?’

    यस्तै उनले भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गरे । उनले शेरबहादुर देउवा लोकतन्त्रको सबैभन्दा ठूलो ठग भएको आरोप लगाएका छन् । उनले भने, ‘भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले मन्त्री बनाएको होइन ? सदियौंदेखि भ्रष्ट लिएर हिँड्ने प्रवृति हाबी भइसकेको छ । शेरबहादुर देउवा त सबैभन्दा ठूलो ठग हुन । लोकतन्त्रको सबैभन्दा ठूलो ठग हुन । त्यसको जवाफ हामीले दिनैपर्छ ।’

  • सहकारी ठगी प्रकरणमा पक्राउ परे रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा पक्राउ परे रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवी लामिछाने प्रक्राउ परेका छन् ।

    शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा तर्फ लगेका छन् ।
    रवी पक्राउ परेपछि उनका कार्यकर्ता र समर्थकहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन् ।

    सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको थियो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।

    त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।

    यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

  • पक्राउ पुर्जी जारी भएपछि रविले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!

    पक्राउ पुर्जी जारी भएपछि रविले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीमा उनीविरूद्ध शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो ।

    लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो । पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै कानुनलाई पूरा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    यस्तो छ लामिछानेको फेसबुक स्टाटस;

    सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो!!

    तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

    तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।

    तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?

    तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?

    यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।

    ठिक छ, म तपाईहरुको दिनगन्ती सुरू भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्दता ब्यक्त गर्दछु ।

    नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् । 

    अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर मलाई न्यायलयप्रति आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।

  • संचारमाध्यमप्रति रवि लामिछानेको कटाक्ष : मलाई नंग्याउने निउँमा आफूलाई नाङ्गो नपार्नुहोस्

    संचारमाध्यमप्रति रवि लामिछानेको कटाक्ष : मलाई नंग्याउने निउँमा आफूलाई नाङ्गो नपार्नुहोस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय छानविन विषेश समितिले आफूलाई लाग्दै आएको मुल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिएपनि केही सञ्चार माध्यमहरु भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन्।

    मंगलबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्विकार्न नसकेको बताए ।

    उनले भने, ‘हिजो भर्खरै संसदीय छानविन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो । त्यसमा मुल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरु मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए। समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन । सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । पुष्टि हुन सकेन । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ । यति कुरा स्वीकार्न के गार्हो कुरा भयो । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ । हामीलाई केही आपत्ति छैन ।’

    कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरु गाली खान नडराउने स्पष्ट पारे । त्यस्तै, सभापति लामिछानेले अरुलाई नंग्याउने निउँमा आफूहरु नाङ्गो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे ।

    ‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस्,’उनको भनाइ छ ।

  • गृहमन्त्री रवि लामिछानेकाे आराेप : भ्रष्ट्राचारकाे फाइलले बेचैनी आएर नयाँ गठबन्धन बनाइयो

    गृहमन्त्री रवि लामिछानेकाे आराेप : भ्रष्ट्राचारकाे फाइलले बेचैनी आएर नयाँ गठबन्धन बनाइयो

    काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका छन् ।

    मंगलवार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकाएक संविधान जोगाउनुपर्ने अवस्था नआएको बरू केही भ्रष्ट र अपराधि जोगाउनुपर्ने अवस्था आएको व्यंग गरे ।

    उनले भने, ‘यो संविधान जोगाउन गरेको हो कि कसैलाई जोगाउन खोजेको हो ?’

    लोकतन्त्रमा बलियो प्रतिपक्षी चाहिने भएकाले कांग्रेस-एमाले मिल्नु अस्वाभाविक भएको उनको भनाइ छ । ‘लोकतन्त्रमा संख्याको हिसाबले पनि बलियो प्रतिपक्षी चाहिन्छ,’ उनले भने, ‘कांग्रेस र एमालेको गठबन्धनले लोकतन्त्रमाथि नै प्रश्न उठाएको छ ।’

    सोमवार मध्यरातमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदको आगामी कार्यकालका लागि आधा/आधा समय प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

    संविधान संशोधनलगायत केही बुँदामा ओली-देउवाबीच सहमति बनेपछि दुई ठूला दल मिलेर सरकार चलाउने भएका हुन् । पहिलो कार्यकालमा ओली र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

  • रास्वपा कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने (भिडिओसहित)

    रास्वपा कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने (भिडिओसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।

    उनले भने, ‘नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’ परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे ।

    दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको भनाइ छ ।

    हेर्नुहोस् भिडिओ :