Tag: रवि लामिछाने

  • कांग्रेसलाई जस्तो गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन : रवि लामिछाने

    कांग्रेसलाई जस्तो गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् ।

    शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्न नसकेकोे दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने बताए ।

    उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा कहिल्यै पुग्दैनौं । हामी काम गर्न नसकेको र नपाएको दिन नै सत्ता छोडेर जान्छौं, सबैको झोलामा राजीनामा तयारी अवस्थामा छ, मात्र मिति लेख्न बाँकी छ ।’

    उनले आफ्नो र आफन्तको व्यक्तिगत माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता रास्वपामा नभएको जिकिर गरे । एकपछि अर्को भ्रष्टाचारी समातिँदै गर्दा अर्को कहिले समातिन्छ भन्दै जनता उत्सुक भन्दै उनले ‘नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन् । समाउन खोज्दा खोज्दै चिप्लिन्छन्’ भन्दै व्यंग्य गरे ।

    उनले भने, ‘आफ्नो व्यक्तिगत माग, परिवारको साथीभाईको माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता हामीसँग छैनन् । ढुक्क हनुहोस् हामीसँग भ्रष्टाचारीको फाइल छ । हामी त्यो अधिकारको एक सेकेण्ड पनि दुरुपयोग हुन दिँदैनौं । त्यसको सुरुवात गरिसकेका छौं । एउटा भ्रष्टाचारी समातियो अर्को खोइ भन्ने जनतामा आतुर छन् । तर नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन,् समाउन खोज्दा खोज्दै चिप्लिन्छन् । कतिपय बाठा हुन्छन् फुत्त लुकिहाल्छन् । जति ठूला चिल्ला माछा हुन् जनताले दिएको शक्तिको अगाडि केही लाग्दैन तिनीहरुको ।’

    सभापति लामिछानेले रास्वपाले नेतृत्व गरेको मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्न नपर्ने भन्दै मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत भएकाले आफूहरुले संयन्त्रलाई काम गराउन लगाउने बताए । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुने उनको भनाइ छ ।

    उनले भने, ‘हामीले नेतृत्व गरेका मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्नु पर्दैन । मन्त्रीलाई भेट्नै पर्दैन । रहरले फोटो खिच्न भेटेको थिए भन्न छुट्टै कुरा हो । तर मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत हो । हामी त्यो गर्न चाहदैनौं । हाम्रो संयन्त्रलाई काम गराउन चाहन्छौं । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुन्छन् ।’ आफ्ना साथीहरुसँग कुरा लुकाउनुपर्ने काण्डहरु लुकाउनुपर्ने अवस्थामा हामी जाँदैनौ ।’
    .

  • गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगियाे, शपथकाे तयारी

    गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगियाे, शपथकाे तयारी

    काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ ।

    भागबन्डा मिलेपछि बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ । नयाँ मन्त्रीहरूको सपथ बुधबार साँझ ५ बजे गर्ने तयारी छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएकाे हाे ।

    भागबण्डा अनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ ।

    रास्वपालाई गृह र माओवादीलाई अर्थ दिनेगरी समझदारी जुटेको छ ।

     

  • खाली आक्रमण सभापतितिरै हुन्छ : सोविता गौतम (भिडिओसहित)

    खाली आक्रमण सभापतितिरै हुन्छ : सोविता गौतम (भिडिओसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सभापति रवि लामिछानेको परिर्वतनको आन्दोलन नरोकिने बताएकी छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा गौतमले परिर्वतनको आन्दोलन सुरु गरेको रवि लामिछानेमाथि परिवर्तन नचाहनेले बारम्बार आक्रमण गरेको बताएकी हुन् । उनले भनिन ‘यहि रवि लामिछानेले पहिले सुरु गरेको यसलाई चाही हान्ने भनेर सोचेर होकी क्याहो, खाली आक्रमण सभापतितिरै हुन्छ ।’

    त्यो आक्रमणले परिवर्तनको अभियान नरोकिने उनले दाबि गरेकी छन् । ‘यो राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र अभियान होइन, यो युवा पुस्ताको पुस्तातरणको अभियान हो । अब यो रोकिनेवाला छैन् जति प्रहार गर्नुहुन्छ त्यति मजबुत भएर हामी आउँछौ । हामी साथ छोड्नै छैनौ ।’

    भिडिओ

  • रवि लामिछानेको आक्रोश : पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ

    रवि लामिछानेको आक्रोश : पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विना धितो सहकारीबाट ऋण ल्याएको विषयमा प्रष्टोत्ति दिएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

    उनले कान्तिपुर दैनिकले मंगलबार ‘सहारा चितवन सहकारीका बचतकर्ता वेसहाराः ८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा शीर्षक’को समाचार भ्रमित भएको बताएका छन् । भ्रमलाई सत्यका रुपमा स्थापित गर्न कान्तिपुरले पुरानो सेयर लगतको विवरण छापेको तर विवरण अहिले निकै फेरबदल भएको उनको भनाई छ । आफूले ग्यालेक्सी टीभी छोड्ने बेलैमा आफ्नो सेयर सबै कानुनी रुपमा ट्रान्सफर गरेको बताएका छन् ।

    उनले भने् ‘ मैले ग्यालेक्सी टीभी छोड्ने बेलैमा आफूलाई दिएको (पैसा लगानी नगरी) सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको थिएँ। तर, मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रुपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ, मैले बुझ्न सकेको छैन । उसले पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन। सेयर लगतको नयाँ कागजात तल पोष्ट गरेको छु जसमा मेरो सेयरवाला नभएको स्पष्ट देखिन्छ ।’

    लामिछानेले कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रुपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र ? भनेर प्रश्न गरेका छन् । ‘कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रुपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र ? मैले गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीमा दोस्रो वरीयतामा (कार्यकारी अध्यक्षसमेत रहेको कम्पनीमा) समाचार सामग्रीको मात्र नेतृत्व गरेको थिएँ । कानूनीरुपमा पूर्णरूपले छोडिसकेपछि पनि सो कम्पनीको जिम्मेवारी लिनुपर्छ भन्ने कू–तर्क न कानून अनुरुप हुन्छ न व्यवहारिक ।’

    आफू सहकारी पीडितको विषयमा कहिल्यै नबोलेको भन्ने भ्रम मात्र भएको बताएका छन् ।

    उनको पूरा भनाई

    सञ्चारमाध्यमले गर्ने ‘आलोचना’ सकारात्मक दिशानिर्देश र ‘निन्दा’ कुत्सित उद्देश्य प्राप्तिका लागि हो भन्ने बुझ्छु। र, नियत नै खराव राख्नेसँग सही नियतले प्रतिवाद गर्नुको पनि खासै अर्थ हुँदैन कि भन्ने पनि ठान्छु तर, एउटै झुट निरन्तर ओकल्दा सत्य झैं ठानिने आम प्रवृत्तिबीच केही तथ्य राख्नै पर्ने जरुरत ठानेको छु। जुन प्रतिवाद, प्रतिशोध र खण्डन केही पनि होइन, सत्य स्थापित गर्ने प्रयास मात्रै हो।

    १. कान्तिपुर दैनिकले हिजो ९मंगलबार० ‘सहारा चितवन सहकारीका बचतकर्ता वेसहाराः ८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा शीर्षक’को समाचार प्रेषित गर्‍यो। समाचारमा म अझै ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भ्रम छर्न खोजिएको रहेछ। भ्रमलाई सत्यका रुपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो (२०७८/६/२३) को विवरण राखेको रहेछ। त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतबस लुकायो म भन्न त सक्दिन ! मैले ग्यालेक्सी टीभी छोड्ने बेलैमा आफूलाई दिएको (पैसा लगानी नगरी) सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको थिएँ। तर, मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रुपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ, मैले बुझ्न सकेको छैन। उसले पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन। सेयर लगतको नयाँ कागजात तल पोष्ट गरेको छु जसमा मेरो सेयरवाला नभएको स्पष्ट देखिन्छ।

    २. कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रुपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ ररु मैले गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीमा दोस्रो वरीयतामा (कार्यकारी अध्यक्षसमेत रहेको कम्पनीमा) समाचार सामग्रीको मात्र नेतृत्व गरेको थिएँ। कानूनीरुपमा पूर्णरूपले छोडिसकेपछि पनि सो कम्पनीको जिम्मेवारी लिनुपर्छ भन्ने कू-तर्क न कानून अनुरुप हुन्छ न व्यवहारिक।

    ३. केही डिजिटल सञ्चारमाध्यमले सोध्नु भएको थियो– ‘टीभी वा अरू कुनै निजी कम्पनीले सहकारीको ऋण लिन नहुने कानूनी व्यवस्थाबारे तपाईलाई थाहा थिएनरु’ हो, सबैलाई विद्यमान कानूनी प्रबन्धबारे सबै जानकारी नहुन सक्छ। तर, जानकारी नभएकै आधारमा उसले कानून उल्लंघन गर्न चाहिँ पाउँदैन। उल्लंघन गरे प्रचलित कानूनअनुसार कारवाही भोग्नुपर्छ नै।

    सहकारीले आफ्ना सदस्य (व्यक्ति) बाहेक कुनै संस्थालाई ऋण दिनु कानून विपरीत हो। कानून उल्लंघन गरे सहकारी विभागले सम्बन्धित सहकारीलाई कारबाही गर्ने कानूनी व्यवस्था छ। अर्को कुरा, कम्पनीका अध्यक्षले नभनेसम्म म कर्मचारी ९एमडी० ले थाहा पाउन सक्ने कुरो हुन्छ ररु आफ्नो लगानी देखिएको कम्पनीको शेयरलगत राफसाफ गरेर नयाँ शेयरलगत नै बनिसकेपछि पनि सोही कम्पनीसँग जिम्मेवार हुनुपर्ने भनेर समाचार बनाइनु मप्रतिको अन्याय हो।

    ग्यालेक्सीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक थिएन र त्यसवापत तत्कालीन सेयर सदस्यका रुपमा मलाई पनि कारबाही हुन्छ भने भोग्न तयार छु। अथवा, विद्यमान कानून मलाई कारबाही गर्न अपर्याप्त छ भने संशोधन गरेर भएपनि अभियोग लगाउँदा हुन्छ। तर, यहाँ मेरो एउटा प्रश्न चाहिँ छ– मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैनरु छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहेरु कानून त तिनी पनि बुझ्थेर बुझ्छन् होला ? मैले कानून जान्नुरबुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नुरबुझ्नुपर्छ कि पर्दैन ?

    अर्को कुरा मैले सहकारी पीडितको बारेमा कहिल्यै नबोलेको भन्ने भ्रम छर्न खोजिएको छ। मैले निरन्तर पीडितको पक्षमा संसदमा, सडकमा आवाज उठाइरहेको छु। जलेश्वर बैठकमा प्रस्तुत मेरो राजनीतिक प्रतिवेदनमा पनि यो विषय उठाएकै छु।

    ४. म गोर्खा मिडिया नेटवर्कको सञ्चालक थिएँ भनेर प्रमाणित गर्न कान्तिपुरले पुराना कागजातको सहारा लिनै पर्दैन। किनकि, मैले सो कम्पनीको सञ्चालक थिइनँ भनेर कहिल्यै भनेको छैन। हुँदा यसकारण संलग्न रहें भनेको थिएँ। बाहिरिँदा वैधानिक रुपमै अलग भएँ भनेकै हुँ। यससम्बन्धि मसँग होइन सरकारी निकायमै कागजात छन्। ती कागजात हात पार्न नसक्नुको कारण होइन कि मेरो चरित्रहत्या गर्नुको ध्येयमा कान्तिपुरले निरन्तर भ्रामक, अतिरञ्जित र कपोलकल्पित समाचार प्रवाह गरिरहेको छ। किनकि, मैले उसले प्रवाह गरेको समाचारमा विमति मात्र जनाइनँ, तथ्यसहित प्रश्न पनि गरें। प्रश्न गर्ने वैधानिक अधिकार आफूसँग मात्रै रहेको ठान्ने सञ्चारमाध्यम प्रश्नैसँग तर्सिन्छन्। र, नियत राखेरै प्रश्न गर्नेको चरित्रहत्यामा केन्द्रित हुन्छन्। कान्तिपुरले विगतदेखि अहिलेसम्म मलाई गरेको प्रहार नियोजित श्रृंखलाको निरन्तरता हो। जुन निरन्तर रहनेमा ढुक्क छु। एक जिम्मेवार नीति निर्माताको रुपमा म कान्तिपुरहरु को अधिकारका लागि पनि लडिरहनेछु।

  • लाख लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार बनाउँदैन : रवि लामिछाने

    लाख लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार बनाउँदैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आर्थिक चलखेलमा परी रास्वपाले उम्मेदवार नबनाउने बताएका छन्।

    शुक्रबार स्याङ्जाको भीरकोट नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाख लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार नबनाउने बताएका हुन्।

    उनले भने, ‘घिनलाग्दो खेल खेलेर चुनाव जित्ने रणनीतिमा हामी लाग्ने छैनौँ। नोटको बिटो बोकेर हिँड्ने, परलोक भइसकेका मान्छेहरूको नाम खोजेर हिँड्ने, वडाका टोल टोललाई लाख लाखको बिटो बोकेर हिँड्ने त्यस्ता मान्छेलाई रास्वापाले उम्मेदवार नै बनाउँदैन। हामी त्यसरी चुनाव जित्न चाहान्नौं।’

  • रवि लामिछानेकाे राजनीतिक प्रतिवेदन : सबै दलले चुनाव नै ताक्ने हाे भने मध्यावधिमा जाऔँ

    रवि लामिछानेकाे राजनीतिक प्रतिवेदन : सबै दलले चुनाव नै ताक्ने हाे भने मध्यावधिमा जाऔँ

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि चुनावको प्रस्ताव गरेका छन् ।

    महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्दै बाँकी तीन वर्ष काम नगरी चुनाव नै ताक्ने हो भने मध्यावधिमा जान दलहरूलाई चुनौती दिएका हुन् ।

    ‘एकातिर मुलुक झन्झन् उँधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने, त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं’ उनले भनेका छन् । २०८४ को मिसनमा अरू दल पनि पछाडि लागेको उनकाे आराेप छ ।

    अहिलेकाे व्यवस्था नभएको र पुराना दल संकटमा रहेकाे दाबी पनि लामिछानेको छ । मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् ।

    ‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचनालाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु,’ प्रतिवेदनमा भनिएको छ ।

    लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको पनि प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।

  • स्वर्णिम वाग्ले रास्वपा उपसभापति, अरु पदमा को-को ?

    स्वर्णिम वाग्ले रास्वपा उपसभापति, अरु पदमा को-को ?

    काठमाडौं । रास्वपाले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ ।

    आज सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले उक्त निर्णय गरेको हो ।

    जलेश्वरमा तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पुर्याएको छ । वैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ ।

    यस्तै, कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

    पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यस्तै पाँच केन्द्रीय सदस्य थप भएका छन् । थपिएकाहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।

  • स्वर्णिम वाग्लेसहित रास्वपामा १४ केन्द्रीय सदस्य मनोनीत

    स्वर्णिम वाग्लेसहित रास्वपामा १४ केन्द्रीय सदस्य मनोनीत

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा १४ जनालाई मनोनीत गरेको छ।

    तीन दिनदेखि महोत्तरीको जलेश्वरमा बसिरहेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गरेको हो रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए।

    यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो। जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए।

    केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनिता कठायत छन् । थपिएका चौधै जना सांसद हुन् ।

    थपिएकामध्ये श्रेष्ठ, वाग्ले, कार्की, खनाल र ढकाल प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • नेताले क्विन्टलका क्विन्टल सुन ल्याउन द्वन्द्व पीडितले आफन्त गुमाएका थिएनन् : रवि लामिछाने

    नेताले क्विन्टलका क्विन्टल सुन ल्याउन द्वन्द्व पीडितले आफन्त गुमाएका थिएनन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटकपटक सत्तामा बस्दा पनि संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

    ललितपुरको मंगलबजारमा आज शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे ।

    सभापति लामिछानेले द्वन्द्वपीडितहरु देश बन्ने र न्याय पाउने पर्खाइमा बस्दा हिजो टाउकोको मोल तोक्ने र मतपत्रका माध्यमबाट वेथिति ल्याउनेले अहिले संक्रमणकालीन न्यायलाई पटक पटक सत्तामा बस्दा पनि टुंगोमा नपुर्याएको भन्दै प्रश्न गरे ।

    लामिछानेले भने, ‘संक्रमकालीन न्यायनिरुपणको नाममा अहिले फेरि नेताहरूका भेटघाट बढेको छ । अझ राष्ट्र संघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे भन्ने सुनिन्छ । हिजो टाउकाको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा टाउकै जोडेर सरकारमा बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ?’

    लामिछानेले सुनौलो भविष्य र परिवर्तनको सपना देखाएर जनयुद्धमा हजारौं नागरिकलाई शहीद बनाउने माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।

    उनले भने, ‘परिवर्तनको लागि हिजो कैयौं युवाले शरीरमा गोली थापे । कति महिलाको सिउँदो उजाडियो, कयौँ टुहुरा, घरबार विहीन र विस्थापि, वेपत्ता भए । ती सबैले गोलि थापेको, आफन्त गुमाएको सिन्दुर पुछेको, घरबार विहीन भएको आजका नेताहरुलाई क्विन्टलका क्विन्टल सुन ल्याएर तस्करको नाइके भएर घर ठड्याउनको लागि होइन, देश बनाउनको लागि थियो ।’

  • हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन : रास्वपा उपसभापति अर्याल

    हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन : रास्वपा उपसभापति अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् ।

    बुधबार पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारवाही गर्ने खालको काम गर्न नहुने बताए ।

    उनले भने ‘पार्टी निर्माण गर्दै गर्दा नजानेर पनि साना–साना कमी कमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामण रूपले प्रस्तुत हुने र कारवाही गर्ने खालको कामबाट हामी टाढा रहनु पर्छ ।’

    उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका, उपशंकाहरु उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए ।

    उनले भने ‘हामीकहाँ भित्रिएका साथीहरू सबै पार्टी बिगार्न भित्रेका पो हुन कि ? अरु पार्टीले पठाएका पो हुन् कि ? अरु नेताहरुले पठाएका पो हुन कि भन्ने शंका गर्नुपर्ने चरणमा हामी छौं । त्यसैले नआत्तिकन काम गर्नु पर्नेछ ।’

    उनले राजनीतिलाई फोहोरको ढङ्गुर हो भनेर सोच्ने गरिएकामा शिक्षविद्, स्वस्थ्यविद्, इन्जिनियरहरु रास्वपासँग जोडिएको देख्दा खुसी लागेको बताए ।