• २०८३ असार ३२
  • 2026 July 16, Thursday

लाख लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार बनाउँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आर्थिक चलखेलमा परी रास्वपाले उम्मेदवार नबनाउने बताएका छन्।

शुक्रबार स्याङ्जाको भीरकोट नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाख लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार नबनाउने बताएका हुन्।

उनले भने, ‘घिनलाग्दो खेल खेलेर चुनाव जित्ने रणनीतिमा हामी लाग्ने छैनौँ। नोटको बिटो बोकेर हिँड्ने, परलोक भइसकेका मान्छेहरूको नाम खोजेर हिँड्ने, वडाका टोल टोललाई लाख लाखको बिटो बोकेर हिँड्ने त्यस्ता मान्छेलाई रास्वापाले उम्मेदवार नै बनाउँदैन। हामी त्यसरी चुनाव जित्न चाहान्नौं।’