Tag: रवि लामिछाने

  • रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

    रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

    काठमाडाैं । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन् ।

    सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

    वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

    बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ ।

  • रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने

    रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने

    काठमाडाैं । उपनिर्वाचनबाट नवनिर्वाचित तीनजना प्रतिनिधि सभा सदस्यमध्ये आज रवि लामिछाने र स्वर्णिम वाग्लेले पदको शपथ खाने भएका छन् ।

    बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले आफ्नो निर्वाचन क्षेत्रमै रहेकाले उनको चाहिँ आज शपथ नहुने भएको हो ।

    लामिछाने र वाग्लले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ खाने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

  • चितवन २ मा रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

    चितवन २ मा रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

    चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो ।

    निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् ।

    चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए ।

    यस्तै, कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।

    यसअघि मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । अहिले उनले त्यति बेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरे ।

    गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनले ४ हजार ८७४ मत पाए ।

    नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।

    उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

  • चितवन-२ मतगणना अपडेट : ६० हजार मत गन्दा कसले कति पाए ?

    चितवन-२ मतगणना अपडेट : ६० हजार मत गन्दा कसले कति पाए ?

    चितवन । चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको अग्रता धेरै भएकोले उनको जित सुनिश्चित भइसकेको छ ।

    पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।

    त्यसैगरी, कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ७ हजार ९५२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन् ।

  • रविकाे अग्रता कायमै, जितनारायण श्रेष्ठ दाेब्बर मतले पछि

    रविकाे अग्रता कायमै, जितनारायण श्रेष्ठ दाेब्बर मतले पछि

    काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ ।

    अहिलेसम्म नाै हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेकाे अग्रता कायमै छ ।

    ताजा मतपरिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका रामप्रसाद न्याैपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् ।

    उनीहरूबीच एक हजार सात सय ७३ मतकाे अन्तर रहेकाे छ ।

    नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दाेब्बर मतले पछि परेका छन् । उनले दुई हजार दुई सय पाँच मत प्राप्त गरेका छन् ।

  • चितवन २ मा रवि लामिछानेले लिए अग्रता

    चितवन २ मा रवि लामिछानेले लिए अग्रता

    काठमाडौं । चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् ।

    इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा १ हजार १ सय ५५ मतसहित उनले अग्रता बनाएका हुन् ।

    नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    उक्त गाउँपालिकाकाे तीन नम्बर वडाकाे मात्र मतगणना हुँदा एमालले अग्रता लिएकाे थियाे ।

  • निर्धारित समयभन्दा एक घण्टा ढिलाे गरी चितवन- २ मा सुरु भयाे मतगणना

    निर्धारित समयभन्दा एक घण्टा ढिलाे गरी चितवन- २ मा सुरु भयाे मतगणना

    चितवन । चितवन २ मा मतगणना सुरु भएको छ । इच्छाकमना गाउँपालिकाको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।

    सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेपछि एक घण्टा ढिलो गरी मतगणना सुरु गरिएको हो ।

    मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन १२ वटा सीसी क्यामेरा राखिएको छ भने गणनास्थल तारजालीले बारिएको छ ।

    चितवन २ को उपनिर्वाचनमा ७८ हजार दुई सय ७७ मत खसेको थियो । चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेबीच प्रतिस्पर्धा भएको छ ।

    गत ४ मंसिरमा भएको निर्वाचनबाट यो क्षेत्रबाट रास्वपाका रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

  • चितवन- २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी नजाने

    चितवन- २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी नजाने

    काठमाडाैं । चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन् ।

    सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो ।

    सोमबा‍र बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताएका थिए ।

    उनको मागमा सिडिओ पौडेल सहमत भएपछि दिउँसो १ बजेबाट मत गणना सुरू हुने भएको छ ।

  • चितवन- २ काे मतगणना दिउँसाे १ बजेदेखि सुरु हुने

    चितवन- २ काे मतगणना दिउँसाे १ बजेदेखि सुरु हुने

    चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।

    आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

    चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

    मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने सहमति पनि भएकाे छ ।

    यसैगरी, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको छ ।

  • चितवनमा चर्कियाे विवाद, रवि लामिछानेलाई कारबाही नगरेसम्म मत गन्न नदिने

    चितवनमा चर्कियाे विवाद, रवि लामिछानेलाई कारबाही नगरेसम्म मत गन्न नदिने

    चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ ।

    मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका छन् ।

    बैठकमा एमाले कांग्रेसको अडानमा रास्वपा सभापति रवि लामिछाने भने रक्षात्मक रुपमा प्रस्तुत भएका छन् । लामिछानेले सहमति जुटाएर छिटाे मतगणना सुरु गर्नुपर्ने र परिणाम घोषणा गर्नुपर्ने बताइरहेका छन् ।