चितवन- २ काे मतगणना दिउँसाे १ बजेदेखि सुरु हुने

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने सहमति पनि भएकाे छ ।

यसैगरी, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७