Tag: राजेन्द्र लिङ्देन

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, हारे सिटाैला

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, हारे सिटाैला

    झापा । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

    झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

    अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

     

  • नेपाल बनाउने चाहना पूरा गर्न सघाउनुस् : राजेन्द्र लिङ्देन

    नेपाल बनाउने चाहना पूरा गर्न सघाउनुस् : राजेन्द्र लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ को निर्वाचनलाई विगतका त्रुटी र कमी कमजोरी सच्याउने अवसर भनेका छन् ।

    झापा क्षेत्र नम्बर ३ बाट एमालेको सहयोग लिएर उठेका उनले शून्य समय सुरु हुनुअघि मतदातालाई अपिल गर्दै भोट मागेका हुन् ।

    ‘मंसिर ४ को निर्वाचन विगतका कमी कमजोरी सच्याउने अवसर पनि हो’, उनले भने, ‘राष्ट्रिय राजनीतिमा विगतमा त्रुटी सच्याएर हाम्रै कालमा नेपाल समृद्ध बनाउने योजना हो ।’

    उनले नेपाल बनेको हेरेर मर्ने हाम्रो चाहनालाई परिपूर्ति गर्ने संकल्पसहित राप्रपा आएको पनि बताएका छन् ।

    ‘हामी नेपाल बनाउने संकल्पसहित आएका छौँ’, उनले भने, ‘त्यसैले राप्रपाका दुवै तर्फका उम्मेदवारलाई जिताइदिन अपिल गर्दछु ।’

     

  • राप्रपाकाे समर्थन गर्दै मनिषा काेइरालाले भनिन्- विपीकाे बाटाेमा राजेन्द्र लिङ्देनका पाइला

    राप्रपाकाे समर्थन गर्दै मनिषा काेइरालाले भनिन्- विपीकाे बाटाेमा राजेन्द्र लिङ्देनका पाइला

    कास्की । बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा रहेकाले उक्त पार्टीलाई जिताउन आह्वान गरेकी छन् ।

    शुक्रबार पोखरामा आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै मनिषाले राप्रपालाई भाेट दिन आह्वान गरेकी हुन् ।

    उनले भनिन्- कांग्रेसले सबैले बीपीलाई बिर्सेलान् तर राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन । राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपी बाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै उहाँले अहिले उठाउनुभएको छ । त्यसकारण म उहाँसँग उभिएकी छु ।

    उनले जनतालाई ढाँटेर आश्वासन दिने नेताहरुलाई जनताले चोर आयो भनेर राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिले आफू प्रभावित भएको समेत बताएकी छन् ।

    उनले विपी र महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दूराज्य फर्काएर पूरा गर्ने समय आएको दाबीसमेत गरिन् ।

  • विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ : राजेन्द्र लिङदेन

    विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ : राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन् ।

    बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउँछु भन्दै हिँडेको बताए ।

    अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरू को हुने भन्ने पनि विदेशीले तय गर्न थालेको उनको भनाइ छ ।

    मुलुकमा देखिएको बेथिति, विकृति र विसंगतिको विकल्प बनेर राप्रपा आएको भन्दै लिङदेनले अहिलेको व्यवस्था नै असफल भएकाले व्यवस्था परिवर्तनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।

    सुकुम्बासी समस्या समाधानका मुद्दालाई चुनावमा भोट बटुल्ने औजार बनाउन नहुने उनको भनाइ छ । चुनावी प्रसारको क्रममा लिङदेनले बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, मकवानपुरलगाएयका स्थानमा सम्बोधन गरेका थिए ।

  • साइत हेराएर राप्रपा अध्यक्ष लिङ्देनकाे उम्मेदवारी

    साइत हेराएर राप्रपा अध्यक्ष लिङ्देनकाे उम्मेदवारी

    काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    आइतबार बिहान साढे ११ बजे उनले साइत हेराएर प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

     

  • राजेन्द्र लिङ्देनकाे दाबी : आगामी चुनावबाट राप्रपा पहिलो पार्टी बन्छ

    राजेन्द्र लिङ्देनकाे दाबी : आगामी चुनावबाट राप्रपा पहिलो पार्टी बन्छ

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट राप्रपा संसदमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

    बुधबार रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले विकल्प खोजिरहेको र जनताको उत्तम विकल्प राप्रपा नै भएको बताए ।

    उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ । राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ ।’

    राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक–पटक हारेकाले नेता कार्यकर्तामा हीन मानसिकता देखिएको लिङदेनले बताए । उनले भने, ‘हारेको हारेकै गर्दा जितिन्छ र भन्ने, जिते पनि त्यत्रो सिट जितिन्छ र ? भन्ने हीन मानसिकता अझै छ ।’

    राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताए । उनले भने, ‘अब निर्वाचन क्षेत्रमा जानुहोस् । उम्मेदवारी घोषणा गर्नुहोस् । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

    आगामी चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताले पनि राप्रपालाई नै मत दिने उनले दाबी गरे ।

  • राजेन्द्र लिङदेनले दिए सांसद पदबाट राजीनामा

    राजेन्द्र लिङदेनले दिए सांसद पदबाट राजीनामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै उनले राजीनामा घोषणा गरे ।

  • राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने

    राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

    चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।

    सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।

    लिङ्देनले निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्नेमा कानून संशोधन गर्न विधेयक पेस गरेकाे भन्दै दुखेसाे गरेका हुन् । उनले सरकारले निष्पक्ष चुनाव गर्नेमा पनि शंका उत्पन्न भएकाे बताए ।

  • गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई दिने राप्रपाको निर्णय

    गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई दिने राप्रपाको निर्णय

    काठमाडौं । राप्रपाले ४ मसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

    केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको उनले बताए ।

    साथै चुनावी घोषणापत्र बनाउन प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन गरेको प्रवक्ता तथा प्रचार विमाग प्रमुख श्रेष्ठले बताए ।

  • प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन

    प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

    पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रवासले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रुपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशन दिएका छन् ।

    ‘जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको छ, नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस्, विदेशमा रहेका नेपालीले राप्रपालाई सहयोग गर्न चाहिरहेका छन् उहाँहरुसँग सम्पर्क बढाउनुस्,’ लिङ्देनले भने ।