• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नेपाल बनाउने चाहना पूरा गर्न सघाउनुस् : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ को निर्वाचनलाई विगतका त्रुटी र कमी कमजोरी सच्याउने अवसर भनेका छन् ।

झापा क्षेत्र नम्बर ३ बाट एमालेको सहयोग लिएर उठेका उनले शून्य समय सुरु हुनुअघि मतदातालाई अपिल गर्दै भोट मागेका हुन् ।

‘मंसिर ४ को निर्वाचन विगतका कमी कमजोरी सच्याउने अवसर पनि हो’, उनले भने, ‘राष्ट्रिय राजनीतिमा विगतमा त्रुटी सच्याएर हाम्रै कालमा नेपाल समृद्ध बनाउने योजना हो ।’

उनले नेपाल बनेको हेरेर मर्ने हाम्रो चाहनालाई परिपूर्ति गर्ने संकल्पसहित राप्रपा आएको पनि बताएका छन् ।

‘हामी नेपाल बनाउने संकल्पसहित आएका छौँ’, उनले भने, ‘त्यसैले राप्रपाका दुवै तर्फका उम्मेदवारलाई जिताइदिन अपिल गर्दछु ।’